Top 1

Sidebar

×

Main Menu

  • समाचारसमाचार
  • खेलकुदखेलकुद
  • अर्थ / वाणिज्यअर्थ / वाणिज्य
  • स्थानियस्थानिय
  • अन्यअन्य
  • हाम्रो टिम
Avass Television HD Avass Television HD
 

Contact Us

For news and programs, please contact us at +977 9855056039 .

  • समाचारसमाचार
  • खेलकुदखेलकुद
  • अर्थ / वाणिज्यअर्थ / वाणिज्य
  • स्थानियस्थानिय
  • अन्यअन्य
  • हाम्रो टिम

एकल महिलालाई कानुनी अधिकार सम्बन्धी अभिमुखीकरण

Details
AV TV Super User logo
News
10 April 2024
Tweet
Share
Share
share with Whatsapp
share with Telegram
Send by email
चितवन, चैत २८ ।  पूर्वी चितवनको रत्ननगर नगरपालिकाका एकल महिलाहरुलाई तनाव व्यवस्थापन तथा कानुनी अधिकार सम्बन्धी अभिमूखीकरण कार्यक्रम गरिएको छ । रत्ननगर नगरपालिकाको आर्थिक सहयोगमा नगर स्तरीय एकल महिला समनवय समितिले आयोजना गरेको सो कार्यक्रम सामाजिक विकास समितिका संयोजक बालकृष्ण चापागाईँले उद्घाटन गरेका थिए । कार्यक्रममा अगुवा महिला उर्मिला पोखरेलले एकल महिलालाई अधिकारसंगै जीविकोपार्जनको आधार तयार गर्नुपर्ने बताइन् । विपन्न समुदायका एकल महिलालाई आयआर्जनको लागि सीप मुलक तालिम सञ्चालन गर्नु पर्ने उनले बताइन् । नगर स्तरीय एकल महिला समन्वय समितिकी अध्यक्ष गीता देवकोटाले एकल महिलाहरु राजनीतिक, आर्थिक, सामाजिक तथा धार्मिक रुपमा अग्रणी स्थानमा रहेको भन्दै आर्थिक अबस्था कमजोर भएका महिलाहरुको जीविकोपार्जनको लागि सहयोग गरिएको बताइन् । कार्यक्रमका प्रमुख अतिथि सामाजिक विकास समितिका संयोजक चापागाईँले तनावले जीवनलाई तहसनहस बनाउने भन्दै जीवनलाई खुसी राख्न सक्नु ठुलो उपलब्धि हुने बताए । कार्यक्रममा ओमशान्तिका राष्ट्रिय प्रशिक्षक राजु घलेले तनाव व्यवस्थापनका लागि जीवन जिउने कला र महिला विकास अधिकृत दीपा घिमिरेले एकल महिलाका अधिकार र कार्यान्वयनका लागि भएको प्रयासका बारेमा सहजीकरण गरेका थिए । कार्यक्रममा ९० जना महिलाहरु सहभागी थिए । नगर स्तरीय एकल महिला समन्वय समितिकी अध्यक्ष देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सरस्वती पौडेलले स्वागत मन्तब्य राखेकी थिइन् ।
 
 
 
 
 
 
 

Latest News

  • चितवनको तीनवटै निर्वाचन क्षेत्रमा रास्वपालाई प्रत्यक्षमा भन...
  • प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी, राष्ट्रिय स्वतन्त्र पार्...
  • सामुदायिक वनको सामाजिक पारिस्थितिक आयामहरू विषयक परिचयात्मक...
  • भरूवा बन्दुकसहित दुई जना पक्राउ...
  • दुप्चेश्वरमा कांग्रेस र एमाले परित्याग गरी ५० भन्दा बढी नेता...

Most Read

1

देवघाटधाम महामहोत्सवको नाममा महाराज इश्वर कृष्ण भुर्तेलले गरेका क्रियाकलाप प्रति विश्व हिन्दु महासंघको आपत्ति

2

पर्यटकिय नगरी चितवनको सौराहामा यहि मंसीर २२ र २३ गते दोस्रो नेपाल गोही संरक्षण मेला २०८० को आयोजना हुने

3

क्लिनिक नेपाल फ्रेण्डसीप स्काउटद्धारा आयोजित ३ दिने चौथो जंगल क्याम्पको चितवनको मेघौलीमा शुरु

4

चितवन राष्ट्रिय निकुञ्जका दुई वटा गैँडा पुष्पा र अञ्जलीलाई कोशी टप्पु वन्यजन्तु आरक्षमा पठाइने

5

समाजसेवी दम्पती मेघ सुवेदी र मनु सुवेदीको अमेरिकामा संचालित सामाजिक संस्थाद्वारा जाजरकोट र रुकुम पश्चिमका भुकम्प पिडितलाई नगद सहयोग हस्तान्तरण

Copyright © 2026 Avass Television. All Rights Reserved. Designed by AVASS.