मानिसको दैनिकी फेरिदै गएको कारण मधुमेहको बिरामी बढ्दै

प्रमुख समाचार
Typography

कात्तिक २८ ।


मधुमेह र महिला स्वास्थ्य भन्ने नाराका साथ मंगलबार चितवनमा विश्व मधुमेह दिवस मनाइएको छ । हरेक १० जना मधुमेहका बिरामी मध्ये एकजना महिला तथा हरेक सय जना गर्भवती महिलामध्ये छ जनामा मधुमेह देखिने गरेको छ । नसर्ने रोगबाट मर्ने मानिसहरुको तुलना गर्दा मधुमेहका कारणले मृत्यु हुनेको संख्या सातौँ नम्बरमा पर्दछ । २४ हप्तादेखि २८ हप्ताको गर्भवती महिला मधुमेहका कारण बढी जोखिममा हुने गरेका छन् । गर्भवती महिलालाई मधुमेह भएको अवस्थामा उसको बच्चालाई समेत जन्मजात नै यो रोग लाग्न सक्ने भएकोले विशेष सतर्कता अपनाउनु पर्ने डाक्टर हेम सुवेदीले बताएका छन् ।

गर्भवती महिलामा मधुमेहको जोखिम बढेकाले यो वर्षको नारा मधुमेह र महिला स्वास्थ्य राखिएको हो । मानिसको दैनिकी फेरिदै गएको कारण मधुमेहको बिरामी बढ्दै गएका योगी नरहरिनाथ प्राकृतिक चिकित्सालयका चिकित्सक डाक्टर हेमराज कोइरालाको भनाइ छ ।

मधुमेह सम्बन्धी जनचेतना जगाउने उद्देश्यले भरतपुरका विभिन्न संघसंस्थाको आयोजनामा मंगलबार बिहान भरतपुरको चौबिसकोठीबाट नारायणगढसम्म ¥यालीको आयोजना गरिएको थियो । तेलमा तारिएका खानेकुरा मधुमेहको लागि सबैभन्दा हानिकरण भएको तथा बढी भोक लाग्ने, बढी तिर्खा लाग्ने, पटक पटक तिर्खा लाग्ने भएमा मधुमेह भएको हुनसक्ने मधुमेह तथा थाइराइड विशेषज्ञ डाक्टर भोजराज अधिकारीको भनाइ छ ।

मैदाले बनेका मम, चाउमिन, भूजिया लगायतका खानेकुरा नखाने र नियमित कम्तिमा पनि आधा घण्टा पसिना आउने गरी व्यायाम व्यायम गर्दा मधुमेहबाट छुटकारा पाउन सकिन्छ । विश्वका करिब ४० करोड मानिस मधुमेह रोगबाट पीडित भएकोमा झण्डै ८० प्रतिशत मिरामी विकासोन्मुख राष्ट्रका छन् ।