कात्तिक २४ ।


जिल्ला प्रहरी कार्यालय चितवनले कात्तिक १२ गतेदेखि सुरु गरेको म्यादी प्रहरीको आधारभूत तालिम सकिएको छ । आगामी मंसिर २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको लागि चितवनमा भर्ना गरिएको म्यादी प्रहरीलाई चितवनका विभिन्न ठाउँमा तालिम दिइएको थियो । नेपाल प्रहरीको जनशक्ति निर्वाचन सुरक्षाका लागि अपुग भएपछि जिल्लामा एक हजार सात सय १० जना म्यादी प्रहरी भर्ना गरिएको थियो । म्यादी प्रहरीलाई जिल्ला प्रहरी कार्यालय र यसका मातहतका प्रहरी कार्यालयहरुमा राखेर दुई हप्ते आधारभूत तालिम प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दिपक थापाले बताए । म्यादी प्रहरीलाई निर्वाचन सुरक्षा, भिड नियन्त्रण, मतपेटिकाको सुरक्षालगायतका विषयमा प्रशिक्षण दिइएको थापाको भनाइ छ । प्रदेशसभा र प्रतिनिधिसभाको बारेमा ज्ञान, उनीहरुको काम कर्तव्य र अधिकार तथा प्रहरीको आचरणको बारेमा प्रशिक्ष दिइएको थापाले बताए । तालिम पश्चात शुक्रबारदेखि नै म्यादी प्रहरीहरुलाई कार्यस्थलमा खटाइएको छ । जिल्लामा रहेका विभिन्न प्रहरी चौकीहरुमा उनीहरुलाई खटाइएको उल्लेख गर्दै प्रहरी उपरीक्षक थापाले निर्वाचनको केही दिन अगाडि मात्रै मतदान केन्द्रमा परिचालन गरिने बताए ।

कात्तिक २४ ।


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मुलुकमा समाजवादको निर्माण र विकास चितवन जिल्लाबाट सुरु हुने बताउनुभएको छ । चितवनको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत भरतपुर वडा नम्बर ९ को संयुक्त वामगठबन्धन निर्वाचन परिचालन कमिटिले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै दाहालले समाजवादको निर्माण राजनीतिक चेतना र आर्थिक विकास पनि राम्रो भएको जिल्लाबाट त्यसको सुरुआत हुन सक्ने बताउनुभएको हो । चितवन समाजवाद तिरको यात्रा थाल्नको लागि जनतामा आर्थिक विकास ल्याउनुपर्ने र त्यसको लागि चितवन उपयुक्त हुने दाहालले बताउनुभयो । चितवनको निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गतको प्रदेश सभा १ का उम्मेदवार कृष्ण भुर्तेलले चुनावी सभालाई सम्बोधन गर्दै मेघौलीको पर्यटन विकासको लागि पोखरा र लुम्बिनीसँग सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो । भुर्तेलले आफू निर्वाचित भएमा दक्षिण एशियाकै नमुनाको रुपमा स्थापना भएको भरतपुरको केन्द्रीय बस टर्मिनललाई व्यवस्थित गर्ने बताउनुभयो ।
चितवनको निर्वाचन क्षेत्र नम्बर ३ मा वाम गठबन्धनबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उम्मेदवारी दिनुभएको छ । त्यस्तै राप्रपा (प्रजातान्त्रिक) र नेपाली काँग्रेसको लोकतान्त्रिक प्यानलबाट राप्रपाका उपाध्यक्ष एवम् वन मन्त्री विक्रम पाण्डेले उम्मेदवारी दिनुभएको छ । त्यस्तै प्रदेशसभा निर्वाचनको लागि वामगठबन्धनबाट ३ को १ मा कृष्ण भुर्तेल र २ मा रामलाल महतो तथा लोकतान्त्रिक गठबन्धनबाट १ मा दिनेश कोइराला र २ मा साजन महतोको उम्मेदवारी परेको छ ।


