News

पौष २३, भरतपुर । भरतपुरको मिलन चोक नजिकै पुलमुनि बोरामा पोको पारेर फालेको अवस्थामा भेटिएका पुरूष र महिलालाई महिलाका पतिले मारेको खुलेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसार भारतका विहार सुगांव डीह, सुगौली, पूर्वी चम्पारणका ३३ वर्षीय अखिलेश भगतले ती पुरूष र महिलाको हत्या गरेको खुलेको हो। मृतक र हत्यामा संलग्न सबै भारतीय नागरिक हुन्। उनीहरू भारतको विहार राज्यका हुन्।

ब्युरोका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार मृतकहरू भारतको मोतिहारी, फूलबारीया, सुगौलीका १९ वर्षीय ऋषभकुमार कुशवाहा र विहार सुगांव डीह, सुगौली, पूर्वी चम्पारणकी ३० वर्षीया अस्मिता भन्ने सन्जु देवी हुन्। मंसिर २ गते उनीहरूको हत्या गरेको अनुसन्धानबाट खुलेको हो। प्रहरीले मंसिर ६ गते राति पौने १ बजेतिर मिलनचोकस्थित पुल मुनि केरुङ्गा घोलमा शंकास्पद रूपमा रहेका २ वटा शव फेला पारेको थियो । मुखमा टेप लगाइएको, घाँटीमा सलजस्तो रातो कपडाले कसेको, दुबै शवको दुबै हात, खुट्टा क्रस गरी डोरीले बाँधी सोही डोरीले घाँटीमा समेत बाँधी डल्लो बनाई जुटको बोराभित्र कोचिएको थियो। प्रवक्ता अधिकारीले मंसिर २ गते ऋषभ र सन्जुलाई भगतले उनीहरू बस्ने गरेको भाडाको कोठामा नै कर्तव्य गरी एउटा शवलाई ३ गते बिहान पौने १ बजे तिर र अर्कोलाई सवा १ बजेतिर साइकलमा लगेर लुकाएको प्रमाण फेला परेको बताए । भगतले शव लगेको दृष्य प्रहरीले सिसिटिभी फुटेजमा फेला पारेको उनले बताए। मृतकहरू नेपालमा तरकारी तथा फलफूल व्यापारका लागि पटक–पटक आउने गरेका थिए। उनीहरू अन्तिम पटक गत दसैंपछि नेपाल आएर चितवनको मिलनचोक स्थित मृतक पुरूषको काका नाता पर्नेको कोठा नजिकै कोठा लिएर बसेका थिए। अधिकारीले आफ्नी श्रीमतीसँग ऋषभको सम्बन्ध रहेको थाहा पाएपछि अखिलेश र ऋषभको बेला बेलामा झगडा हुने गरेको भेटिएको बताए । त्यही कारण अखिलेशले उनीहरूको हत्या गरेको हुनसक्ने अधिकारी बताउँछन्। दुई जनाको हत्या गरी फरार भएका अखिलेश अहिले भारतको सुगौलीस्थित प्रहरी हिरासतमा छन्। भारतीय प्रहरीसँग समन्वय गरी खोजतलास गर्दा उनीमाथि भारतको प्रहरी थाना सुगौलीमा अपहरण तथा व्यक्ति बेपत्ता सम्बन्धी एफआइआर दर्ता भई पुस १६ गते प्रहरीले पक्राउ गरेको थियो । उनलाई हाल भारतको केन्द्रीय कारागार मोतिहारीमा राखिएको छ। नेपाल प्रहरीले भारतीय प्रहरीको समन्वयमा उनलाई अनुसन्धान तथा सोधपुछ गर्दा उनले चितवनमा ऋषभकुमार कुशवाह र आफ्नी श्रीमतीको हत्या गरेर भागेको स्वीकार गरेको सिआइबीका प्रवक्ता अधिकारीले बताए।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त टोलीले घटनास्थलको सूक्ष्म अध्ययन, प्राविधिक विश्लेषण, संकलित सूचना समेतको विश्लेषण गरी अनुसन्धानलाई निष्कर्षमा पुर्‍याएको उनले बताए।

पौष २३, भरतपुर । 

 चितवनको भरतपुर महानगरपालिका वडा नं. १२ स्थित मिलनचोकमा गत मंसिर ६ गते बोराभित्र भेटिएका दुई वटा शवको पहिचान खुलेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार हत्या गरेर बोरामा शव पोको पारेर फालिएका पुरुष र महिला दुवै भारतीय नागरिक हुन् । उनीहरुको हत्या पनि भारतीय नागरिकले नै गरेको चितवन प्रहरीले जनाएको छ । भारत मोतिहारीका उनीहरु चितवनको भरतपुरमा व्यापार गरेर बस्ने गरेका थिए । उनीहरुको हात, खुट्टा र घाँटी डोरीले बाँधेर हत्या गरी कल्भर्ट मुनि फालिएको अवस्थामा शव भेटिएको थियो । शवको पहिचान लामो समयसम्म नभएपछि प्रहरीले पहिलोपटक हुलिया र दोस्रोपटक उनीहरुको स्केच सार्वजनिक गरेको थियो । अनुसन्धानको क्रममा शवको ३ हप्ता अघि नै पहिचान खुलेको र हत्यामा संलग्न व्यक्ति भारतमै अर्को एक हत्यामा संलग्न भएको पाइएको चितवन प्रहरीले जनाएको छ । उनी भारतकै प्रहरी नियन्त्रणमा रहेकाले नेपाल ल्याउन नमिलेको प्रहरीको भनाइ छ । हत्यामा संलग्न व्यक्तिसँग बयान लिन नेपाल प्रहरीको एक टोली भारतको बिहार नै पुगेको थियो । यो घटना विवाहेत्तर सम्बन्धसँग सम्बन्धित रहेको प्रहरीको भनाइ छ । विवाहेत्तर सम्वन्ध थाहा पाएपछि महिलाका श्रीमानले भरतपुर बसपार्क नजिकै दुबै जनाको हत्या गराएको प्रहरीको भनाइ छ ।

