News

चितवन जेठ १ । सविना लामिछाने । भरतपुर अस्पतालमा नवनिर्मित रक्तसञ्चार केन्द्र औपचारिक रुपमा सञ्चालनमा आएको छ । केन्द्रको एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले उद्घाटन गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले भरतपुर अस्पताल आउने विरामीलाई रगत पाउन झन्झटिलो प्रकृया अब भने अन्त्य भएर जाने विश्वास गर्नुभयो । अस्पतालले रक्तसञ्चार केन्द्र स्थापना गर्ने जमर्को गरेकोमा खुसी व्यक्त गर्नुभयो । आगामी दिनमा स्तरोन्ती गर्ने, सेवा विस्तार गर्ने योजना बनाउन जोड पनि दिनुभयो । भरतपुर मेडिकल सिटी भएकाले छिमेकी जिल्लालगायत भारतबाट पनि विरामी आउने भएकाले रगतको धेरै माग रहेकाले यो केन्द्रले रक्तसञ्चारको कामलाई थप व्यवस्थित गर्दै लैजाने उहाँले उल्लेख गर्नुभयो । अहिले भरतपुर अस्पतालमा भइरेको पूर्वाधार विकास आशा लाग्दो ढङ्गबाट अगाडि बढिरहेको पनि उहाँको भनाई थियो । कार्यक्रममा भरतपुर अस्पतालका अध्यक्ष राजु पौडेल, मेडिकल सुपरिटेन्डेन्ट श्रीराम तिरारी, नेपाल रेडक्रस सोसाईटी चितवनका अध्यक्ष हरि पौडेल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । रक्तसञ्चार केन्द्र सञ्चालनमा आएसँगै भरतपुर अस्पताल उपचार गर्न आउने विरामीले सहजै रगत पाउने विश्वास गरिएको छ । अहिले २०० पोका भण्डार गर्ने क्षमतासहित सञ्चालनमा आएको केन्द्र अस्पतालको बी ब्लकमा रहेको छ ।

बैशाख ३१, चितवन ।तस्विर : कोमलचन्द्र भगत । चितवनमा मानव वन्यजन्तु बीचको द्वन्द्व व्यवस्थापनको काम चुनौतीपूर्ण बन्दै गइरहेको भन्दै संरक्षणकर्मी र अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन् । सौराहा स्थित मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिले सोमबार माडीमा आयोजना गरेको वन, वन्यजन्तु तथा जैविक विविधता संरक्षणमा सम्भावना र चुनौती विषयक अन्तर्क्रिया कार्यक्रममा उनीहरुले निकुञ्जमा चोरी शिकारका घट्नाहरु नियन्त्रणमा रहेको भएपनि द्वन्द्व नयाँ चुनौतीको रुपमा देखा परेको बताएका थिए । कार्यक्रममा संरक्षणलाई पर्यटनसंग जोड्न समेत जोड दिइएको छ ।

त्यसका लागि माडीमा रहेको जैविक विविधता, प्राकृतिक सम्पदा र पर्यटकीय क्षेत्रहरुको विकास गरि सौराहामा आउने विदेशी पर्यटक भित्रायाउने गरि सम्भाब्यताको बारेमा समेत छलफल गरिएको छ । मृगकुञ्जका अध्यक्ष दुर्गाप्रसाद घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय सरकार, संरक्षणकर्मी र व्यवसायीको सयुक्त प्रयासले मात्र लामो समय देखि माडीलाई सौराहासंग जोड्ने योजना सफल हुने निष्कर्ष निकालिएको छ । रेवा मध्यवर्ती उपभोक्ता समितिको सहकार्यमा आयोजना गरिएको कार्यक्रममा निकुञ्जका सुचना अधिकारी गणेशप्रसाद तिवारीले संरक्षणमा सहकारी प्रयास र पर्यापर्यट नविकास, समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा जागरण अभियान बछौलीमा अध्यक्ष वसन्त रानाले वन, वन्यजन्तु तथा जैविक विविधता संरक्षणमा सम्भावना र चुनौती तथा युवा जागरण अभियानले गरेका काम र उपलब्धि, पाँचपाण्डव अन्तर्गत समुदायमा आधारित चोरी सिकार नियन्त्रण युवा जागरण अभियानका अध्यक्ष रामबहादुर पोखरेलले सरक्षणमा युवा स्तरबाट भएका कामको बारेमा प्रस्तुती गरेका थिए । मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुंगानाले संरक्षणमा स्थानीय समुदायको भूमिका कमजोर हुन दिन नहुने भन्दै पर्यटनलाई समुदायको आयआर्जनसंग जोड्नुपर्नेमा जोड दिए । राज्यले संरक्षणमा समुदायको भूमिका खोज्दा उसले समुदायले पाउने लाभको विषयमा पनि गम्भीर हुनुपर्ने उनले बताए । कार्यक्रममा मृगकुञ्जका अध्यक्ष घिमिरेले माडीलाई सौराहाको पर्यटनसंग जोड्न सम्भाब्यताको खोजी गर्न माडी केन्द्रित कार्यक्रम गरिएको बताए । मृगकुञ्जकी सदस्य विन्दा कार्कीले सञ्चालन गरेको सो कार्यक्रममा रत्ननगर वडा नं ५ का बालकृष्ण चापागाईँ, माडी नगरपालिका वडा नं ६ का वडाध्यक्ष दिपेन्द्रराज पौडेल,अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष शिवजी लगायतले मन्तव्य राखेका थिए ।

 

चितवन, वैशाख ३१ । भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष ०८/०८२ का लागि राय सुझाव माग गरेको छ । महानगरपालिकाले आगामी नीति तथा कार्यक्रम के कस्तो बनाउने सन्दर्भमा सरोकारवालासँग सुझाव माग गरेको हो । सुन्दर, सुसंस्कृत र समृद्ध महानगर निर्माण हुने गरी अख्तियार गर्ने नीति, कार्यक्रम तथा बजेटको सन्दर्भमा राय सुझाव जेठ १५ गतेसम्म महानगरपालिकाको आधिकारिक ईमेलमा पठाउन अनुरोध पनि गरेको छ । महानगरको आधिकारिक ईमेल This email address is being protected from spambots. You need JavaScript enabled to view it. मा राय सुझाव पठाउन राजनैतिक दल, विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्था, बुद्धिजीवी, विषय विज्ञ, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी, संचारजगत, तथा नगरवासीलाई महानगरले आग्रह गरेको छ । भरतपुर महानगरपालिकाले १५ औ नगरसभाका लागि तयारी तीब्र पारेको छ ।
महानगरले यस अघि सडक पूर्वाधारलाई प्राथमिकता दिएपनि यस पटक भने उत्पादन र रोजगारीलाई प्राथमिकतामा राखेको जनाएको छ । महानगरमा यो ७ वर्षको अवधि ८ सय किमिभन्दा धेरै कालोपत्रे निमार्ण भइसकेको छ । नीति तथा कार्यक्रममा जनताको चाहानालाई समावेश गर्न वर्षेनी राय सुझाव माग गर्दै आइरहेको छ ।

Subcategories