चितवन , साउन १२ ।
सरकारले देवघाट क्षेत्र विकास समितिमा रिक्त रहेको अध्यक्ष तथा सदस्यहरु नियुक्त गरेको छ । अध्यक्ष पदमा देवघाटका भवानी प्रदान तिमिल्सीना र सदस्यहरुमा रत्ननगर ९ का निर्मल पौडेल, देवघाट गाउँपालिका–५ का केशबहादुर गुरुङ र नरबहादुर ढुङ्गाना, भरतपुर–१ चितवनका युवराज खत्री क्षेत्री, देवचुली–६ नवलपुरका हरिप्रसाद पराजुली, र गैंडाकोट–८ नवलपुरका तारानाथ सुवेदी रहेका छन् ।