कात्तिक २४ ।


मानव बेचबिखच नियन्त्रणको लागि स्थानीय तहले कानुन बनाएर त्यसलाई कडाइका साथ लागू गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । स्थानीय तहले सरकारको प्रमुख तीन अंगको जिम्मेवारी पाएकोले चाँडै नै कानुन बनाएर मावन बेचबिखन रोक्नको लागि पहल गर्नुपर्ने बताएका हुन् । कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्ण कुमार डल्लाकोटीले मानव बेचबिखनको घटनामा कमी नआएको बताउनुभयो । वैदेशिक रोजगारमा भारतको बाटो हुँदै जाने महिलाहरु पीडामा परेका तथा केहीको शव बाकसमा समेत आउने गरेको डल्लाकोटीको भनाइ थियो । नेपालमा रोजगार नपाएपछि थोरै पैसाको लोभमा समेत विदेशिनु परेकोले महिला तथा पुरुषहरु समेत समस्यामा परेका डल्लाकोटीले बताए । पैसाको लागि आर्थिक प्रलोभनमा परेर मानिस बेचिने भएकोले त्यसको निराकरणको लागि रोजगारको सिर्जना गर्नु अपरिहार्य भएको डल्लाकोटीको भनाइ छ ।
शुक्रबार भरतपुरमा आयोजना गरिएको मानब बेचबिखन तथा ओसार पसार विरु र वैदेशिक रोजगार सम्बन्धी जिल्ला स्तरीय समन्वय बैठकका क्रममा चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिपक थापाले पर्यटकीय रुपमा विकास हुँदै गरेको चितवनमा यौन व्यवसायका घटना बढेको बताउनुभयो । महिलाहरु स्वेच्छिक रुपमा होटलको कोठाहरु भाडामा लिएर यौन व्यवसाय चलाउने गरेको भेटिएपनि कानुनले त्यस्तो गर्न बन्देज गरेको हुँदा होटल व्यवसायीलाई समेत मुद्दा चलाइएको थापाको भनाइ छ ।
उक्त कार्यक्रममा चितवन जिल्ला अदालत बार एशोसिएसनका अध्यक्ष गोपीलाल देवकोटाले न्यायमा पहुँच र सरोकारवालाको भूमिका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्र प्रस्तुत गर्दै पीडित महिला तथा अन्य व्यक्तिको लागि चितवनमा जिल्ला अदालत, बार एशोसिएसन र कानुनी सहायता परियोजनाबाट निशुल्क रुपमा वकिलको व्यवस्था गरेको बताए । माइती नेपालका क्षेत्रीय संयोजक ईश्वर गिरीले बेचिएर उद्धार भएका महिलाहरुलाई स्वरोजगार बनाउनको लागि देशका चार ठाउँमा तालिम सेन्टर स्थापना गरिएको बताए । त्यस्तै गरि पीडित महिलाहरु राख्नको लागि माइती नेपालले झापा र काठमाडौँमा हर्सपिस सेन्टर समेत स्थापना गरेको गिरीले जानकारी दिए ।

कात्तिक २३ ।


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टि एकताका विषयमा दोधार नहुन आग्रह गरेका छन् । अखिल नेपाल महिला संघ र अखिल नेपाल महिला संघ क्रान्तिकारी चितवनले बिहिबार माओवादी पार्टि कार्यालय कृष्णपुरमा आयोजना गरेको बाम गठबन्धनको संयुक्त महिला भेला तथा राजनितिक प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले एमाले र माओवादी विच पार्टि एकता भइसकेको वताउंदै एकता हुन्छ वा हुन्न भनेर प्रश्न नगर्न आग्रह गरेका हुन् । एमाले अध्यक्ष केपी ओलीसंग कुरा गरेर पार्टी एकतालाई छिट्टै टुग्याइदिने समझदारी भएको भन्दै प्रचण्डले १० दिन मात्रै निर्वाचन सरेको भए पार्टी एकता भैसक्ने दावी गरेका छन् ।

