News

बैशाख ३०, रत्ननगर ।  रत्ननगर नगरपालिका वडा नं। १० मा रहेको न्यू स्पिडी ईङ्गलिस बोडिङ स्कुलमा विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने विषयमा छलफल भएको छ । विद्यार्थीका अभिभावक र शिक्षकहरु विच शैक्षिक गुणस्तर सुधारका विषयमा शनिवार छलफल भएको हो । छलफलमा आगामी दिनमा विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरिएको छ । विद्यालयको शैक्षिक स्तर कसरी स्तरीय बनाउन सकिन्छ रु आजको संसारमा विद्यालयको जनशक्ति कसरी व्यवस्थापन हुन सक्छ रु समाज रुपान्तरणका लागि शैक्षिक संस्थाको दायित्व के हो रु लगायत विषयमा अभिभावक र शिक्षकहरुविच व्यापक छलफल भएको विद्यालय सञ्चालक समितिका अध्यक्ष डिल्लिराम पोखरेलले बताए । शैक्षिक गुणस्तर सुधारका विषयमा बोल्दै पोखरेलले पहिलेको भन्दा अहिले यस विद्यालयमा शिक्षाको गुणस्तरमा धेरै भन्दा धेरै सुधार आएको बताए ।
विद्यार्थीको सिकाइप्रति यस विद्यालयले सधै चासो र चिन्ता लिने गरेकाले शैक्षिक स्तरमा राम्रो उन्नती र प्रगति हुँदै गईरहेको उनको भनाई छ । विद्यार्थीलाई पठाई संगसंगै प्रयोगात्मक शिक्षण सिकाईमा विशेष जोड दिईरहेको उनले बताए । विद्यालयका प्राचार्य अर्जुन बहादुर थापाले विद्यार्थीलाई स्कुल बाहेक घरमा पनि पढ्न मिल्ने वातावरण सृजना गरिदिन अभिभावकहरुलाई आग्रह गरे । शैक्षिक गुणस्तरलाई अझ सुधार गर्नका लागि सबै कटिबद्ध भएर लाग्नुपर्ने बताए । सबैले आ–आफ्ना कमीकमजोरी औँल्याउँदै अघि बढ्नुपर्नेमा जोड दिए । पढाईमा कमजोर भएका विद्यार्थीहरुका लागि डे होस्टेजको व्यवस्था मिलाएर छुट्टै कक्षाहरु सञ्चालन गर्ने उनले बताए । प्राचार्य थापाले भने, ‘अभिभावक र सबैको साथ सहयोग रहने हो भने भने
चाँडै न्यू स्पिडी स्कुलको शैक्षिक गुणस्तर सुधारमा आमूल परिवर्तन आउने छ ।’ छलफल कार्यक्रममा, विद्यालयका शिक्षक, शिक्षिका, विद्यार्थीका अभिभावकहरुको सहभागिता रहेको थियो । वि।सं।२०५० सालमा स्थापना भएको विद्यालयमा हाल ५ सय भन्दा बढी विद्यार्थी अध्यापनरत छन् ।

 

