News

 

पुष २८, काठमाण्डौ । नेपाली कांग्रेसले प्रतिनिधिसभाको सभामुख र उपसभामुखको निर्वाचनका बिषयमा अन्य दलहरुसंग छलफल गर्ने भएको छ ।

पार्टी सभापति शेर बहादुर देउवा निवास धुम्वाराहीमा बिहीबार बसेको पार्टी पदाधिकारी बैठकले सभामुख र उपसभामुखको निर्वाचनका बिषयमा संसदमा रहेका अन्य राजनीतिक दलहरुसंग छलफल चलाउने निर्णय गरेको सहमहामन्त्री बन्द्री पाण्डेले जानकारी दिनुभयो ।

दलहरुसंग छलफल गरेर मात्रै सभामुख र उपसभामुखमा उम्मेद्वारीका बिषयमा पार्टीले निर्णय लिने उहाले बताउनुभयो । राष्ट्रपति चयनका बिषयमा भने पार्टीभित्र अहिलेसम्म छलफल नभएको पाण्डेको भनाइ छ ।
पदाधिकारी बैठकमा स्ववियु निर्वाचन आइरहेको सन्दर्भमा नेविसंघ लगाएतका भातृसंगठनलाई पनि पूर्णता दिने बिषयमा छलफल भएको सहमहामन्त्री पाण्डेले जानकारी दिनुभयो ।

 

पुष २८, भरतपुर ।

चितवन उद्योग संघको आयोजनामा उद्योग क्षेत्रमा देखिएका वर्तमान समस्या र औद्योगिक विकासका लागि सरकारसँगको अपेक्षा विषयमा माननीय उपप्रधान तथा गृहमन्त्री र उद्योगीहरु बीच छलफल कार्यक्रम सम्पन्नभएको छ ।
चितवनउद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा चितवनउद्योग संघका उपाध्यक्ष एवम् नीतिनिर्माण समन्वय तथा औद्योगिक पाठशाला सञ्चालन विभागका संयोजक युग राज वस्तीले संघले अघि सारेका महत्वपूर्ण परियोजना चितवन प्रदर्शनी केन्द्र, प्रस्तावित शक्तिखोर औद्योगिक क्षेत्र, औद्योगिक पाठशाला, औद्योगिक शिक्षालय, बिक्री केन्द्र, वर्तमान समयमा उद्योगीहरुका समस्या र समाधानका लागि सुझावहरु सहितका विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो ।
प्रस्तुतिकरण पछि कार्यक्रमका विशेष व्यक्तित्व नेपाल सरकारका उप प्रधानतथा गृहमन्त्री रवि लामिछानेले संघले अघि सारेका परियोजनाहरु निकै महत्वपूर्ण रहेको बताउनुभयो । आफूलाई चितवनका जनताले दिएको मतको कदर गर्दै आफूले उद्योगीहरुको समस्यालाई समाधान गर्ने मुख्य लक्ष्य लिएको समेत बताउनुभयो । कालिका नगरपालिकामा डिपिआर र ईआईए समेत भई अगाडि बढिरहेको प्रस्तावित शक्तिखोर औद्योगिक क्षेत्रका बारेमाआफूहरुले अगाडि देखिनै चासोका साथ हेर्दै आईरहेको र शक्तिखोर औद्योगिक क्षेत्र विशेष प्राथमिकतामा राखेकोले आफ्नो कार्यकालमा यसको सञ्चालनको लागिआफू पूर्ण रुपमालाग्ने बताउनुभयो । सो अवसरमा गृहमन्त्री लामिछानेले संघले अघि सारेको औद्योगिक पाठशालाले पक्कै पनिऔद्योगिक प्रबद्र्धनमा ठूलो टेवा पुग्ने हुँदा उक्त परियोजनालाई विशेष महत्वका साथ विस्तृत अध्ययन गरी अगाडि बढाउने प्रक्रियामाआफूहरु सकारात्मक रहेको समेत बताउनुभयो ।
कार्यक्रममा संघका अध्यक्ष त्रिलोचन कँडेलले संघले शक्तिखोर औद्योगिक क्षेत्रका बारेमा तयार पारेको सञ्चालन प्रस्तावपत्र, चितवनउद्योग संघका पूर्व अध्यक्ष तारा प्रसाद पौडेलले कंक्रिट मिक्स्चर मेशिन उत्पादक उद्योगीहरुले झेल्नु परेका विविध समस्याहरुको समाविष्ट गरी तयार पारिएको सुझाव पत्र गृहमन्त्री रवि लामिछानेलाई पेश गर्नुभएको थियो ।
छलफल कार्यक्रममा चितवन उद्योग संघका निवर्तमान अध्यक्ष राजु पौडेल, चितवन उद्योग संघका पूर्व अध्यक्षहरु हरि प्रसाद सुवेदी, भीमबहादुर पाण्डे, भेषराज दुवाडी, कृष्ण प्रसाद अधिकारी, नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष नारायण प्रसाद अधिकारी, कार्य समितिका पदाधिकारी एवम् सदस्यहरु लगायतका उद्योगीहरुको उपस्थिति रहेको उक्त कार्यक्रमलाई चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेश प्रसादसिलवालले सञ्चालनगर्नुभएको थियो भने, संघका बरिष्ठ उपाध्यक्ष सूर्य प्रसाद न्यौपानेले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।

मंसीर २७, काठमाण्डौं ।

राप्रपाका प्रवक्ता एवम् नवनिर्वाचित प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले राजनीतिक बन्दीहरुलाई रिहाई गर्नको लागि सरकारले ल्याएको अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीबाट अविलम्ब फिर्ता हुनुपर्ने माग गर्नुभएको छ । शाहीले वर्तमान सरकार कामचलाउ सरकार भएकोले गलत मनसायका साथ राजनीतिक आवरणमा जघन्य अपराधमा संलग्नहरुलाई उन्मुक्ति दिने उद्देश्यले अध्यादेश ल्याउने अनैतिक र आपत्तिजनक भएको बताउनुभयो । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उहाले राष्ट्रपति कार्यालय पुगेको उक्त अध्यादेश राष्ट्रपतिबाट फिर्ता हुनुपर्ने बताउनुभयो । उहाले अहिले सरकारबाट राष्ट्रपति कार्यालय पुगेका उक्त अध्यादेशले कुनैपनि अपराधबाट छुट पाउन राजनीतिक खोल ओढ्नुपर्छ भन्ने सन्देश दिएको पनि टिप्पणी गर्नुभयो । वर्तमानमा चर्चित मुद्दाहरूमात्र नभइ १० वर्षे द्धन्दका आडमा भएका ब्यक्तिबिरूद्वका अदालतमा चलिरहेका फौजदारी मुद्दाहरू र अवरूद्व संक्रमणकालिन फौजदारी मुद्वाहरूसमेत वर्तमान सरकार यही अध्यादेशको आधारमा फिर्ता, माफि, मिनाहा गराउने प्रकृयामा रहेको उहाले आरोप लगाउनुभयो । उहाले अहिलेको यो अध्यादेश पारित भए ईंट्टाभट्टमा जिउँदै मान्छे जलाउने अफ्ताब आलमपनि छुट्ने बताउनुभयो । आफूले जनप्रतिनिधिको नाताले यो अध्यादेश देश र जनताको हितमा नभएको भन्दै विरोध गरेको शाहीको भनाई छ ।

Subcategories