नयाँ शक्ति पार्टी नेपाल जिल्ला सम्मेलन आयोजक समिति चितवनले विक्रम पाण्डेलाई सघाउने निर्णय

प्रमुख समाचार
Typography

कात्तिक २८ ।


नयाँ शक्ति पार्टी नेपाल जिल्ला सम्मेलन आयोजक समिति चितवनले क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा विक्रम पाण्डेलाई सघाउने निर्णय गरेको छ । भरतपुरमा पत्रकार सम्मेलन गर्दै नयाँ शक्तिले लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष पाण्डेलाई सघाउने जनाएको हो । निर्वाचनमा भइरहेको मोर्चाबन्दी र ध्रुविकरण पहिलो प्रयास कम्युनिस्ट पार्टीलाई लोकतान्त्रिकरण गर्दै वाम लोकतान्त्रिक मोर्चा बनाएर निर्वाचनमा जाने योजना हुँदै गर्दा राष्ट्रिय स्तरबाटै माओवादी केन्द्र र एमालेसँग सहमति हुन नसकेपछि नयाँ शक्तिले चितवनको ३ नम्बरमा पाण्डेलाई सघाउने निर्णय गरेको हो ।

चितवन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका लागि पूर्व प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र वन तथा भू संरक्षण मन्त्री विक्रम पाण्डेको उम्मेदवारी रहेको छ । नयाँ शक्ति पार्टी नेपालले प्रतिनिधिसभा निर्वाचनको लागि चितवनको क्षेत्र नम्बर १ र २ बाट मात्रै उम्मेदवार उठाएको छ । त्यस्तै प्रदेशसभा निर्वाचनको लागि छ वटै प्रदेशमा उम्मेदवारी दिएको नयाँ शक्तिले चितवनबाट समानुपातिक तर्फ प्रदेशसभामा तीन जना र प्रतिनिधिसभा एक जनालाई उम्मेदवार बनाएको छ ।