असार १७ ।


सहभागि बचत तथा ऋण सहकारी संस्था भरतपुरले देवघाटका ज्येष्ठ नागरिकहरुलाइ १ दिनको खाना खुवाएको छ । देवघाट समाज कल्याण केन्द्रमा आश्रित ३३ जना ज्येष्ठ नागरिकहरुलाइ शनिबार बिहान र बेलुकाको खाना खुवाइएको हो । छोरा छोरी नभएका वा भएर पनि अपहेलित भएका बृद्धबृद्धाहरुलाइ संस्थाले खाना खुवाउनुका साथै दैनिक उपभोग्य सामग्री वितरण गरेको संस्थाका अध्यक्ष सुर्य खनालले जानकारी दिए । शनिबार देवघाट समाज कल्याण केन्द्रमा एक कार्यक्रमको आयोजना गरि अत्यावश्यक औषधि तथा बिहान बेलुकाको खाना खुवाएको खनालले वताए । छोरा छोरी वा नाति नातिनीको आभाष दिलाउन एक दिन मात्रै भएपनि खाना खुवाउने कार्यक्रम आयोजना गरेको सल्लाहकार समिति संयोजक अर्पण खनालले वताए । बृद्ध बृद्धा आमा बुबाहरुलाइ खाना खुवाउन पाउंदा खुसि लागेको संस्थाका कार्यसमिति सदस्य युवरा बरालले वताए । ज्येष्ठ नागरिकहरुबाट व्यवहारिक एवं चालचलन लगायतको विषयमा ज्ञान लिन सकिने उनको भनाइ छ ।

देवः विकास बैंक लि.को माडी नगरपालिका, वडा नं. ३, वसन्तपुरमा माडी शाखा कार्यालयको शुभारम्भ गरिएको छ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले शाखाको समुद्घाटन गरेका हुन् । बैंकका संचालक समितिका वरिष्ठ संचालक बज्र गुरुङ्गज्यूको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य दिंदै बैंकका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर श्रेष्ठले माडी उपत्यकाको आर्थिक कारोवार अभिबृद्धि गर्न बैंक सदवै क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे । माडी उद्योग वाणिज्य संघका अध्यक्ष रेशम लालले माडी क्षेत्रको आर्थिक उत्पादकत्व बृद्धि गर्नका लागि देवः विकास बैंकको शाखाबाट सहयोग पुग्ने विचार व्यक्त गरे । माडी नगरपालिकाका नगर प्रमुख, ठाकुर प्रसाद ढकालले नगरवासीहरुको आर्थिक आवश्यकता पूरा गर्न र माडी उपत्यकामा आर्थिक गतिविधि बढाउन बैंक क्रियाशील हुनु पर्नेमा जोड दिए । नगरको विकासका लागि बैंकसंग सहकार्य गर्न नगरपालिका तयार रहेको बताए ।
कार्यक्रममा प्रमुख अतिथि, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर, चिन्तामणि सिवाकोटीले देशको आर्थिक गतिविधी माथि प्रकाश पार्नु हँुदै देशको श्रमशक्तिलाई स्वदेशमै उपयोग गर्न रोजगारका अवसरहरु सिर्जना गर्नु पर्ने र उद्यमशीलताको विकासका लागि बैंकले यस क्षेत्रमा शाखा विस्तार गरेको बताए । निर्यातमुखी व्यवसायमा जोड दिदै बैकिङ्ग सेवालाई गाउँ गाउँमा पुर¥याउन सकेमात्र समग्र देशको आर्थिक बृद्धिदर हुने विचार व्यक्त गरे ।
कार्यक्रममा माडी नगरपालिकाका उप नगर प्रमुख, स्थानीय व्यवसायी, गृहणी,पत्रकार, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, भद्र भलादमीहरुको उपस्थिति रहेको थियो ।
सो अवसरमा बैंकले हालसम्म रु. १० अर्व निक्षेप संकलन गरी रु. ९ अर्व ३९ करोड कर्जा प्रवाह गरिएको र २०७३ चैत्र मसान्तसम्ममा रु. ३१ करोड ४० लाख संचालन मुनाफा हासिल गर्न बैंक सफल भएको जानकारी गराइएको थियो ।