पार्टि एकता गरेर चुनावमा जाने अनि प्रतिक्रियावादीहरुले हेरुन भन्ने सैधान्तिक सहमति भएको उनको भनाइ छ । पार्टि एकताका विषयमा गरिएका सहमतिमा नेताहरु विच कुनै कन्फ्युजन वा कुटनैतिक तरिकाले कुनै ट्याक्टिकल किसिमले कुरा नगरेको वताए । एउटा जिवित पार्टि भित्र बैचारिक र प्रवृत्तिगत बहस वा चित्त बुझेका नबुझेका कुराहरु हुन सक्ने भन्दै प्रचण्डले प्रतिक्रियाबादीहरुले असन्तुष्ट पक्ष वा घाउमा घोंच्ने वताए । कांग्रेसलाइ लक्षित गर्दै उनले प्रतिक्रियावादीहरुले असन्तुष्ट पक्षलाइ घोंच्न ठुलो मेहिनत गर्न सक्ने आरोप लगाएका छन् । निश्चित संख्यामा रहेका क्षेत्रमा सबैलाइ टिकट दिन नसकिने भन्दै उनले कम्युनिष्ट आन्दोलनको महान उदेश्यका निम्ति सबैले पार्टिको निर्णयलाइ शिरोपर गर्न आग्रह गरे । चितवनका कुनै पनि प्रतिनिधि वा प्रदेश सभा क्षेत्रमा महिला उम्मेदवार बनाउन नसक्नु बामगठबन्धनको अस्थायी परिघटनाका रुपमा बुझ्न महिला नेतृहरुलाइ सुझाएका छन् । यस विषयमा एमाले र माओवादी दुवै पार्टिबाट कमजोरी भएको भन्दै आगामी दिनमा कमजोरी सच्याइने वा सच्याउन पहल गरिने आश्वासन दिएका छन् ।


कात्तिक २४ ।


वामगठबन्धनबाट चितवन क्षेत्र नं.३ का प्रतिनिधि सभाका उम्मेद्वार बन्नुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनताको मायाले चितवनको विकास गर्न थप प्रेरणा मिलेको बताउनुभएको छ । आज भरतपुर ९ मा घरदैलो कार्यक्रममा सर्वसाधारणसँगको भेटका क्रममा दाहालले उनीहरुको मायाले आफूले चुनाव आजै जितिसकेको बताउनुभयो । घरदैलोको क्रममा वामगठबन्धनप्रति जनताको उत्साह देखिएको भन्दै दाहालले त्यसबाट नयाँ उर्जा थपिएको समेत बताउनुभयो । दाहालले बिहीबारदेखि चितवनमा घरदैलो अभियान सुरु गर्नुभएको छ । दाहालको घरदैलोमा युवा, विद्यार्थी, गृहिणी, ज्येष्ठ नागरिकको उत्साह देखिएको थियो । दाहालले चितवन क्षेत्र नम्बर ३ को प्रदेश सभा १ का वामगठबन्धनका उम्मेदवार कृष्ण भुर्तेललाई समेत साथमै लिएर घरदैलोमा निस्कनुभएको हो । दाहालसँगै भोट माग्दै जनताको घरदैलोमा जान पाउँदा आफूमा थप उत्साह आएको भुर्तेलले प्रतिकृया दिनुभयो । मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष भइसक्नु भएका क्षेत्र नम्बर ३ प्रदेश सभा १ का उम्मेदवार भुर्तेलले मावन र वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न आफ्नो विशेष भूमिका रहने बताउनुभयो ।

