साउन १३, चितवन ।

नवलपुरको गैँडाकोट नगरपालिका २ स्थित नारायणी नदीमा हामफालेर  एक जना युवक वेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले दिएको जानकारी अनुसार अन्दाजी २०÷ २२ वर्षीय युवक पुलबाट नदीमा हामफालेर वेपत्ता भएका हुन् ।

विहान सवा ६ बजेतिर वेपत्ता भएका उनको खोजीकार्य जारी रहेको र अझै फेला नपरेको नवलपुर प्रहरीले जनाएको छ ।

नामथर वतन नखुलेको पुरुष व्यक्ति साईकल र चप्पल पुलमा छोडि नदीमा हामफालेको भन्ने खवर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गैडाकोटको प्रहरी र सशस्त्र प्रहरी वल १७ नं. गण आँपटारी चितवनबाट खटिएको ९ गोताखोर टोलीले खोजतलास गरिरहेको प्रहरीले जनाएको छ