असार १४ ।
प्रकोपको कारण हुने क्षति न्यूनीकरणको लागि चितवनमा विभिन्न सात वटा कलस्टरहरु निर्माण गरिने भएको छ । जिल्ला विपद् व्यवस्थापन समिति चितवनको मनसुन पूर्वतयारी बैठकले चितवनमा आठ वटा कलस्टर निर्माण गर्ने निर्णय गरेको हो । बुधबार भरतपुरमा बसेको बैठकले विपद् व्यवस्थानको लागि चाहिने सबै सामग्रीहरु सातै वटा कलस्टरमा राख्ने र विपद् भएको ठाउँमा तत्काल पु¥याउनुपर्ने निर्णय गरेको छ । जिल्ला दैवी प्रकोप उद्धार समिति चितवनका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी नरायणप्रसाद भट्टको अध्यक्षतामा बसेको बैठकले चितवनका धेरै ठाउँमा बाढी पहिरोको जोखिम रहेकोले यसको न्यूनीकरणको लागि सचेत हुनुपर्ने निर्णय गरेको छ । कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले विपद् व्यवस्थापनको लागि सवारी साधन परिचालन गर्न तयारी साथ राख्नुपर्ने र सबै साधनलाई स्वचालित पद्धतीमा लैजानुपर्नेमा जोड दिए । त्यसैगरी, नारायगढल मुग्लिङ सडक खण्डका कारण जोखिम धेरै बढेकोले यात्रुहरुलाई सावधानी अपनाउन र रातिको समयमा तथा पानी परेको बेलामा सवारी चलाउन नहुनेमा बैठकले जोड दिएको छ । कार्यक्रममा रत्ननगर नगरपालिकाका नवनिर्वाचित मेयर नारायण वनले मुग्लिङ नारायणगढ सडक खण्डको कारण चितवनको पर्यटन व्यवसाय नै धराशायी बन्दै गएको बताए । यस सडकको विकल्प तत्काल खोज्नुपर्ने तथा भरतपुर पोखरा समेत सिधा हवाई उठान गर्नुपर्नेमा वनले जोड दिए । चितवनका वरिष्ठ कृषि विकास अधिकृत सुधिर श्रेष्ठले गत वर्ष बाढीले माडी क्षेत्रका माछा पालक किसानहरुलाई क्षति पु¥याएको भन्दै २८ जना किसानलाई दामासायीले दुई लाख रुपैयाँ वितरण गर्ने जनाए ।


असार १४ ।
चितवनमा पछिल्लो ६ महिनाको अवधिमा १६ बालिका गम्भीर प्रकृतिको अपराधबाट पीडित बनेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक चितवनले वुधबार भरतपुरमा आयोजना गरेको अर्धवार्षिक प्रतिवेदन सार्वजनिक कार्यक्रममा २०७३ पुस १७ देखि २०७४ जेठ सम्मको तत्थांक हेर्दा कुल २९ घटनामा १६ बालिका पीडित भएको पाइएको हो । घटनाबाट पीडित हुने बालिकामा निकै कम अर्थात् वर्ष ५ की बालिका जवरजस्ती करणी प्रयासबाट पीडित बनेको इन्सेक प्रतिनिधि दिपेन्द्र अधिकारीले जानकारी दिए । यस अवधिमा जवरजस्ती करणी अन्तर्गत कुल १० घटनामा ८ जना बालिका र करणी प्रयास अन्तर्गत कुल १० घटनामा ६ बालिका पीडित बनेका छन् । २ जना बालिकाको जवरजस्ती करणी गरी पोखरीमा फालेर हत्या गरेको भनी प्रहरीमा जाहेरी परेको छ । ६ महिनाको अवधिमा जिल्लामा कुल ४ वटा कर्तव्य ज्यान घटना भएका छन् । मानव वेचविखनको १ र बहुविवाह अन्तर्गत ४ मुद्दा दर्ता भएका छन् । सवै भन्दा बढि वैशाख र जेठ महिनामा ७÷७ वटा घटना भएका छन् । चैतमा ४, फागुनमा ५, माघमा र पुसमा समान ३÷३ घटना भएको इन्सेक चितवनले जनाएको छ । त्यस्तै जिल्लामा घरेलु हिंसा अन्तर्गत जेठ महिनामा २६, वैशाखमा ३०, चैतमा २६, फागुनमा २४, माघमा १८ र पुसमा महिनामा ५ वटा निवदेन परेका छन् । प्रहरीका अनुसार जेठ महिनामा २०, वैशाखमा २१, चैतमा २२, फागुनमा १५, माघमा १० र पुसमा ५ वटा घटना मिलापत्र गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवत्ता डिएसपी दिपक श्रेष्ठले सवै घटनाको दोषीहरुलाई पक्राउ गरी मुद्दा चलाइएको जानकारी दिए ।