चितवन बैशाख २९ ।

चितवनको सप्तगण्डकी बहुमुखी क्याम्पस, शहीद स्मृती बहुमुखी क्याम्पस र प्रेसीडेन्सी कलेज अफ म्यानेजमेन्ट साइन्सेस विश्वविद्यालय अनुदान आयोगको ल्भ्ज्भ्ए परियोजना अन्तर्गत उद्यमशिलता सहायता कार्यक्रममा छनौट भएको जानकारी दिएको छ । विश्वविद्यालय अनुदान आयोगले माग गरेको आशयपत्रको मूल्याकंन अनुसार यस कार्यक्रममा नेपालका १८ वटा क्याम्पसहरु छनौट भएका मध्ये चितवनमा तीन क्याम्पसहरु छनोट भएको शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । कार्यक्रमको कार्यान्वयन गर्न पाठ्यक्रम निर्माण गरी तालिम र आर्थिक सहायताको लागि इच्छुक उद्यमी छनोट गर्ने काम भइरहेको कार्यक्रममा जानकारी दिइयो । यस उद्यमशिलता विकास कार्यक्रममा प्रति वर्ष प्रति क्याम्पस ३० जना विद्यार्थी, पूर्वविद्यार्थी, र युवा प्राध्यापकहरुले छनोट हुने हुनेछन् । परियोजना मार्फत तालिम प्राप्त गरिसकेपछिको मुल्याकंनमा छनौट भएमा तालिम प्राप्त व्यक्तिले बिजनेस आइडिया अनुरुपको प्रस्ताव पेस गरेर विश्वविद्यालय अनुदान आयोगको मापदन्ड पुरा गरे पछी कुल प्रस्ताबित लगानी रकमको ६० प्रतिसत सम्मको रु पाँचलाख देखि चालिस लाखसम्म प्रति प्रस्ताव सहायता रकम ९क्भभम ऋबउष्तब०ि रकम प्राप्त गर्न सक्नेछन । यो रकम तिन बर्ष सम्म निर्व्याजी प्रयोग गर्न पाइनेछ । यस्तो सहायता रकम ९सिड फन्ड० प्राप्त गर्न यस कार्यक्रमको प्रक्रिया भित्र रही आवेदन पेस गरेपछि प्राप्त आवेदनहरु मध्येबाट प्रत्येक क्याम्पसमा गठन भएको निर्णायक समितिले इच्छुक उद्यमी छनोट गर्नेछ । क्याम्पसबाट छानिएको आवेदनलाई विश्वविद्यालय अनुदान आयोगले स्वीकृत गरे पछि मात्र तोकिएको अनुदान किस्ताबन्दीमा ब्यवशायको प्रगति अनुसार प्राप्त गर्न सक्ने छ । प्राप्त गरेको अनुदान रकम उद्यमशिलताबाट आम्दानी गरेपछि उद्यमीले फिर्ता गर्नुपर्ने प्रावधान छ । आगामी जेठ १० गतेबाट उद्यमी बन्न चाहने व्यक्तिहरु मध्येबाट तीनैवटै क्याम्पसले एकै समयमा आवेदन माग गर्ने छ । आवेदन संकलनको समय १५ दिन हुनेछ । निश्चित प्रक्रिया र मापदण्ड पूरा गरेका आवदेन छनोट गरिसकेपछि चितवनका तीनवटै क्याम्पसले असारको पहिलो हप्ताबाट कम्तीमा ४५ घण्टा प्रशिक्षार्थीहरुलाइ तालिम उपलब्ध गराउने छ । यो कार्यक्रम चितवनको आर्थिक विकास र उद्यमशिलताको प्रवर्द्धनको लागि प्रभावकारी हुने अपेक्षा गरिएको छ। चितवनलाई उद्यमशिलता र नवप्रवर्तनको केन्द्रको रुपमा विकास गर्ने यस कार्यक्रमको लक्ष्य भएकोले यस कार्यक्रमलाई सफल बनाउनको लागि सहयोग गरिदिन सरोकारवाला सबैमा अपिल गरिएको छ ।

 

चितवन बैशाख २९ ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९÷८० को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत बैंकदर एक प्रतिशत बिन्दुले घटाएको छ । 

शुक्रबार काठमाडौंमा तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले राष्ट्र बैंकले नीतिगत दरलाई सात प्रतिशतमा यथावत राख्दै विद्यमान बैंक दरलाई एक प्रतिशत बिन्दुले घटाएर सात दशमलव पाँच प्रतिशत कायम गरेको जनाएको हो । ब्याजदर करिडोरअन्र्तगतका अन्य दरलाई भने यथावत राखिएको राष्ट्र बैंकले जनाएको छ । मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत केही मौद्रिक व्यवस्था खुकुलो बनाइएको राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिनुभयो । उहाले आर्थिक असहजतालाई सहज बनाउनको लागि मौद्रिक नीति लचिलो बनाएको बताउनुभयो ।

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाबाट दैनिक तरलता सुविधालाई नीतिगत दरमा प्रदान गरिने व्यवस्थामा निरन्तरता दिइएको छ । बैंक तथा वित्तीय संस्थाबाट जारी भएका ऋणपत्रलाई कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) गणना गर्ने प्रयोजनका लागि स्रोत (निक्षेप) को रुपमा समेत गणना गर्न पाउने विद्यमान व्यवस्थालाई २०८० पुस मसान्तसम्मको लागि निरन्तरता दिइएको बैकले जनाएको छ । मौद्रिक नीतिको समीक्षामार्फत राष्ट्र बैंकले पुनरकर्जासम्बन्धी केही नयाँ व्यवस्था गरिएको छ । पछिल्लो छ महिनाको अवधिमा वृद्धिदर नकारात्मक देखिएका आर्थिक क्षेत्रका लागि पुनरकर्जा उपलब्ध गराइने गभर्नर अधिकारीले बताउनुभयो ।

 

ब्याजदर क्रमशः घट्न थालेका कारण कर्जा र आन्तरिक माग पनि क्रमशः बढ्दै जाने देखिएकाले समग्र माग व्यवस्थापनका साथै आन्तरिक उत्पादन विस्तार गर्न सकेमा मात्र बाहृय क्षेत्र र ब्याजदरमा आएको सुधार दिगो रहन सक्ने केन्द्रीय बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कर्जाको विद्यमान आकार, पुँजी पर्याप्तताको अवस्था, बाहृय क्षेत्र सुधार र वित्तीय स्रोत परिचालनको परिदृष्यलाई मध्यनगर गर्दा आगामी दिनहरुमा तरलता र ब्याजदरमा सुधार आउन गई आर्थिक गतिविधि चलायमान हुन थप सहयोग पुग्ने देखिएको बैंकले जनाएको छ ।

 

Subcategories