News

२६ भदौ, चितवन। यस वर्षको दशैंका लागि आगामी असोज १३ देखि सुकिला नोट साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत १३ असोजदेखि नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले बताए । १३ असोजबाट राष्ट्र बैंकका साथै बैंकहरू मार्फत समेत सुकिला नोट साट्न सकिने व्यवस्था गर्न लागिएको हो । सुकिला नोट साट्न चाहानेले १८ हजार ५०० रुपैयाँसम्म पाउनेछन् । ५, १०, २०, ५० र १०० दरको एक सेटका दरले १८ हजार ५०० रुपैयाँ साट्न पाउनेछन् । नेपाल राष्ट्र बैंकले हरेक वर्ष चाडपर्व लक्षित गर्दै नयाँ नोट सटही गर्दै आएको थियो । यसवर्ष भने एकपटक प्रयोगमा आइसकेका नोट साट्न पाइने भएको हो । एकपटक प्रयोगमा आएका भएपनि सफा र नयाँ नोट जस्तै हुने राष्ट्र बैंकका सहायक प्रवक्ता पोखेरलले बताए । हरेक वर्ष नयाँ नोट बजारमा पठाउने र त्यसको प्रयोग नहुँदै पुनः नयाँ नोट बजारमा पठाउँदा साना दरको नयाँ नोट व्यवस्थापनमा समेत समस्या आएको भन्दै केन्द्रीय बैंकले यसपटक नयाँ नोट उपलब्ध नगराउने भएको हो ।

 

 


भदौं २५ रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा असोज १ गतेदेखि दोसो मेयर कप तथा चौँथो व्याडमिन्टन प्रतियोगिता हुने भएको छ । पूर्वी चितवन स्पोसर्ट क्लवको आयोजना रत्ननगर वडा नं ३ शान्तिचोक स्थित कर्भडहलमा सो प्रतियोगिता हुने भएको हो । आयोजक क्लवले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता गर्नुको उद्देश्य र तयारीको बारेमा जानकारी गराएको हो । राष्ट्रिय स्तरको सो प्रतियोगिता विभिन्न सातवटा विधामा खेलाइने प्रतियोगिताका संयोजक केबल न्यौपानेले जानकारी दिए । राष्ट्रिय स्तरमा २० भन्दा बढी बरियताक्रममा रहेका खेलाडी सहभागी तर्फ प्रथम हुनेलाई १ लाख ११ हजार १११, द्धितीय हुने टिमलाई ५१ हजार १११ र तृतीय हुने टिमलाई २५ हजार १११, वी लेबल खुल्ला तर्फ प्रथम हुने टिमलाई ४१ हजार १११, द्धितीय हुने टिमलाई २१ हजार १११ र तृतीय हुने टिमलाई ११ हजार १११ पुरस्कार प्रदान गरिने संयोजक न्यौपानेले जानकारी दिए । त्यसैगरी भेट्रान्स ४५ बर्ष उमेर समुह माथिको खेलमा प्रथम हुने टिमलाई ३१ हजार ११, द्धितीय हुने टिमलाई १५ हजार १११, र तृतीय हुने टिमलाई ७ हजार १११, सुपर भेट्रान्स ५५ बर्ष उमेर समुह माथि प्रथम हुने टिमलाई ३१ हजार ११, द्धितीय हुने टिमलाई १५ हजार १११, र तृतीय हुने टिमलाई ७ हजार १११, राष्ट्रिय स्तरमा टक १० भन्दा माथि महिला खुल्लामा प्रथम हुने टिमलाई ३१ हजार ११, द्धितीय हुने टिमलाई १५ हजार १११, र तृतीय हुने टिमलाई ७ हजार १११, जनप्रतिनिधि तर्फ प्रथम हुने टिमलाई ३१ हजार ११, द्धितीय हुने टिमलाई १५ हजार १११, र तृतीय हुने टिमलाई ७ हजार १११, र जिल्ला स्तरीय खुल्ला तर्फ प्रथम हुने टिमलाई ३१ हजार ११, द्धितीय हुने टिमलाई १५ हजार १११, र तृतीय हुने टिमलाई ७ हजार १११ प्रदान गरिने उनले क्लबका अध्यक्ष राजकुमार पुरीले जानकारी दिए । जिल्ला स्तरीय खुल्ला प्रतियोगिता भने भदौ २९ र ३० गते हुनेछ । असोज ३ गते सम्म चल्ने सो प्रतियोगिताको संरक्षकमा रत्ननगर नगरपालिका र सहयोगीमा वडा कार्यालय, सेन्टरकलेज, रिजाल फुड्र्स, राममणि न्यौपाने, विकास डल्लाकोटी लगायत रहेका छन् । प्रतियोगिता सम्पन्न गर्न १५ लाख ३७ हजार ३३१ रुपैया खर्च हुने अनुमान गरिएको छ । पत्रकार सम्मेलनका प्रमुख अतिथि वडा नं ३ का वडाध्यक्ष सोहेन्द्रराज खरेलले खेलक्षेत्रको विकासको लागि रत्ननगरमा आयोजना गरिएको राष्ट्रिय स्तरको प्रतियोगितामा स्थानीय सरकारको पूर्ण सहयोग रहने बताए । सात वटा विधामा हुने प्रतियोगितामा करिब २०० टिमको सहभागिता रहने क्लवका उपाध्यक्ष राजु भट्टराईले जानकारी दिए ।