असार १६ ।


मदन भण्डारीकी छारी उषाकिरणले बुबा मदनका हत्यारा पत्ता लगाउन सरकारसँग माग गरेकी छन् ।
बुधबार काठमाडौमा स्वर्गिय भण्डारीको ६६औ जन्मोत्सोव कार्यक्रममा बोल्दै छोरी उषाकिरणले छिटो भन्दा छिटो हत्यारा पत्ता लगाउन सरकारसँग माग गरेकी हुन् ।
मदनको २४ बर्ष पहिले २०५० साल चितवनको दासढुङ्गामा दुर्घटनामा मृत्यु भएको थियो ।


असार १४ ।
राप्ती नगरपालिका ७ वीरेन्द्रनगर स्थित शहिद वलराम दुग्ध उत्पादक सहकारी सस्ंथाले दुध उत्पादनका आधारमा किसानलाई अनुदान रकम वितरण गरेको छ । नेपाल सरकारले उपलव्ध गराएको १३ लाख ३२ हजार रुपैया वितरण सुरु गरेको हो । अनुदान वितरण कार्यक्रमको उद्घाटन बुधवार एक कार्यक्रमकाबीच राप्ती नगरपालिकाका मेयर प्रभा वरालको प्रमुख आतिथ्यतामा भएको थियो । सो अवसरमा मेयर वरालले केही किसानहरुलाई अनुदान रकम वितरण गरिन् । दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष छविलाल भुषालका अनुसार संस्थामा हाल १ हजार भन्दा वढि किसानले दुध विक्री गर्दै आएका छन् । उनीहरुलाईनै सरकारले उपलव्ध गराएको अनुदान रकम वितरण गरिने छ । संस्थासहित विभिन्न ८ वटा संकलन केन्द्रबाट दैनिक ४ हजार ५ सय लिटर दुध संकलन गर्दै आएको छ । कार्यक्रममा वोल्दै मेयर वरालले सरकारले प्रदान गरेको अनुदान रकमले किसानलाई पशुपालन व्यवसाय गर्न हौसल्ला मिल्ने धारणा राखिन् । केन्द्रिय दुग्ध उत्पादक सहकारी संघका लेखा सदस्य एवंम् जिल्ला अध्यक्ष वालकृष्ण उप्रेतीले लामो समयदेखी दुधको मुल्य वृद्धी नभएकाले सरकारले अनुदान रकम अझ वढाउनु पर्ने वताए । संस्थाका अध्यक्ष छविलाल भुषालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सहकारी संघका उपाध्यक्ष हरि पौडेल,भण्डारा दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष डिल्लीराज थपलिया, परेवाश्वरी दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष श्रीधर प्रसाद उप्रेती,राप्ती ७ की वडाध्यक्ष सुमिता डल्लाकोटी, जिल्ला प्रतिनिधी तुलसीराम कडेंल, सस्थाका व्यवस्थापक खुदयराज पन्त लगायतले मन्तव्य राखेका थिए ।

 

असार १४ । 

 

कृषि तथा वन विज्ञान विश्वविद्यालय, जैविक प्रविधि केन्द्र चितवनको आयोजनामा चितवनमा ‘नेशनल कन्फ्रेन्स अन वायो टेक्नोलोजी ः पोलिसी एण्ड एप्लिकेशन’ सुरु भएको छ । जैविक प्रविधि सम्बन्धी यस्तो सम्मेलन नेपालमा नै पहिलो पटक आयोजना गरिएको हो । सम्मेलनले नेपालमा जैविक प्रविधिको अवस्था र यसको विकासको लागि नीति तथा कार्यक्रम बनाउन सहयोग पुग्ने जैविक प्रविधि केन्द्रका निर्देशक डाक्टर ईश्वरी प्रसाद कडरियाले बताउनुभयो । यस सम्मेलनमा जैविक प्रविधि सम्बन्धी काम गर्दै आएका देशभरीका वैज्ञानिक, नीति निर्माता, अनुसन्धानकर्ता, प्राध्यापक तथा विद्यार्थीहरुको सहभागिता रहेको छ । जैविक प्रविधि सम्बन्धी राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै राष्ट्रिय योजना आयोगका सदस्य डाक्टर प्रभु बुढाथोकीले जैविक प्रविधि सम्बन्धी हालसम्म कुनै पनि योजना नबनेको बताउनुभयो । सम्मेलनले तयार पारेको घोषणा पत्र अनुसार राष्ट्रिय योजना आयोगले आगामी दिनमा जैविक प्रविधि सम्बन्धी योजना बनाउने समेत बुढाथोकीको भनाइ छ । 

