News

पौष २०, चितवन ।
उद्योग वाणिज्य संघ चितवनको अध्यक्ष पदका उम्मेदवार सुमनकुमार श्रेष्ठले चितवनका सबै व्यवसायीको साझा समस्या र चुनौतीलाई संस्थागतरूपमा समाधान गर्ने बताएका छन्। बुबाले ५२ वर्षअघि थालेको व्यवसायलाई पछ्याउँदै यहाँसम्म आइपुगेको बताउँदै उनले भने, ‘व्यवसायीको साझा समस्या र चुनौतीलाई संस्थागत समाधान गर्ने उद्देश्यका साथ म योग्य उमेदवारको रूपमा उभिएको छु।’

उद्योग वाणिज्य संघमा विगत १८ वर्षदेखि विभिन्न पद तथा मर्यादामा बसेर काम गरेको पर्याप्त अनुभवका आधारमा हरेक व्यवसायीको समस्यामा जुनसुकै अवस्थामा पनि उभिएको उनले बताए। ‘व्यावसायिक जीवनमा इमान्दार गुमाएको छैन। १८ वर्षसम्म निरन्तर संघको विभिन्न पदमा रहेर कुशलतापूर्वक काम गरेको छु,’ उनले भने।

संघमार्फत व्यवसायिक हित र प्रवद्र्धनको लागि स्थानीय सरकारसँग पैदलयात्रीका लागि फुटपाथ खाली राख्नुपर्ने, फुटपाथ व्यवसायीलाई विकल्प दिएर व्यवस्थापन गर्ने, व्यवसाय कर घटाउन स्थानीय तहसँग पहल गर्नेलगायतका काम गर्ने उनको भनाइ छ। त्यसबाहेक विज्ञापन करलाई पूर्णरूपमा खारेज गर्न सम्बन्धित निकायसँग आवश्यक पहल गर्ने उनको भनाइ छ।

जिल्लाभित्र चल्ने सार्वजनिक सवारीसाधनलाई बजारसम्म आउन दिने व्यवस्था मिलाउन स्थानीय प्रशासनसँग समन्वय गर्ने उनले प्रतिवद्धता जनाएका छन्। बजार क्षेत्रको विकास निर्माणमा उद्योग वाणिज्य संघसँग समन्वय गरेर काम गर्न सम्बन्धित क्षेत्रसँग आवश्यक पहल गरिने उनले बताए।

राजस्व कार्यालयसँग आवश्यक छलफल गरी व्यवसायीमैत्री करको लागि वातावरण सिर्जना गर्ने, समयमै कर बुझाउने करदातालाई सम्मान गर्ने वतावरण मिलाउने विषयमा पनि आफू सधैँ सकारात्मक रहेको उनले बताए। उनले राजस्व कार्यालय र संघका सदस्यहरुबीच बेलाबेलामा छलफल चलाउने योजना समेत अघि सारेका छन्।

‘संघको संस्थागत सुदृढीकरण पनि आजको आवश्यकता हो,’ उनले भने, ‘त्यसैले संघलाई अझ व्यवसायीमैत्री बनाउनको लागि सचिवालयलाई थप बलियो बनाउने मेरो लक्ष्य छ।’ सातवटा पालिका रहेको चितवन जिल्लामा कालिका नगरपालिकामा हालसम्म संघको इकाइ गठन हुन नसकेको भन्दै यथाशीघ्र कालिका उद्योग वाणिज्य संघको इकाइ गठन गर्ने तयारी रहेको उनको भनाइ छ।

पौष २०, चितवन ।
चितवन । भरतपुर भ्रमण वर्ष २०२४ को समुद्घाटन फागुन १८ अर्थात् मार्च १ तारिख हुने भएको छ । भरतपुर महानगरपालिकाको शुक्रबार बसेको ९० औँ कार्यपालिका बैठकले पूर्वनिर्धारित तालिकाअनुसार नै सन् २०२४ भर विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको छ । यो निर्णय आगमी १४ औँ नगर सभाले अनुमोदन गर्ने छ ।
यस अघि भरतपुर भ्रमण वर्ष २०२४ जनवरी १ तारिख उद्घाटन गर्ने कार्यक्रम स्थगन गरिएको थियो । भरतपुरको मुख्य सडक, मुग्लिन नारायणगढ सडक, नारायणगढ बुटवल सडकखण्डलगायतका सडक तीब्र निर्माणको चरणमा रहेकाले केही समयपछि भ्रमण वर्ष सार्ने निर्णय गरिएको थियो ।
यस्तै ९० औँ कार्यपालिका बैठकले चालु आर्थिक वर्ष ०८०र०८१ को वार्षिक नीति, कार्यक्रम र बजेज कार्यन्वनको समिक्ष गरेको छ । बैठकको समिक्षालाई आगामी पुस २२ गते हुने नगर सभाको १४ औँ अधिवेशनमा पेश गर्ने निर्णय गरेको महानगरका प्रशासन शाखा प्रमुख झलककुमार श्रेष्ठले जानकारी दिनुभयो ।
नगर सभाको १४ औँ अधिवेशनबाट पुरक बजेट परित गर्ने निर्णय पनि भएको शाखा प्रमुख श्रेष्ठले जानकारी दिनुभयो।
यस्तै गत आर्थिक वर्षमा उपभोक्ता समितिमार्फत सञ्चालित योजनाहरुको म्याद थप नगर्ने निर्णय पनि गरेको छ ।
भरतपुर महागनरपालिको १४ औँ नगर सभा भरतपुर २८ को गोलाघाटमा गर्ने तयारी गरिएको छ । यस अघि भरतपुरको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अडेटेरियम हलमा हुने गरेको नगर सभा पश्चिम चितवनको पर्यटकीय स्थल गोलाघाटमा हुन लागेको हो ।

 
 
 
 
 

Subcategories