News


पौष १२, रत्ननगर । चितवनको सौराहामा जारी १७औँ हात्ती तथा पर्यटन महोत्सव अन्तर्गत विहीबार भएको डुंगादौर प्रतियोगितामा खैरहनी नगरपालिकाले प्रतिनिधित्व गरेको डुंगा प्रथम भएको छ । चितवनका सात वटा स्थानीय तहले भाग लिएको सो प्रतियोगितामा रत्ननगर नगरपालिका द्धितीय र माडी नगरपालिका तृतीय भएको महोत्सवको आयोजक संस्था क्षेत्रीय होटल संघ सौराहाका कोषाध्यक्ष माधव दुवाडीले जानकारी दिए । सौराहा स्थित राप्ती नदीको एक हजार ५०० मिटरमा डुंगादौड प्रतियोगिता गरिएको हो । निर्धारित दुरी १२ मिनेट ४५ सेकेण्डमा पार गरी खैरहनीको प्रतिनिधित्व गरेका होमबहादुर कुमालले चलाएको डुंगा प्रथम, १२ मिनेट ४६ सेकेण्डमा निर्धारित दुरी पार गरी रत्ननगरको प्रतिनिधित्व गरेका आइते तामाङले चलाएको डुंगा द्धितीय र १२ मिनेट ४७ सेकेण्डमा निर्धारित दुरी पार गरी माडीको प्रतिनिधित्व गरेको दीपक बोटेले चलाएको डुंगा तृतीय भएको संघका महासचिव गुणराज थपलियाले जानकारी दिए । प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेलाई महोत्सव समापन समारोहमा शिल्ड र नगद पुरस्कार प्रदान गरिने छ । महोत्सव अन्तर्गत बुधबार हात्ती सुन्दरी प्रतियोगिता गरिएको छ । प्रतियोगितामा भाग लिएका अन्य छ वटा हात्तीलाई पछि पार्दै सेल्फी कलीले हात्ती सुन्दरीको ताज पहिरीन सफल भएकी हो । हात्ती सुन्दरी प्रतियोगितामा सेल्फिकली सहित समृद्धिकली, लक्ष्मीकली, बिजुलीकली, रानीमायाकली, चम्पाकली र रिमझिमकलीले सहभागिता जनाएका थिए । प्रतियोगिताको निर्णय आँखाको सुन्दरता, हिँडाई, शरीरको बनावट, माउतेले भनेको मान्ने, नमान्ने र रौँको अवस्था नङ फुटे÷नफुटेको, हिँडाइ लगायतका बारेमा मूल्यांकन गरिएको थियो । महोत्सव रत्ननगर नगरपालिका–७ मैनाहाको चित्रसारी पुलनजिक चौरमा महोत्सव आयोजना गरिएको छ । क्रिसमस र अंग्रेजी नयाँ वर्षको अवसरमा पर्यटकलाई सौराहा आउने वातावरण बनाउने उद्देश्यले सन् २००४ मा हात्ती दौड कार्यक्रमको थालनी गरिएको थियो । कोरोनापछि लगातार तीन वर्ष रोकिएको यो कार्यक्रम यसपालि फेरि सुरु गरिएको संघका अध्यक्ष गंगा गिरीले बताए । क्षेत्रीय होटल संघ चितवन सौराहाले गर्दै आएको महोत्सवको मुख्य सहआयोजकमा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था र रेष्टुरेण्ट एण्ड बार एसोसिएशन चितवन छन् । कोरोना महामारी र आर्थिक मन्दीको चपेटामा परेको सौराहा सहित चितवनको पर्यटनलाई पुरानै अबस्थामा फर्काउन हात्ती महोत्सवका गतिविधिलाई परिमार्जन गरी हात्ती तथा पर्यटन महोत्सव गरिएको संघका उपाध्यक्ष तथा महोत्सवका संयोजक ओम पाण्डेले बताए ।

