News

भदौ, ८, चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बृहत सरसफाई अभियान एक वर्षसम्म निरन्तर चल्ने बताउनु भएको छ । अभियान भरतपुर १२ स्थित पूर्व पश्चिम राजमार्गको गोन्द्राङबाट सुरु भएको हो ।
शुक्रबार भरतपुर महानगरपालिकाले आयोजना गरेको बृहत सरसफाई अभियानको उद्घाटन गर्दै प्रमुख दाहालले वडास्तरदेखि नगरस्तरसम्म सरसफाई समिति निर्माण गरी अभियान सञ्चालन हुने उल्लेख गर्नुभयो । यसको तयारी पनि पुरा भएको छ–उहाँले भन्नुभयो ।
भरतपुर महानरपालिकाको कार्यपालिका बैठकले हरेक महिनाको दुई वटा शुक्रबार सरसफाई गर्ने निर्णय पास भएको छ ।
भरतपुरमा विकास प्रयाप्त भएकै छ, अब हरियाली प्रर्वद्धनमा हाम्रो जोड रहन्छ¬–प्रमुख दाहालले भन्नुभयो ।
भरतपुरलाई स्वच्छ हराभरा बनाउने विगतको निरन्तरता रहेको प्रमुख दाहालको भनाई छ ।
भरतपुर महानगरपालिकाले भ्रमण वर्ष २०२४ लाई लक्ष्ति गरी सरसफाईलाई प्राथामिकतामा राखेर काम गरी रहेको छ । महानगरपालिकाले महिनाको पहिलो र अन्तिम शुक्रबार अनिवार्य रुपमा सरसफाई अभियान चलाउने गरी अगाडि बढेको महानगरका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार रानाले बताउनुभयो ।
सभ्य र सुन्दर भरतपुर निर्माण गर्न वृक्षरोपण कार्यक्रमलाई विषेश जोड दिई सडको दाँया बायाँ वृक्षरोपण गर्ने कार्य अगाडि बढिरहेको बताउनुभयो ।
भरतपुरलाई हरित सहर बनाउने कार्यमा सबै जनाले हातेमालो गर्न आवश्यक रहेको बताउनुभयो । सरसफाई कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, जिल्ला प्रहरी कार्यालयका एसपी रामेश्वर कार्की, विभिन्न संघ संस्था प्रतिनिधिको उपस्थिति रहेको छ ।

चितवन, भदौ ८ ।

२०८० भदौ ८, काठमाडौं । समाजवादी मोर्चा अन्तरगतको विद्यार्थी संगठनहरुले इन्जिनियरिङको स्नातक तहमा भएको शुल्कवृद्धि खारेज नगरे कडा आन्दोलनको चेतावनी दिएका छन् । संवाद डबलीमा पत्रकार सम्मेलन गरेर इन्जिनियरिङ अध्ययन संस्थान (आइओई) लाई आज (शुक्रबार) बेलुकासम्म शूल्कवृद्धिको लागि अल्टिमेटम दिएका छन् ।
चार विद्यार्थी संगठनले संयुक्त पत्रकार सम्मेलनमा इन्जिनियरिङको स्नातक तहमा नियमिततर्फ शुल्क ३५ हजारबाट बढाएर ८२ हजार र पूर्ण शुल्कतर्फ ३ लाख ३० हजारबाट बढाएर ७ लाख ७५ हजार पु¥याएको प्रति संयुक्त विद्यार्थी संगठनले आपत्ति जनाएका छन् ।
पत्रकार सम्मेलनमा सत्तारुढ दल नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन ९अनेरास्ववियु क्रान्तिकारी० का अध्यक्ष पन्चा सिंहले वार्ताको नाटक मन्चन गरेर भ्रममा नपार्न चेतावनी दिइन् । उनले विभिन्न कलेजहरुमा भइरहेको आन्दोलनमा आफूहरुको ऐक्यबद्धता रहेको समेत जनाइन् ।
“वार्ताको नाटक मन्चन गरेर आन्दोलन तुहाउने दुष्प्रयत्न गरिन्छ भने यो वार्ता खारेज गरिन्छ र चारवटा विद्यार्थी संगठनको तर्फबाट निशर्त ढंगले त्यो शुल्कवृद्धि खारेज नगरेसम्म हामी वार्ताको प्रक्रियामा नजाने कुरा पनि म यो पत्रकार सम्मेलनमार्फत जानकारी गराउन चाहान्छु” अध्यक्ष सिंहले भनिन् ।
नेकपा (एस) निकट अनेराश्ववियुका अध्यक्ष सुदेश पराजुलीले आफ्नै पार्टीहरु सत्ताको नेतृत्वमा रहेपनि गलत विषयमा खरो उत्रने बताए । शुल्कवृद्धि तत्काल खारेज नभए आइएओई प्रमुखलाई गलत्याएर सडकमा ल्याउने चेतावनी दिए ।
जनता समाजवादी निकट समाजवादी विद्यार्थी युनियन नेपालका अध्यक्ष रमेश यादबले संविधानले शिक्षा निशुल्क भनेपनि शैक्षिक माफियाको अगाडि सबै निरिह हुनु दूर्भाग्य भएको बताए ।
नेकपा (विप्लव) निकट अखिल (क्रान्तिकारी) का उपाध्यक्ष नरेन्द्र विश्वकर्माले दलाल र माफियाहरुको चंगुलमा रहेको नेपाली शिक्षा क्षेत्रलाई नागरिकको पहुँचमा पुर्याउन जुनसुकै हदमा जाना तयार रहेको धारणा राखे ।
“नेपालको इन्जिनियरिङ शिक्षाको केन्द्रको रुपमा परिचित र आधारभुत रुपमा जनताको पहुँचमा रहेको इन्जिनियरिङ्ग अध्ययन संस्थानले आंगिक क्याम्पसहरुमा दोब्बरभन्दा बढी शुल्क अकस्मात बढाउनुले आर्थिक रुपमा विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई इन्जिनियरिङ्ग शिक्षाबाट बञ्चित गराउने निश्चित छ । इन्जिनियरिङ अध्ययन संस्थानको यो रबैयाको हामी घोर भत्र्सना गर्दछौं” संयुक्त विज्ञप्तिमा भनिएको छ ।

चितवन, भदौ ८ ।

बिहीबार राती करिब साढे ८ बजेको समयमा नारायणी नदीमा हामफालेकी २२ वर्षीय अविवाहित महिला बेपत्ता भएकी छन् । पश्चिम नवलपरासीको सरावल गाउँपालिका–१ सालबास बस्ने गंगाकुमारी फौजदार (थारु) गैंडाकोटतर्फबाट नदीमा हामफालेर बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ । ती महिलाले झोला र मोबाइल पुलमा छाडेर नदीमा हामफालेको गैंडाकोट प्रहरीका डिएसपी बेद पौडेलले जानकारी दिए । महिलाको परिवार सम्पर्कमा आएपछि हिजो रातीदेखि नै खोजी सुरु गरेपनि नभेटिएको पौडेलले बताए । नदीमा बाढी आइरहेकाले खोजी गर्न समस्या भएको हो । नदीमा हामफाल्नुको कारण नखुलेको प्रहरीले जनाएको छ ।

Subcategories