News

चितवन, पुस ३० ।

खेलकुद र पर्यटनलाई जोड्न सकेमा मात्रै समृद्ध नेपाल निर्माण हुनेमा सरोकारवालाहरुले जोड दिएका छन् । उद्योग वाणिज्य संघ चितवनले १४औँ चितवन महोत्सवको अवसरमा आज नारायणगढमा आयोजना गरेको ‘खेल पर्यटनको गन्तव्य चितवन’ विषय पर्यटन गोष्ठीमा सहभागीहरुले खेल पर्यटनको माध्यमबाट नेपाललाई समृद्ध बनाउन सकिने बताएका हुन् ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य रणेन्द्र बरालीले खेलकुद र पर्यटनलाई सँगसँगै अघि बढाउन नसक्दा नेपालको विकास पछाडि धकेलिएको बताए । पर्यटकीय सम्भावनाले भरिपूर्ण भएको नेपाललाई खेल पर्यटनसँग जोड्नु अहिलेको आवश्यकता भएको बरालीको भनाइ छ । खेलकुद र पर्यटनलाई जोड्ने कुरामा मानिसहरुको ध्यान पुग्न नसकेको बरालीले बताए । कार्यक्रममा स्रोत व्यक्ति एवं भरतपुर महानगरपालिकाका पर्यटन विज्ञ डा विश्वराज सुवेदीले विश्व अर्थतन्त्रको ठूलो हिस्सा पर्यटनले ओगटेको भए पनि नेपालले त्यसको लाभ लिन नसकेको सुवेदीले बताए । नेपालमा जल पर्यटन, पर्वतीय पर्यटन, हिमाली पर्यटन, वन तथा वन्यजन्तुलाई जोडेर पर्यटकीय गतिविधि सञ्चालन गर्न सकिने सुवेदीको भनाइ छ । चितवनमा अन्तर्राष्ट्रिय खेलहरु खेलाउन सकेको खण्डमा चितवनमा मात्रै वार्षिक एक लाख विदेशी पर्यटक भित्र्याउन सकिने सुवेदीले बताए ।

कार्यक्रममा अमेरिकाका लागि पर्यटन प्रवद्र्धन राजदुत विनोद अधिकारीले ठूला दुई राष्ट्रको बीचमा रहेको नेपालले पर्यटनको क्षेत्रमा लाभ लिन सक्नुपर्ने बताए । चितवनमा ठूला नदी, पहाड, निकुञ्ज र दुर्लभ वन्यजन्तु पाइने भन्दै यसको प्रचारसँगै नदी र पहाडमा खेलकुदका गतिविधि गर्नुपर्ने अधिकारीले बताए । चितवन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष उत्तम गुरुङले चितवनमा खेलको पूर्वाधारका लागि आएको बजेट पनि काम गर्न नसक्दा अन्यत्र रकमान्तर भएर जानु लाजमर्दो विषय भएको बताए ।

खेलकुदको विकासका लागि खेलसँग सम्बद्ध संघसंस्थामात्रै नभएर निजी, सार्वजनिक तथा सरकारी संघसंस्थाहरुको सहयोग आवश्यक रहेको गुरुङको भनाइ छ । त्यसैगरी, गैरआवासीय नेपाली संघका प्रवक्ता एवं बेलायतका लागि पर्यटन प्रवद्र्धन राजदुत सोम सापकोटाले नेपालको पर्यटनलाई कसरी विश्वमाझ पु¥याउन सकिन्छ भनेर आफूहरु लागिपरेको बताए । विश्वमा हुनेभन्दा फरक गतिविधिलाई समेटेर नेपालमा खेलकुदसँगै पर्यटक भित्र्याउन सकिने सापकोटाको भनाइ थियो ।

कार्यक्रममा नासा फाउण्डेशनका प्रमुख गोविन्द भट्टराईले मुलुकको विकासका लागि खेल पर्यटनसँगै पूर्वाधारहरु पनि हुनुपर्ने बताए । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले नारायणीमा बिच भलिबलसहित धेरै सम्भावना भएकाले सरकारको ध्यान जानुपर्ने बताए । उद्योग वाणिज्य संघ चितवनका पर्यटन संयोजक अशोक अधिकारीले पर्यटन क्षेत्र चलायमान भएको अवस्थामा सबै क्षेत्र सहज रुपमा सञ्चालन हुने बताए ।

 

चितवन, पुस ३० ।

 

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले निर्मला कुर्मीका लागि न्याय माग्दै धर्नामा बसिरहेका महिला अधिकारकर्मीहरुलाई घर फर्कन आग्रह गर्नुभएको छ । रोल.........