 

बिहीबारसम्म सञ्चालन हुने सम्मेलनमा एक सय २५ जना व्यक्तिहरुको सहभागिता रहेको छ । सम्मेलनमा कृषि तथा वन विज्ञान विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालयका प्राध्यापक तथा विद्यार्थी, नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट), नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का करिब ३० जना वैज्ञानिकहरुले जैविक प्रविधि सम्बन्धीका अनुसन्धानात्मक नतिजाहरुको कार्यपत्र प्रस्तुत गर्नुहुनेछ । सम्मेलनमा जैविक प्रविधि सम्बन्धी अध्ययन गरिरहेका स्नातक, स्नातकोत्तर तथा विद्यावारिधीमा अनुसन्धान गरिरहेका विद्यार्थीहरुको अनुसन्धानात्मक नतिजाको पोष्टर समेत प्रदर्शन गरिएको छ । सम्मेलनमा आएका कार्यपत्र तथा निष्कर्षहरुलाई विज्ञाको समूहमा वृहत छलफलपछि राष्ट्रिय जैविक प्रविधि घोषणा २०७४ जारी गरिने जनाइएको छ । 

 

c;f/ !$ .

s[lif tyf jg lj1fg ljZjljBfno, h}ljs k|ljlw s]Gb| lrtjgsf] cfof]hgfdf lrtjgdf …g]zgn sGk|m]G; cg jfof] 6]Sgf]nf]hL M kf]ln;L P08 PlKns]zgÚ ;'? ePsf] 5 . h}ljs k|ljlw ;DaGwL o:tf] ;Dd]ng g]kfndf g} klxnf] k6s cfof]hgf ul/Psf] xf] . ;Dd]ngn] g]kfndf h}ljs k|ljlwsf] cj:yf / o;sf] ljsf;sf] nflu gLlt tyf sfo{qmd agfpg ;xof]u k'Ug] h}ljs k|ljlw s]Gb|sf lgb]{zs 8fS6/ O{Zj/L k|;fb s8l/ofn] atfpg'eof] . o; ;Dd]ngdf h}ljs k|ljlw ;DaGwL sfd ub}{ cfPsf b]ze/Lsf j}1flgs, gLlt lgdf{tf, cg';Gwfgstf{, k|fWofks tyf ljBfyL{x?sf] ;xeflutf /x]sf] 5 . h}ljs k|ljlw ;DaGwL /fli6«o ;Dd]ngsf] pb\3f6g ub}{ /fli6«o of]hgf cfof]usf ;b:o 8fS6/ k|e' a'9fyf]sLn] h}ljs k|ljlw ;DaGwL xfn;Dd s'g} klg of]hgf gag]sf] atfpg'eof] . ;Dd]ngn] tof/ kf/]sf] 3f]if0ff kq cg';f/ /fli6«o of]hgf cfof]un] cfufdL lbgdf h}ljs k|ljlw ;DaGwL of]hgf agfpg] ;d]t a'9fyf]sLsf] egfO 5 .

cfjfh=== (MVI_2910) k|e' a'9fyf]sL, ;b:o, /fli6«o of]hgf cfof]u .

laxLaf/;Dd ;~rfng x'g] ;Dd]ngdf Ps ;o @% hgf JolQmx?sf] ;xeflutf /x]sf] 5 . ;Dd]ngdf s[lif tyf jg lj1fg ljZjljBfno, lqe'jg ljZjljBfno, sf7df8f}F ljZjljBfnosf k|fWofks tyf ljBfyL{, g]kfn lj1fg tyf k|ljlw k|lti7fg -gfi6_, g]kfn s[lif cg';Gwfg kl/ifb\ -gfs{_sf sl/a #) hgf j}1flgsx?n] h}ljs k|ljlw ;DaGwLsf cg';GwfgfTds glthfx?sf] sfo{kq k|:t't ug'{x'g]5 . ;Dd]ngdf h}ljs k|ljlw ;DaGwL cWoog ul//x]sf :gfts, :gftsf]Q/ tyf ljBfjfl/wLdf cg';Gwfg ul//x]sf ljBfyL{x?sf] cg';GwfgfTds glthfsf] kf]i6/ ;d]t k|bz{g ul/Psf] 5 . ;Dd]ngdf cfPsf sfo{kq tyf lgisif{x?nfO{ lj1fsf] ;d"xdf j[xt 5nkmnkl5 /fli6«o h}ljs k|ljlw 3f]if0ff @)&$ hf/L ul/g] hgfOPsf] 5 . 

More Articles ...