News


पौष ५, चितवन । भरतपुर वडा नम्बर ६ लाई बालमैत्री वडा घोषण गरिएको छ । शुक्रबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारीले संयुक्त रुपमा बालमैत्री वडा गर्नुभयो । भरतपुर ६ बालमैत्री वडा घोषण भएसँगै भरतपुरका ५ वटा वडा बैलमैत्री घोषणा भएका छन् । यस अघि भरतपुर १४, १३, २३ र २१ घोषणा भइसकेको छ । भरतपुरलाई आथिर्क वर्ष २०८३ र०८४ मा पूर्ण बालमैत्री घोषणा गर्ने लक्ष्य लिएको छ ।
बालमैत्री वडा तथा नगर घोषणा गर्न ५१ वटा सूचकहरु तय गरिएको छ । त्यसमध्ये बालमैत्री घोषणा कार्यविधि अनुसार केही सुचक सत प्रतिशत र केही ८० प्रतिशत पुरा भए घोषणा गर्न मिल्ने व्यवस्था छ । यसका ४ वटा खम्बा रहेका छन् । सहभागिता, विकास, संरक्षण, बाच्न पाउने अधिकार रहेका छन् । यी सूचकहरु पुरा भएकाले वडा नम्बर ६ लाई बालमैत्री वडा घोषाणा गरिएको सामाजिक तथा स्वास्थ्य महाशाखा प्रमुख शान्ताकुमारी पौडेलले जानकारी दिनुभयो । वि।सं।२०७६ सालमा भरतपुर–१४ लाई बालमैत्री वडा घोषणा गरिएको थियो। भरतपुरलाई बालमैत्री नगर बनाउन २०६८ सालदेखि नै अभियान थालिएको हो। भरतपुर महानगरपालिका प्रमुख दाहालले सिङ्गो महानगरपालिकालाई बालमैत्री महानगरपालिका घोषणा गर्ने अभियान जारी रहेको उल्लेख गर्नुभयो । उहाँले बालबालिकाको शिक्षा स्वास्थ्य लगायतका कुरामा आफुहरु लागिपरेको भन्दै अभिभावक पनि जिम्मेवार भएर लाग्न अुरोध गर्नुभयो । अपाङ्गता भएका बालबालिकाहरुको शिक्षाका लागि छुट्टै स्रोत कक्षा समेत सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो । महानगरपालिकामा सडक बालबालिका समेत नरहेको उहाँले जानकारी दिनुभयो । भरतपुरमा बालबालिकाविरुद्ध हुने सबै खाले हिंसाहरु, यातनाहरु, भेदभाव, शोषणबाट मुक्त गराई सभ्य, सुन्दर र समृद्ध महानगर बनाउन प्रतिवद्ध रहेको उहाँको भनाई छ। उपप्रमुख चित्रसेन अधिकारीले बालमैत्री वडा कायम राख्न सबै पक्षले विशेष चासो र चिन्ता लिनुपर्ने बताउनुभयो । अधिकारीले महानगरपालिका पूर्वाधार विकाससँगै सामाजिक र मानव अधिकारका विषयमा त्यतिकै ध्यान दिएको बताउनुभयो । घोषणा गर्ने तर व्यवहारमा फरक हुने परम्परा रहेको भन्दै सबै वडावासी जिम्मेवार बन्नु पर्ने बताउनुभयो । बालमैत्री घोषणासँगै थप चुनौती र जिम्मेवारी थपिएको उहाँको भनाई छ । कार्यक्रम वडा अध्यक्ष कृष्णलाल श्रेष्ठको अध्यक्षतामा भएको हो।


