News

चितवन,फागुन १८ ।  तस्विर: कोमल चन्द्र भगत । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भरतपुर आँखा अस्पतालको नवनिर्मित भवनको उद्घाटन गरेका छन् । भरतपुर महानगरपालिका ११ बाइपास रोडमा भरतपुर अस्पतालको जग्गामा बनेको आँखा अस्पतालको प्रधानमन्त्री प्रचण्डले शुक्रबार बिहान एक समारोहका बीच उद्घाटन गरेका हुन् । भरतपुर भ्रमण वर्षको उद्घाटन गर्न चितवन आएका बेला प्रधानमन्त्रीले आँखा अस्पतालको साढे ३ तलाको सुविधा सम्पन्न भवनको उद्घाटन गरेका हुन् ।
१३ करोड ५० लाख रुपैयाँ लागतमा अस्पाल भवन निर्माण गरिएको हो । कुल २५ हजार ५०० वर्ग फिट क्षेत्रफलमा बनेको भवनको फाउण्डेसन र फ्रेम स्ट्रक्चरर निर्माण शिवालय विल्डर्स काठमाण्डौंले ४ करोड ८३ लाख बयानब्बे हजारमा गरेको थियो भने, बाँकी काम अस्पताल आफैंले गरेको हो । भवनको भुईं तलामा बाल रोग बहिरंग विभाग, बालबालिकाहरुको लागि टिकट काउण्टर, ६ वटा ओपिडी कक्ष, फार्मेसी कक्ष, चश्मा बिक्री कक्ष, बाल मैत्री खेल कक्ष, स्टाफ कन्फ्रेन्स हल र स्तनपान कक्ष रहेको छ । पहिलो तलामा नर्सिङ कक्ष, ६० वटा वेडहरु, क्याविन कक्ष ६ वटा रहेको छन् । दोस्रो तलामा चारवटा अत्याधुनिक शल्यक्रिया कक्ष ९३ मोडुलर, १ सेप्टिक ओ।टी० र ४ वटा पोष्ट अप्रेसन कक्ष रहेको छ । कर्मचारी र सेवाग्राहीलाई सहजताको लागि इलेक्ट्रिक लिफ्ट सुविधा राखिएको छ । भवनको तलमाथि गर्न दुई वटा भर्‍याङको व्यवस्था गरिएको छ । फरक क्षमता भएका मानिसहरुको लागि अपाङ्गमैत्री र्‍याम र शौचालयको व्यवस्था गरिएको छ । भवनको सुरक्षाको लागि इलेक्ट्रिक अर्थिङको साथै अग्नि शमन यन्त्रको व्यवस्था गरिएको छ ।

 


उपकरणसहित भवनको सबै काम गरेर २० करोड १५ लाख २२ हजार ६२१ रुपैयाँ ४३ पैसा लागत लाग्ने अनुमान रहेको नेपाल नेत्रज्योती संघ चितवनका सचिव केशव अधिकारीले जानकारी दिए । भवन निर्माणको लागि विभिन्न दातृ निकाय, संघसंस्था तथा उदारमना सहयोगी मनहरुबाट ८ करोड ५० लाख ७३ हजार ५ सय ५७ रुपैयाँ सहयोग प्राप्त भएको थियो । भरतपुर आँखा अस्पताले प्रदान गर्दै आएको आँखा रोगसम्बन्धी विशेषज्ञ सेवा विस्तार तथा सीटीईभीटीसँगको सहकार्यमा आँखासम्बन्धी प्रविणता तहको अप्थाल्मिक साइन्स विषयको पढाइ तथा नेत्र विशेषज्ञ चिकित्सकहरुको फेलोशिप कार्यक्रम, बि अप्टम बिषयका पढाईका लागि भवन अभाव भएको थियो । नयाँ भवन बनेपछि सेवा प्रवाहमा सहजता हुने अस्पतालले जनाएको छ ।चार बिघा जग्गामा बैक अफ कमर्श एण्ड क्रेडिट ईन्टरनेशनल (बि.सि.सि.आई) पकिस्तानको आर्थिक सहयोगमा २०४४ सालमा भरतपुर आँखा अस्पताल स्थापना गरि सेवा प्रदान हुँदै आएको छ ।