पौष २२, चितवन । तस्विर: कोमल चन्द्र भगत । नेपाल पशुपन्छी औषधि व्यवसायी संघको १४औं राष्ट्रिय महाधिवेशन तथा ३३औं वार्षिक साधारण सभा चितवनमा हुने भएको छ । पशुपन्छी औषधि क्षेत्रको समुचित उपयोग तथा बृहतर विकास गर्ने उद्देश्यले आजको आवश्यकता, व्यवसाय प्रवर्द्धनमा व्यवसायिक ईमान्दारीता भन्ने मुल नाराका साथ नेपाल पशुपन्छी औषधि व्यवसायी संघको १४औं राष्ट्रिय महाधिवेशन तथा ३३औं वार्षिक साधारण सभा चितवनमा हुन लागेको नारायणगढमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ । ऐतिहासिक, सामाजिक, आर्थिक, राजनीतिक, धार्मिक तथा सांस्कृतिक रूपले मुलुककै अग्रणी नगरी भरतपुर महानगरपालिका वडा नं. २, चितवनको दियालो फुडल्याण्डमा यहि पौष २४ र २५ गते महाधिवेशन हुने नेपाल पशुपंक्षी औषधी व्यवसायी संघका केन्द्रिय अध्यक्ष पुणचन्द्र सापकोटाले जानकारी दिनुभयो ।

तत्कालिन समयमा सिमित संख्यामा रहेका पशुपन्छी औषधि व्यवसायीहरुको संगठित गर्ने उद्देश्यले २०४६ सालको जनआन्दोलन पछि नेपालका सबै क्षेत्रका व्यवसायीहरुलाई सुसूचित र संगठित गर्दै पशुपन्छी औषधि ब्यवसायीहरुको हक हितमा संघले काम गर्दै आएको संघका केन्द्रिय महासचिव नारायण बहादुर भुजेलले बताउनु भयो । व्यवसायी माझ समयसापेक्ष सरकारसंगको आवश्यक राय सुझावबाट व्यवसायीक हक हितलाई व्यवस्थित गर्दै, समस्या पहिचान गर्ने र समयमा नै समाधान गराउने उद्देश्यले मिति २०४७ साल पौष २४ गते जिल्ला प्रशासन कार्यालय, काठमाण्डौमा यस संस्था नेपाल पशुपन्छी औषधि व्यवसायी संघ विधिवत दर्ता भई काम गर्दै आएको महासचिव भुजेलले बताउनु भयो ।

नेपालमा हाल करिव २० वटा स्वदेशी कम्पनीले भेटेरीनरी औषधि, भ्याक्सिन र फिड सप्लिमेन्टहरु उत्पादन गरी विक्रि वितरण गर्दै आईरहेका छन् भने करीव १४० को हाराहारीमा पैठारीकर्ताहरुले औषधि भ्याक्सिन तथा फिड सप्लिमेन्टसहरु पैठारी गरी बिक्री वितरण गर्दै आईरहेका छन् । भेटेरिनरी औषधि फिड सप्लिमेन्ट तथा औषधिजन्य पदार्थहरुको बजार वार्षिक करीव १३ अर्वको हाराहारीमा पुगीसकेको छ । मुलुक अहिले दग्ध, मासु र अण्डामा आत्मनिर्भर भईसकेको छ । यो व्यवसायले करिव ३ लाख मानिसहरुलाई प्रत्यक्ष र परोक्ष रोजगारीको अवसर प्रदान गरीरहेको छ । पशुपन्छी औषधि, भ्याक्सिन तथा फिड सप्लिमेन्टको कुल माग मध्ये करिव २० प्रतिशत मात्र स्वदेशी उत्पादनले धानेको छ भने बाँकी ८० प्रतिशत बिदेशबाट आयात हुने गरेको छ । मुलुक अहिले दग्ध, मासु, अण्डा, दाना र चल्लामा आत्मनिर्भर भईसकेको छ । नेपाल सरकारबाट निजी क्षेत्रको एकमात्र आत्मनिर्भर घोषणा भएको पोल्ट्री क्षेत्रमा करिब रु.१५० अर्बको लगानी रहेको, कुल ग्राहस्थ उत्पादनमा करिव ४ प्रतिशतको योगदान गरेको र कृषि क्षेत्रमा मात्रै २५ प्रतिशतको योगदान रहेको रहेको छ । महाधिवेशनको उद्घाटन भरतपुर महानगरपालिका रेनु दाहालज्यूको प्रमुख हुनेछ ।

Subcategories