शनिबार काठमाडौंको माइतिघरमा निर्मला कुर्मी र नकुन्नी धोवीको मृत्यु प्रकरणको छानबिन र दोषीलाई कारवाहीको माग गर्दै धर्ना बसिरहेका अधिकारकर्मीसंग भेट गर्दै लामिछानेले उक्त घटनामा अनुसन्धान जारी रहेकाले आन्दोलनका सम्पूर्ण कार्यक्रम रोक्दै घर फर्कन आग्रह गर्नुभएको हो । मन्त्री लामिछानेले प्रक्रिया पु¥याएर अनुसन्धान गर्ने र घटनाका पीडितलाई न्याय दिलाउने प्रतिवद्धता जनाउनुभयो । आफु मन्त्री भएको तीन दिनमा नै उक्त घट्नाका सम्बन्धमा गम्भीर भएर अनुसन्धानमा खट्न निर्देशन दिएको पनि उहाले बताउनुभयो ।

 

सो क्रममा अधिकारकर्मी रुवी खानले पटक पटकको आश्वासनपछि पनि न्याय नपाएकाले काठमाडौं केन्द्रीत आन्दोलन गर्नुपरेको र न्याय नपाएसम्म घर फर्कन नसक्ने बताउनुभयो । उहाले आफुहरु सरकारलाई अनुसन्धानमा सहयोग गर्न तयार रहेको तर दोषीलाई कारवाहीको दायरामा ल्याएरै छाड्नुपर्ने बताउनुभयो ।

चितवन, पुस ३० ।

 

नेकपा एमालेका उपमहासचिव प्रदीप कुमार ज्ञवालीले मुलुकको राजनीतिक स्थायीत्वका लागि अहिलेको प्रणाली वा राजनीतिक गठबन्धनमा पूर्नविचार गर्नुपर्ने बताउनुभएको छ ।

शनिबार काठमाडौंमा पत्रकार रामकृष्ण भण्डारीद्वारा लिखित सत्ता सङ्घर्ष ३० बर्षमा २८ सरकारको नालीबेली पुस्तकको लोकार्पण गर्दै ज्ञवालीले मुलुकमा छिटो छिटो सरकार परिवर्तन हुने दीर्घरोग भएको र यसको अन्त्यका लागि अहिलेको प्रणाली वा राजनीतिक गठबन्धनमा पूर्नविचार गर्नुपर्ने बताउनुभएको हो । उहाले प्रत्यक्ष र समानुपातीकको मिश्रित निर्वाचन प्रणालीको अभ्यास गर्दा भरपर्दो एलान्स बनाउनुपर्ने उल्लेख गर्नुभयो । दलीय असफलताका लागि निर्वाचन प्रणालीको कानूनलाई परिवर्तन गर्ने सोच राख्नु उपयुक्त नहुने उहाको भनाइ छ । ज्ञवालीले निर्वाचन अघि बन्ने एलाइन्स परिणामपछि लगतै भत्किने देखिएको र यस्तो अवस्थामा राजनीतिक स्थायित्वको खोजी प्राज्ञिक ढंगले गर्नुपर्ने धारणा राख्नुभयो । बाइट........

कार्यक्रममा कांग्रेसका महामन्त्री गगन कुमार थापाले सत्ता प्राप्तीका लागि नेपालको राजनीति तीन भूतपूर्व प्रधानमन्त्रीको अखडा जस्तो भएको टिप्पणी गर्नुभयो । थापाले सत्ता कस्का लागि र किने भन्ने स्पष्ट नहुदा समस्या देखिएको जिकिर गर्नुभयो । 

पत्रकार भण्डारीले लेख्नुभएको पुस्तकमा ३० बर्षको दौरानमा सरकार गठनको प्रक्रिया, शक्ति चलखेल लगाएतका बिषय उल्लेख गरिएको छ ।

 

Subcategories