कात्तिक २३ । 

रत्ननगरमा शुक्रवार देखि सुरु हुने पूर्वी चितवन महोत्सवको तयारी पुरा भएको छ ।  पूर्वी चितवनको आर्थिक विकास र साँस्कृतिको संरक्षण गर्ने उद्धेश्यले रत्ननगर जेसीजले आयोजना गरेको सो महोत्सवको तयारी सकिएको महोत्सवका संयोजक निरज श्रेष्ठले जानकारी दिए । महोत्सवको स्टल निर्माणको र अन्य व्यवस्थापनका काम सकिएको उनले जानकारी दिए । नेपाल विद्युत् प्राधिकरण टाँडी नजिकैको खाली जग्गामा हुने महोत्सवको चर्चित कलाकार मदनकृष्ण श्रेष्ठले उद्घाटन गर्ने छन । उद्घाटन पूर्व रत्ननगरमा विहान शोभायात्रा निकालिने छ । महोत्सवको स्टलबुकिङ सकिएको संयोजक श्रेष्ठले जनाकारी दिए । महोत्समा २२७ वटा स्टल रहने छन । महोत्सव विवाह विशेष भएकाले ५० वटा विवाह र जनचेतना तथा १७७ वटा व्यवसायिक स्टल रहने छ । महोत्सवमा वाल उद्यान संगै राष्ट्रिय तथा स्थानीय औद्योगिक एवम् व्यापारिक प्रतिष्ठान र जनचेतना तथा विवाहका स्टलहरु रहने छन । कृषिको प्रबद्र्धनको लागि महोत्सव परिसरमै माछाको पोखरी निर्माण गरी जिउदो माछा विक्री गर्ने व्यवस्था मिलाईएको छ । स्थानीय स्तरमा आर्थिक विकास गर्ने,स्थानीय उत्पादनको पहिचान गरी प्रर्बद्धा गर्ने,व्यवसायिक अबसरको पहिचान र विकास गर्ने,अस्तव्यस्त अबस्थामा रहेको टाँडी बजारको व्यवसायिक चहल पहलमा बृद्धि गर्ने विवाह संस्कृति र समारोहमा देखिएका विकृतिलाई निरुन्साहित गर्न महोत्सव आयोजना गरिएको आयोजकले जानकारी दिएको छ । महोत्सव विवाह विशेष भएकाले महोत्सव परिसरमा विवाह मण्डव निर्माण गर्ने,विवाहको ५० औं बर्षगाठ पुरा भएका पूर्वी चितवनका विशिष्ट जोडीलाई आर्दश जोडीका रुपमा सम्मान गर्ने लगायतका कार्यक्रम समावेस गरिएको रत्ननगर जेसीजका अध्यक्ष सुरेशचन्द्र आचार्यले जानकारी दिए । महोत्सव अन्तर्गत वाल विवाह र यसको रोकथामको विषयमा बक्तृत्वकला,व्यूटी पार्लर,रत्यौली र खुल्ला मेहन्दी प्रतियोगिता गरिने छ । त्यसैगरी दुलही श्रृगार,जिल्ला स्तरीय तेक्वान्दो,डारी तान्ने र विद्यालय स्तरीय नृत्य प्रतियोगिता समेत महोत्सव अवधि भर हुने छ । पर्यटन प्रर्बद्धनको लागि विसहजारी ताल अबलोकन,कुमरोज वनमा जीप सफारी र २०७४ सालमा विवाह गरेका नवविवाहित जोडीलाई सौराहाका निश्चित होटलमा खाना र आवासमा ४० प्रतिशत छुटको व्यवस्था गरिएको जेसीजका अध्यक्ष आचार्यले बताए । १० दिन सम्म चल्ने सो महोत्सवमा राष्ट्रिय कलाकारहरु इन्दिरा जोशी,मनोज गजुरेल,भूमिका गिरी,पशुपति शर्मा,शितल शर्मा,रोमा न्यौपाने,शिव परियार,सुजता पाण्डे,ज्योति मगर,दिनेश काप्mले,दुर्गेश थापा,विनिता साहीको प्रस्तुती रहने छ । 

 

sflQs @# .