चितवन, पुस २ । भरतपुर महानगरपालिका वडा नम्बर को वडा कार्यालय भवन शिलान्यास गरिएको छ ।‌ मंगलबार महानगरपालिकाको वडा नम्बर ७ स्थित नगर विकास प्लटिङमा निर्माण हुन लागेको तीनतले कार्यालय भवनको महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी र वडा अध्यक्ष राजेन्द्रमणि काफ्लेले संयुक्त रुपमा भवनको शिलान्यास गर्नुभएको हो ।
भवनको शिलान्यास गर्दै महानगर प्रमुख दाहालले वडा कार्यालय भवन गुणस्तरीय ढंगले समयमै निर्माण सम्पन्न गर्न निर्माण व्यवसायीलाई आग्रह गर्दै महानगरका प्राविधिकहरुलाई भवन निर्माणको गुणस्तरलाई कडाइका साथ नियमन र अनुगमन गर्न निर्देशन दिनुभयो । प्रमुख दाहालले भरतपुर वडा नम्बर ७ विकासको दृष्टिकोणले अन्य वडाको तुलनामा धेरै अगाडि बढी सकेको उल्लेख गर्नुभयो । वडा नम्बर ७ मा हुलाकी राजमार्गदेखि महानगर र प्रदेशबाट निर्माण भएका फराकिला सडकहरु प्राप्त रुपमा रहेको बताउनुभयो । दाहालले अब भरतपुरमा दुई तीन वटा बाहेक सबै वडा कार्यालयहरु निर्माण सम्पन्न भइसकेको र बाँकी पनि निर्माण हुने बताउनुभयो । वडा कार्यालय नहुँदाका संरचनाबाट सेवा प्रवाहमा केही समस्या देखिएकाले नयाँ भवन निर्माण गरिएको जानकारी दिनुभयो । महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मिप्रसाद पौडेलले भरतपुर महानगरपालिकाले ब्यवस्थित र सुविधासम्पन्न कार्यालयहरुबाट मात्रै नागरिकलाई गुणस्तरीय सेवा प्रवाह गर्न सकिन्छ भन्ने मान्यताका साथ वडा कार्यालय निर्माणलाई तिव्रता दिएको बताउनुभयो । कार्यक्रममा वडा नम्बर ७ का अध्यक्ष राजेन्द्रमणि काफ्लेले विगत ८ वर्ष अघिको भरतपुरको स्वरुप र अहिलेको भरतपुरको पूर्वाधार विकास देशकै अग्रणी पालिकाको रुपमा अघि बढेको उल्लेख गर्नुभयो । उहाँले वडा कार्यालय निर्माणमा सम्पूर्ण वडावासीलाई निगरानी गर्न आग्रह पनि गर्नुभयो । भवनको उत्तरगया बिस कौनानी जेभिले निर्माणको जिम्मा पाएको छ । सम्झौता अनुसार आगामी भदौ १ गतेभित्र निर्माण सम्पन्न गर्नुपर्ने छ । कार्यालय भवनमा ११ वटा कोठा हुनेछ भने १०० जना क्षमताको हल निर्माण हुने जनाइएको छ ।

चितवन, पुष २ ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनमा जारी कृषि प्रदर्शनी तथा कृषक मेलाको तेस्रो दिन दिगो खाद्य प्राणालीका लागि कृषिमा रुपान्तरण विषयक बहस गरिएको छ । बहसमा वक्ताहरुले कृषिमा आधुनिकिकरण गर्न आवश्यक रहेको बताउँदै त्यसका लागि कृषि नीतिलाई पनि आधुनिक कृषिमैत्री बनाउनु पर्नेमा जोड दिएका छन् । कृषिको जग्गामा कर कम गर्ने, जग्गा बाँझो राख्न नदिने, जथाभावी जग्गा खण्डिकरण गर्न नदिने लगायतका नीति ल्याउन आवश्यक रहेको कुरा बहसका क्रममा औंल्याइएको छ । कृषि रुपान्तरणका लागि विश्वविद्यालयको तहबाट भएका अनुसन्धानलाई प्रसारसँग जोडेर किसान समक्ष पुर्याउनु पर्ने आवश्यकता औंल्याइएको छ ।  देशभर संघ र प्रदेशको ६५ अर्ब र स्थानीयको ३५ अर्ब गरी कुल १ खरब बजेट यो आर्थिक वर्षमा विनियोजन गरिएको कुरा गर्दै वक्ताहरुले यसलाई अझै बढाउनुपर्नेमा जोड दिएका छन् ।विश्वविद्यालय, नार्क, र कृषि विभागले सहकार्य गरेर कृषि रुपान्तरणमा लाग्नु पर्ने निष्कर्ष बहसका क्रममा निस्केको छ । अर्गानिक खेतीलाई बढाउँदै लगेर रासायनिक मलको प्रयोग घटाउँदै लैजानुपर्नेमा पनि वक्ताहरुले जोड दिएका छन् । जग्गालाई चक्लाबन्दी गरेर व्यावसायिक खेती गर्नुपर्ने र त्यसो गर्न सके कम लागतमा धेरै उत्पादन गर्न सकिने वक्ताहरुको भनाइ छ । नेपाली उत्पादन विदेशी उत्पादनभन्दा महँगो हुनुमा लागत दर घटाउने उपायहरु नअपनाउनु मुख्य कारण रहेको उनीहरुको जोड थियो । निर्वाहमुखी खेती गर्ने किसानको संख्या कम गर्दै व्यावसायिक कृषकहरुको संख्या बढाउँदै लैजानुपर्ने अहिलेको आवश्यकता रहेको निष्कर्ष बहसले निकालेको छ । अनुदान वितरण थप प्रभावकारीरुपमा गर्नुपर्ने र वितरण प्रणालीलाई अझै व्यवस्थित गर्न आवश्यक रहेको कुरा पनि बहसका क्रममा निस्केको छ । बहसमा विश्वविद्यालयका कृषि संकाय डिन प्राडा अर्जुन कुमार श्रेष्ठ, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय बागमती प्रदेश सचिव विनोद भट्टराई, अर्गानिक कृषि गरिरहेका कृषक तथा माडी कृषक पाठशालाका सञ्चालक डा। भानेश्वर पोखरेल लगायतको उपस्थिति रहेको थियो भने विश्वविद्यालयका किट विज्ञान विभाग प्रमुख प्रा।डा। सुन्दर तिवारीले बहसको संचालन गर्नुभएको थियो । बहसमा किसान तथा विद्यार्थीहरुले पनि आफ्ना जिज्ञासा राखेका थिए ।

Subcategories