भरतपुर, १७ फागुन । भरतपुर महानगरपालिका–१ वागीश्वरीमा रहेको श्री वागीश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रममा स्थापित योगी नरहरिनाथ पुस्तकालय व्यवस्थापन एवं अनुसन्धान केन्द्रको उद्घाटन गरिएको छ । बिहीबार एक समारोहका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले उक्त पुस्तकालय व्यवस्थापन एवं अनुसन्धान केन्द्रको उद्घाटन गर्नुभएको हो । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख दाहालले योगी नरहरिनाथको सिद्धान्तमा मुलुक चल्न नसकेको बताउनुभयो । उहाँले धर्मको वैज्ञानिक व्याख्या गर्दै धार्मिक अभियानलाई देशव्यापी बनाउन सफल हुनुभएको भन्दै दाहालले राष्ट्र गुरुको बारेमा थप अध्ययन र अनुसन्धान गर्न पुस्तकालयले मद्दत पु¥याउनेमा विश्वास व्यक्त गर्नुभयो । उक्त पुस्तकालयको विकास र संरक्षणमा महानगरपालिकाले सहयोग गर्ने दाहालको भनाइ छ ।

पुराना अभिलेख एवं पुस्तकहरुको संरक्षण, योगी नरहरिनाथका महत्वपूर्ण पुस्तकहरु पुनः प्रकाशन, योगीका कृतिहरुमाथि अध्ययन एवं अनुसन्धान, चितवनका ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक बस्तुहरुको अन्वेषण गर्नु पुस्तकालय स्थापनाको लक्ष्य रहेको बताइएको छ । पुस्तकालयमा योगी नरहरिनाथका सम्पूर्ण कृति एवं उहाँका कृतिमाथि भएका अध्ययन सामग्री राखिने बताइएको छ । त्यस्तै धार्मिक पुस्तकहरु एवं अनुसन्धानका निम्ति आवश्यक पर्ने सन्दर्भ पुस्तकहरु पनि पुस्तकालयमा राखिने बताइएको छ । योगी नरहरिनाथ पुस्तकालय व्यवस्थापन एवं अनुसन्धान केन्द्रमा हालसम्म धार्मिक, योगी नरहरिनाथ एवं चितवनका विभिन्न दुई हजार भन्दा बढी पुस्तकहरु रहेका छन् । श्री वागीश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रमका अध्यक्ष शैलेन्द्रकुमार पियाको अध्यक्षतामा भएको कार्यक्रममा प्राडा गुरुप्रसाद, संरक्षक शान्तप्रसाद पोखरेल, तिमिला माता, आश्रम प्रमुख योगी निरञ्जन नाथलगायतले मन्तव्य राख्नुभएको थियो । सो कार्यक्रमको सञ्चालन अशोक पोखरेलले गर्नुभएको थियो । यसैबीच, राष्ट्र गुरु योगी नरहरिनाथको ११०औँ प्रकाट्य दिवसको अवसर पारेर आयोजना गरिएको लक्ष्यहोमको समापन गरिएको छ । आश्रम प्रमुख योगी निरञ्जननाथको संकल्प एवं श्री वागीश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रमको आयोजनामा फागुन १४ देखि सञ्चालन भएको लक्ष्यहोम बिहीबार सभापन गरिएको आश्रमका सदस्य एवं लक्ष्यहोम संयोजक सुकमाया भुजेलले जानकारी दिनुभयो । लक्ष्यहोम समापन कार्यक्रमको प्रमुख अतिथिको रुपमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल रहनुभएको थियो । घुमौँ भरतपुर अन्तरगत भरतपुर भ्रमण वर्षको पूर्वसन्ध्यामा योगी नरहरिनाथको ११० औँ प्रकाट्य दिवसको अवसरमा योगी नरहरिनाथ गौ संरक्षण केन्द्रमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालद्वारा गौ आरती गरी भ्रमण वर्षको सफलताको कामना गरिएको थियो । त्यस्तै, राष्ट्र गुरु योगी नरहरिनाथको जन्म दिवसको कार्यक्रममा ११ जना कर्तासहित यहाँ रहेको योगी नरहरिनाथ संस्कृत गुरुकुलका बटुक र प्राचार्यलगायतका गुरुहरु एवं विभिन्न भक्तजनहरुद्वारा पूजा हवन गरिएको थियो । कार्यक्रमको अन्त्यमा लक्ष्य दीप प्रज्ज्वलन गरिएको थियो

