रौतहटको गौर नगरपालिकामा पानीमा डुबेर ३ बालिकाको मृत्यु भएको छ ।

गौर १ मा रहेको सीमा क्षेत्र नजिक बाढीको पानीमा डुबेर राजदेवी नगरपालिका ८ कि १३ वर्षिया आस्था कुमारी बैठा, १५ वर्षिया रागनी यादव र मौसमी बैठाको मृत्यु भएको हो । सात जनाको समूहमा गौरतर्फ घाँस लिन आउँदै गर्दा उनीहरु बाढीको पानीमा डुबेका थिए । डुबेका मध्ये ४ जनाको स्थानीयले उद्धार गरेका थिए भने तीन जनाको शव निकालिएको छ ।