/Tggu/df z'qmjf/ b]lv ;'? x'g] k"jL{ lrtjg dxf]T;jsf] tof/L k'/f ePsf] 5 .  k"jL{ lrtjgsf] cfly{s ljsf; / ;fF:s[ltsf] ;+/If0f ug]{ p4]Zon] /Tggu/ h];Lhn] cfof]hgf u/]sf] ;f] dxf]T;jsf] tof/L ;lsPsf] dxf]T;jsf ;+of]hs lg/h >]i7n] hfgsf/L lbP . dxf]T;jsf] :6n lgdf{0fsf] / cGo Joj:yfkgsf sfd ;lsPsf] pgn] hfgsf/L lbP . g]kfn ljB't\ k|flws/0f 6fF8L glhs}sf] vfnL hUufdf x'g] dxf]T;jsf] rlr{t snfsf/ dbgs[i0f >]i7n] pb\3f6g ug]{ 5g . pb\3f6g k"j{ /Tggu/df ljxfg zf]efofqf lgsflng] 5 . dxf]T;jsf] :6na'lsª ;lsPsf] ;+of]hs >]i7n] hgfsf/L lbP . dxf]T;df @@& j6f :6n /xg] 5g . dxf]T;j ljjfx ljz]if ePsfn] %) j6f ljjfx / hgr]tgf tyf !&& j6f Joj;flos :6n /xg] 5 . dxf]T;jdf jfn pBfg ;+u} /fli6«o tyf :yfgLo cf}Bf]lus Pjd\ Jofkfl/s k|lti7fg / hgr]tgf tyf ljjfxsf :6nx? /xg] 5g . s[lifsf] k|a4{gsf] nflu dxf]T;j kl/;/d} df5fsf] kf]v/L lgdf{0f u/L lhpbf] df5f ljqmL ug]{ Joj:yf ldnfO{Psf] 5 . :yfgLo :t/df cfly{s ljsf; ug]{,:yfgLo pTkfbgsf] klxrfg u/L k|a{4f ug]{,Joj;flos ca;/sf] klxrfg / ljsf; ug]{,c:tJo:t ca:yfdf /x]sf] 6fF8L ahf/sf] Joj;flos rxn kxndf a[l4 ug]{ ljjfx ;+:s[lt / ;df/f]xdf b]lvPsf ljs[ltnfO{ lg?G;flxt ug{ dxf]T;j cfof]hgf ul/Psf] cfof]hsn] hfgsf/L lbPsf] 5 . dxf]T;j ljjfx ljz]if ePsfn] dxf]T;j kl/;/df ljjfx d08j lgdf{0f ug]{,ljjfxsf] %) cf}+ aif{uf7 k'/f ePsf k"jL{ lrtjgsf ljlzi6 hf]8LnfO{ cfb{z hf]8Lsf ?kdf ;Ddfg ug]{ nufotsf sfo{qmd ;dfj]; ul/Psf] /Tggu/ h];Lhsf cWoIf ;'/]zrGb| cfrfo{n] hfgsf/L lbP . dxf]T;j cGtu{t jfn ljjfx / o;sf] /f]syfdsf] ljifodf aSt[Tjsnf,Jo"6L kfn{/,/Tof}nL / v'Nnf d]xGbL k|ltof]lutf ul/g] 5 . To;}u/L b'nxL >[uf/,lhNnf :t/Lo t]SjfGbf],8f/L tfGg] / ljBfno :t/Lo g[To k|ltof]lutf ;d]t dxf]T;j cjlw e/ x'g] 5 . ko{6g k|a{4gsf] nflu lj;xhf/L tfn canf]sg,s'd/f]h jgdf hLk ;kmf/L / @)&$ ;fndf ljjfx u/]sf gjljjflxt hf]8LnfO{ ;f}/fxfsf lglZrt xf]6ndf vfgf / cfjf;df $) k|ltzt 5'6sf] Joj:yf ul/Psf] h];Lhsf cWoIf cfrfo{n] atfP . !) lbg ;Dd rNg] ;f] dxf]T;jdf /fli6«o snfsf/x? OlGb/f hf]zL,dgf]h uh'/]n,e"ldsf lu/L,kz'klt zdf{,lztn zdf{,/f]df Gof}kfg],lzj kl/of/,;'htf kf08],Hof]lt du/,lbg]z sfk\mn],b'u]{z yfkf,ljlgtf ;fxLsf] k|:t'tL /xg] 5 . 

कात्तिक २३ ।


नयाँ शक्ति पार्टी नेपाल जिल्ला कार्यसमिति चितवनको निर्वाचन क्षेत्र नम्बर २ ले चुनावी प्रतिवद्धता सार्वाजनिक गरेको छ । नयाँ शक्ति पार्टीका तर्फबाट चितवन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार बन्नुभएका विनोद कुमार गुरुङले आफ्नो चुनावी प्रतिवद्धता सार्वजनिक गर्नुभएको हो । आगामी मंसिर २१ मा हुने निर्वाचनको लागि प्रतिवद्धता सार्वजनिक गर्दै गुरुङले प्रदेश नम्बर २ मा पर्ने प्रत्येक एक वडा एक परियोजना, एक घर एक रोजगार, एक घर एक योग्य जनशक्ति निर्माण गर्न आफू प्रतिवद्ध रहने बताउनुभएको छ । गुरुङले सबैका लागि समृद्धि, सबैलाई सम्मान, राज्यसत्ताका सबै तहमा सबैको पहुँच सहित असमानताको न्यूनिकरण गर्दै जाने प्रतिवद्धता जनाउनुभयो ।

नयाँ शक्ति पार्टी नेपालले चितवनका नौ वटा निर्वाचन क्षेत्र मध्ये आठ वटामा आफ्नो पार्टीको तर्फबाट उम्मेदवार बनाएको छ । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ मा उम्मेदवार नउठाएको नयाँ शक्तिले उक्त ठाउँमा कसलाई समर्थन गर्ने भन्नेमा बैठक बसेर निर्णय गर्ने जनाएको छ । नयाँ शक्तिका जिल्ला संयोजक विष्णहरि तिमिल्सीनाका अनुसार माओवादी केन्द्र र एमाले मिलेर आफूहरुलाई सिध्याउन खोजेकोले उनीहरुलाई समर्थ गर्न नसकिने तर अन्य शक्तिहरुलाई समर्थन गरिने बताउनुभयो ।

More Articles ...