 १६ फागुन, चितवन। तस्विर :  कोमल चन्द्र भगत । 
चितवनको पर्यटकीय नगरी सौराहामा आयोजना गरिएको बारिस्ता, अस्पिटालिटी र कफी मेसिन मर्मत तालिम बुधबार सम्पन्न भएको छ । मृगकुञ्ज मध्यवर्ती उपभोक्त समिति बछौली र सपना भिलेज सोसियल इम्प्याक्टले सयुक्त रुपमा आयोजना गरेको ४५ दिने तालिममा ४८ जनाको सहभागिता रहेको थियो । तालिम चल्दाचन्दै छ जनाले जागिर र २ जनाले व्यवसाय सुरु गरेका छन् । तालिममा सहभागी मध्ये प्रिति चौधरी, निसु तामाङ, राष्टी कर्मचार्य, विधान चौधरी, सुमितराज पौडेल, स्वयज्ञा भूषालले सौराहाका होटल तथा रेष्टुरेन्टमा जागिर पाएका हुन् । सीप सिक्दासिन्दै राजेन्द्र सापकोटा र उमेश भट्टराईले सौराहामा व्यवसाय सुरु गरेका हुन । उनीहरुले कफी सप सञ्चालनमा ल्याएको सपना कफी एण्ड बारिस्ता स्कुलका अध्यक्ष लोकनाथ शर्माले जानकारी दिए ।

उक्त सीप मुलक तालिम बुधबार सकिएको छ । तालिममा सहभागी मध्ये उत्कृष्टताको आधारमा सुदिप रिमाल प्रथम, गिरिराज पौडेल द्धितीय र स्वयज्ञा भूषाल तृतीय, कफीको उत्कृष्ट डिजाइनरको रुपमा एलिसा थपलिया र उत्कृष्ट कार्यसम्पादनको रुपमा स्वयज्ञा भूषाल पुरस्कृत भएका छन् । समापन कार्यक्रममा मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकास ढुंगाना, चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जापुन, मृगकुञ्जका अध्यक्ष दुर्गाप्रसाद घिमिरे, सपना भिलेजका अध्यक्ष ध्रुव गिरीले पुरस्कार र प्रमाणपत्र हस्तान्तरण गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अध्यक्ष ढुंगानाले रोजगारी, आयआर्जन र संरक्षणलाई संगसंगै अगाडि बढाउने मध्यवर्तीको अबधारण रहेको बताए । संरक्षणलाई प्रभावकारी बनाउन आयआर्जनलाई उत्तीकै महत्व दिनुपर्नेमा जोड दिए । प्रमुख संरक्षण अधिकृत पुर्जापुनले वन तथा वन्यजन्तुको संरक्षणलाई थप मजबुत बनाउन मध्यवर्तीका युवाहरुको लगाव आवश्यक रहेको बताए । सपना भिलेजका अध्यक्ष गिरीले स्थानीय सरकार र अन्यसंघसंस्थाहरुसंग सहकार्य गरी सपना भिलेजले रोजगारी र्सिजना गर्ने विभिन्न सीपमुलक कार्यक्रम आयोजना गर्दै आएको बताए ।

 

मृगकुञ्जका अध्यक्ष घिमिरेले कृषि,संस्कृति र पर्यटनको माध्यमबाट रोजगारी र आयआर्जन र्सिजना गर्ने गरी कार्यक्रम अगाडि बढाइएको बताए । जीविकोपार्जनको बैकल्पिक आधार तयार नगरी संरक्षणलाई प्रभावकारी बनाउन नसकिने भन्दै उनले रोगजारीको लागि सीपमुलक तालिम आयोजना गर्दै आएको बताए । मृगकुञ्जले सञ्चालन गरेका २७ वटा संरक्षणमुलक कार्यक्रम मध्ये युवा केन्द्रीत सीप मुलक तालिम, मुसहर महिलालाई तरकारी खेती तालिम प्रभावकारी भएको घिमिरेले बताए । कार्यक्रममा वडा नं ५ का वडाध्यक्ष बालकृष्ण चापागाईँ, राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाकी प्रमुख रचना शाह, क्षेत्रीय होटल संघका सचिव महेश खनाल लगायतले मन्तव्य राखेका थिए । मृगकुञ्जका अध्यक्ष घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा मृगकुञ्जका कार्यसमिति सदस्य बुद्धिमान विकले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रम सपना कफी एण्ड बारिस्ता स्कुलका सञ्चालक सुदिप भट्टराईले सञ्चालन गरेका थिए ।

Subcategories