पौष ११, सौराहा । 

पूर्वी चितवनको सौराहामा आयोजित चितवन हात्ती तथा पर्यटन महोत्सव २०८० मा जारी हात्ती सुन्दरीको उपाधि सेल्फीकली हात्तीले जितेको छ । प्रतियोगितामा सहभागी ६ वटा हात्तीलाई पछि पार्दै १७ वर्षीय सेल्फीकलीले उपाधि जित्न सफल भएको हो । सौराहाका पर्यटन व्यवसायी रामकुमार अर्यालको हात्ती सेल्फीकली दोश्रो पटकको सहभागीतामा सुन्दरी बन्न सफल भएको हो । यसअघि २०७५ सालमा सेल्फीकलीले उपाधी हात पार्न सकेको थिएन् । सेल्फीकलीलाई माउते किशोर कुमालले प्रतियोगितामा समावेश गराएका थिए। भीमकाय हात्तीको सुन्दरी प्रतियोगिता पोथी हात्तीका बिच प्रतिस्पर्धा हुदै आएको छ । सेल्फीकलीले ५०० पूर्णाङ्कमा ३९४ अंक ल्याएर उपाधि जिल्न सफल भएको हो । प्रतियोगितामा चितवन राष्ट्रिय निकुञ्जको ११ वर्षीय रिमझिमकली हात्ती दोस्रो र युनाईटेड हात्ती सञ्चालन सहकारी संस्थाका रामप्रसाद रिजालको २२ वर्षीय सम्बृद्धिकली हात्ती तेस्रो भएका छन् । उनीहरुले क्रमशः ३९३ र ३५६ अंक प्राप्त गरेका थिए । सुन्दरीको होडमा सेल्फीकलीसँगै हरिभक्त घिमिरेको लक्ष्मीकली, शङ्कर शैजुको बिजुलीकली, दीपक भट्टराईको रानीमायाकली र रामकुमार चौधरीको चम्फाकली हात्ती सुन्दरी प्रतियोगितामा सहभागी थिए । हात्तीको सरसफाइ, श्रृंगार, हिँडाइ, घाउचोट नभएको, हात्ती र माउतेको व्यवहारलगायतको मूल्याङ्कन गरी प्रतिस्पर्धा गराइएकोमा मूल्यांकनबाट सेल्फीकली उत्कृष्ट घोषित भएको निर्णायक चितवन राष्ट्रिय निकुञ्जका बरिष्ठ पशु चिकित्सक डा. विजय श्रेष्ठले जानकारी दिनुभयो। हात्ती सुन्दरीका माउतेले १५ हजार रुपियाँ, दोस्रो हुनेका माउतेले १० हजार रुपियाँ र तेस्रोले पाँच हजार रुपियाँ नगद पुरस्कार पाएका छन्। हात्तीको सरसफाइ, नङ काटे नकाटेको, घाउ चोट भए नभएको, त्यसको स्वास्थ्य लगायतका मापदण्डलाई प्रतियोगितामा निर्णयको आधार बनाइएकोमा यो वर्ष दर्शकको भोटलाई पनि प्रतियोगिताको निर्णयको आधार बनेको थियो । महोत्सवमा सबैभन्दा बढी रुचाएको प्रतियोगिता ‘हात्ती सुन्दरी’ हो । यस्तो प्रतियोगिताले हात्तीलाई सुन्दर र स्वस्थ्य राख्न प्रेरणा दिन्ने महोत्सवका संयोजक ओमप्रकाश पाण्डेले बताउनु भयो ।

पौष ११,नारायणगढ । चितवन चेम्बर अफ कमर्सको अध्यक्षमा युवा ब्यबसायी गोपाल भट्टाराई निर्बिरोध निर्वाचित हुनु भएको छ , ्रबुधबार सम्पन्न बार्षिक साधारण सभा तथा दोश्रो अधिबेशन बाट संस्थापक उपाध्यक्ष समेत रहेका भट्टाराईको नेतृत्वमा आगामी ३ बर्ष कार्यकालको लागि २१ सदस्य कार्यसमिति निर्वाचित भएको हो । दीर्घ मान श्रेष्ठ को अध्यक्षता सम्पन्न अधिबेशनले उपाध्यक्षमा रुबेन रामुदामु र सोमप्रसाद काप्री, महासचिबमा – महेश तिवारी, सचिबमा – अर्जुन अधिकारी, कोषाध्यक्षमा अनुषा पाठक, सह कोषाध्यक्षमा प्रकाष श्रेष्ठ, सदस्यमा – गगन लामा, शुकरानी लामा, शोभा गौतम, नबिन रिजाल , बलराम भण्डारी, दिपेश श्रेष्ठ, निलेन मान शाक्य, राम प्रसाद सुबेदी, प्रमिल न्यौपाने, बिशाल भट्टाराई, अच्युत थपलिया, शोभाखर अधिकारी, पुरुशोत्तम कंडेल रहनु भएको छ । कार्यक्रममा संस्थाको प्रगति प्रतिबेदन भाबी कार्ययोजना र आर्थिक प्रतिबेदन अनुमोदन गरिएको छ । साथै देशको बर्तमान आर्थिक अवस्था, ब्यबसायीहरुले भोग्नु परेको समस्याका संदर्भमा ब्यबसायीहरुले आ आफ्नो धारणा ब्यक्त गरेका थिए । कार्यक्रमा बोल्दै संस्थापक अध्यक्ष समेत रहनु भएका अध्यक्ष दीर्घ मान श्रेष्ठले संस्था स्थापना काल देखि हाल सम्म नेपालमा चेम्बरले पुराएको योगदान चर्चा गर्दै र बर्तमान अवस्थामा ब्यबसायीलाइ धैर्यतापुर्बक आफ्नो ब्यबसायमा लग्न अनुरोध गर्नु भयो । नवनिर्वाचित अध्यक्ष भट्टाराईले समस्या न्यूनीकरण र गुनासोलाई सम्बन्धित सरोकारवाला निकाय संग समन्वय गर्ने प्रतिबद्धता ब्यक्त गर्दै बैदेशिक रोजगारीका नाममा विदेश पलायन हुने युवाहरुलाई नेपालमै उधम तथा रोजगारीको बातावरण बनाउन विभिन्न कार्यक्रमहरु संचालन गर्ने समेत बताउनु भयो । बुधबार नै नवनिर्वाचित अध्यक्ष गोपाल भट्टराईको अध्यक्षतामा पहिलो बैठक सम्पन्न भएको छ । बि.स . २०७५ सालमा चितवनमा स्थापित संस्थाले ब्यबसायिक हकहित, प्रवर्दन, ब्यबसायिक दक्षता बिकास सरोकार लगाएत विभिन्न क्षेत्रहरु मा कार्य गर्दै आएको छ ्र

Subcategories