News

भदौ २४, रत्ननगर । रत्ननगर नगरपालिका वडा नं–३, शान्ति चोकस्थित पूर्वपश्चिम राजमार्गमा कन्टेनरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । वीरगन्जबाट कुखुराको दाना लोड गरी भरतपुरतर्फ आइरहेको ना ८ ख २८१८ नम्बरको कन्टेनर र विपरीत दिशाबाट गइरहेको बागमती प्रदेश ०६–००३ प ४८५१ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाँदा गम्भीर घाइते मोटरसााइकल चालकको उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा गम्भी घाइते भएका रत्ननगर–१५ बस्ने ३४ वर्षीय जीवन मग्रातीको बकुलहर रत्ननगर अस्पताल, टाँडीमा उपचारका क्रममा सोमबार बिहान २ः४२ बजे मृत्यु भएको हो । मृतकको शव पोस्टमार्टमका लागि भरतपुर अस्पताल पठाइएको र कन्टेनर जिल्ला प्रहरी कार्यालय चितवनमा र चालक बारा गढीमाई नगरपालिका वडा नं–५ बस्ने ३६ वर्षीय श्यामसुन्दर सहनी इलाका प्रहरी कार्यालय, रत्ननगरको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

भदौ २४, भरतपुर । तस्विर : अंकित भगत । एलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टरले चितवनमै पहिलोपटक कुहिनाको जोर्नी प्रत्यारोपण गरेको छ। भरतपुर–१० का ५६ वर्षीय रामसुन्दर जोशीको बायाँ हातको कुहिनोको जोर्नी प्रत्यारोपण गरेको हो । अस्पतालका प्रमुख एवम् वरिष्ठ हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा . प्रमोद लामिछाने, अस्पतालका हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा. अनिल भट्टराईसहितको टोलीले जोर्नी प्रत्यारोपण गरेको सोमबार अस्पतालले पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो।


‘केही महिना अघि काठमाण्डौँको बि.एण्ड.बि अस्पतालमा पहिलोपटक कुहिनाको जोर्नी प्रत्यारोपण भएकोमा अहिले नेपालमै दोस्रो र काठमाण्डौँ बाहिर पहिलोपटक प्रत्यारोपण गर्न सफल भएको अस्पतालका अध्यक्ष समेत रहनुभएका डा.प्रमोद लामिछानेले बताउनु भयो । यस अस्पतालले भदौ १६ गते सफलता पुर्वक प्रत्यारोपण गरेको हो ।
विगत १३ वर्षदेखि हाडजोर्नीको उपचारलाई केन्द्रमा राखेर सञ्चालनमा आएको यस अस्पतालले हालसम्म गरेको जोर्नी प्रत्यारोपणको अनुभवको आधारमा कुहिनाको जोर्नी प्रत्यारोपण गरिएको डा भट्टराईले जानकारी दिनुभयो । डा. भट्टराइका अनुसार कुहिनाको जोर्नी प्रत्यारोपण गर्नुपर्ने बिरामीको सङ्ख्या ज्यादै न्युन हुन्छ । त्यसकारण पनि नेपालमा यसको उपचार सबै ठाउँमा सम्भव नभएको हो। तर, एलाइभले आगामी दिनमा यस्तै खालको समस्या समाधान गर्न सकिने उहांको भनाइ छ।

‘घुँडा र कम्मरको जोर्नी प्रत्यारोपणको तुलनामा कुहिनाको जोर्नी प्रत्यारोपण गर्नुपर्ने बिरामी कम भएको तर अबदेखि कुहिनाको जोर्नी प्रत्यारोपण पनि गर्न सक्ने उहांको भनाइ थियो। बिरामी रामसुन्दर जोशीले उपचार हुँदैन भनेर बसेको समस्या पनि समाधान भएको बताउनुभयो । पत्रकार सम्मेलनमा बोल्दै जोशीले भन्नुभयो मैले अहिलेसम्म छोटो कपडा लगाएको थिएन।

जोर्नी प्रत्यारोपणपछि पहिलोपटक छोटो कपडा लगाएँ,’ पत्रकार सम्मेलनमा हाफ बाउला भएबताउनुभयो । बिरामी जोशीका अनुसार पाँच, छ वर्षको उमेरमै कुहिनामा चोट लागेको थियो। करिब ५० वर्षपछि बल्ल सही उपचार पाएको बताउनुभयो । अस्पतालले ४८ वर्षदेखि कुहिनाको समस्या भएका भरतपुर १० का ५५ वर्षिय पुरुषको जोर्नी शल्यक्रिया गरेको हो । एलाईभ हस्पिटलले यसअघि सयको हाराहारीमा घुँडाको प्रत्यारोपण गरिसकेको छ । एलाइभमा एक सय ५० भन्दा बढी र वर्षमा २ हजारभन्दा बढी दुर्घटनाबाट हुने चोटपक तथा मेरुदण्डको अपरेशन, घुँडा र कट्टी जोर्नीको प्रत्यारोपण गरिसकेको डा. प्रमोद लामिछानेले जानकारी दिनुभएको छ । ।

२० भदौ, हेटौंडा । मकवानपुरमा गुडिरहेको नेपाली सेनाको ट्रकमा बिहीबार आगलागी भएको छ । मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकामा ७ नम्बर बाहिनी चनवनबाट तालिमको लागि रेकी गर्न सिम्भञ्ज्याङतर्फ जाँदै गरेको नेपाली सेनाको बा १ ग ३४३६ नम्बरको ट्रकमा मध्यान्ह आगलागी भएको हो। त्रिभुवन राजपथको दामन शिखरकोट सडक खण्ड अन्तर्गत थाहा नगरपालिका ४ कुर्सी मोडमा भएको आगलागीबाट ट्रक पूर्ण रूपमा क्षति भएको इलाका प्रहरी कार्यालय पालुङले जानकारी दिएको छ । ट्रकको सापट भाच्चिएपछि ट्रकलाई सडक छेउ लगाउने क्रममा अचानक आगो लागेको घटनास्थलमा रहेका सेनाले जानकारी गराएका छन् । सापट भाच्चिएर डिजल ट्याङ्कीमा लागेर डिजल चुहिएपछि आगोलागी भएको अनुमान ट्रकमा सवार सेनाहरूले गरेको घटनास्थलमा रहेका स्थानीय शम्भु अधिकारीले बताए । ट्रकमा १८ जना सवार थिए । आगलागीबाट मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । थाहा नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको थियो ।

 

Subcategories