 

भदौ २५, काठमाडौँ । सिजी मोटर्स प्रालिले हिरो ब्रान्डका मोटरसाइकल र स्कुटर खरिदमा दसैँ तिहार अफर ल्याएको छ । कम्पनीले हिरो ब्रान्डका मोटरसाइकल तथा स्कुटर किन्दा एक्कासि मालामाल अफर सार्वजनिक गरेको छ । हिरोले आफ्ना जुनसुकै मोडलको मोटरसाइकल तथा स्कुटर खरिदमा स्क्रयाच कार्डद्वारा नगद ५ लाखसम्मको स्योर सट क्यास जित्ने मौका साथै बम्पर उपहारमा ‘नेटा भि इभी कार’ जित्ने अफर पनि ल्याएको छ ।कम्पनीले ‘ दसैँ तिहार २०८१ को बहार, २ चक्के किन्दा ४ चक्के उपहार’ योजना ल्याएको छ । सोही अफरमा हिरोका जुनसुकै मोटरसाइकल तथा स्कुटर खरिद गर्दा ८ हजारदेखि ५ लाख रुपैयाँसम्मको स्योर सट नगद छुट पाइने छ । मोटरसाइकल तथा स्कुटर उत्पादन गर्ने विश्वकै सबैभन्दा ठूलो कम्पनी हिरो यसले आर्जन गरेको विश्वास र उत्कृष्टताका लागि सबैमाझ परिचित छ । सिजी मोटर्सले हिरो मोटोकर्पसँग मिलेर केहि समय अघि मात्रै नेपालमा आक्रामक व्यापार योजना घोषणा गरेको छ । साथै, नवलपरासीको सिजी इन्डस्ट्रियल पार्कमा प्रतिवर्ष ७५ हजार युनिट मोटरसाइकल एसेम्बल गर्नसक्ने क्षमताको अत्याधुनिक प्लान्टको उद्घाटन समेत गरिसकेको छ। हिरोका मोटरसाइकल तथा स्कुटरहरू अहिले नेपाली भूमिमै एसेम्बल भईरहेका छन् निेपालमा सबैभन्दा बढी बिक्री हुने मोटरसाइकल ब्रान्ड मध्येको एक हिरोले नयाँ बेन्चमार्कहरू समेत कायम गर्दै आएको छ । सिजी मोटर्सले हाल नेपालका विभिन्न स्थानहरूमा ५० भन्दा बढी हिरो शोरुमको नेटवर्क सञ्चालन गरिरहेको छ । साथै, निकट भविष्यमा थप शोरुम खोल्ने प्रक्रियामा रहेको कम्पनीले जनाएको छ । बढ्दो ग्राहकहरूको सङ्ख्यालाई ध्यानमा राख्दै नेपालभर सेल्स, सर्भिस तथा स्पेयर पार्टस नेटवर्कलाई द्रुत रूपमा विस्तार गरिरहेको छ । त्यस्तै कम्पनीले मोटरसाइकल तथा स्कुटर खरिदमा ५ वर्षे वारेन्टीको घोषणाले ग्राहकको थप विश्वास जित्नेछ । लोकप्रिय उत्पादन सुपर स्प्लेण्डर, स्पलेण्डर प्लस, एक्स पल्सका साथै नयाँ जुम १ सय १० स्कुटर बिएस सिक्स एसआई सिजि मोटर्सले नेपालमा भित्र्याएको छ । साथै, सो उत्पादनमा यूनिक फिचर समेत रहेको कम्पनीले जनाएको छ ।

Subcategories