सहकारीकर्मीहरुका लागी रासायीनिक मल तथा कम्पोष्ट मलको प्रयोगका बिषयमा प्रशिक्षण

प्रमुख समाचार
Typography

कार्तिक २८ ।


साल्ट टे्डिङ कर्पोरेसन लिमिटेड चितवनले जिल्लाका सहकारीकर्मीहरुका लागी रासायीनिक मल तथा कम्पोष्ट मलको प्रयोगका बिषयमा प्रशिक्षण दिएको छ । कार्यालयले किसानहरुका लागी मलको उचित प्रयोग गर्ने तरिका सिकाएर कम लगानीमा धेरै मुनाफा लिन सकुन भन्ने हेतुले कार्यक्रमको आयोजना गरेको शाल्ट्  टे्डिङ कर्पोरेसन लिमिटेड चितवनका प्रमुख बुद्धि बिनोद दाहालले बताउनु भयो । कार्यालयले पछिल्लो पटक रासाईनिक मलको बिक्री समेत सुरु गरेको छ । कार्यालयले पछिल्लो पटक बिक्री गर्न लागेको एमोनियम सल्फेट र सिङगल सुपर फस्फेटको प्रयोग बिधि तथा महत्वको बारेमा मल बिक्री गर्ने सहकारीहरुलाई जानकारी दिनु कार्यक्रमको मुख्य उदेश्य रहेको दाहालले बताउनु भयो ।
बालिमा सिधै रासायीनिक मल प्रयोग गर्नु भन्दा अर्गानिक तवरले निमार्ण गरीएको एमोनियम सल्फेट र सिङगल सुपर फस्फेटको प्रयोग गर्दा माटोको उर्वरा शक्ति बढ्ने र त्यसले माटोमा कुनै प्रकारको हानि नगर्ने र अर्गानिक उत्पादनमा पनि यो मलले प्रभावकारी भुमिका खेल्ने उहाको भनाई छ ।
कार्यक्रममा सहभागि झन्डै १०० भन्दा बढि सहकारी कर्मिलाई साई फर्टिलाइजर कलकत्ताका म्यानेजर बिश्वरुप बोसले मलको प्रयोग र यसबाट हुने लाभका बिषयमा जानकारी गराउनु भएको थियो ।
उहाले रासायनिक मलको बढ्दो प्रयोगले माटोमा असर परेकाले माटोको उर्वरा शंक्ति जोगाई राख्नका लागी एमोनियम सल्फेट र सिङगल सुपर फस्फेटको प्रयोग गर्नु आवस्यक रहेको बताउनु भयो ।
कार्यक्रममा पुर्व कृषि सचिव भगवान खतिवडाले मलको प्रयोगमा ध्यान दिनु पर्ने बताउनु भयो । मलको मात्रा नजानी प्रयोग गर्दा त्यसले माटो तथा बालिमा असर पर्ने भएकाले मात्राका बारेमा जानकारी राखेर प्रयोग गर्न सके त्यसले माटोमा नकारात्मक असर नपर्ने र उत्पादन समेत बढि लिन सकिने बताउनु भयो ।
कार्यक्रममा साल्ट् टे्डिङ कर्पोरेसन केन्द्रिय कार्यालयका कृष्ण बहादुर खड्का ले किसानलाई सहजता प्रदान गर्न बिज्ञहरु झिकाएर तालिम आयोजना गरेको बताउदै यसबाट लाभ लिन आग्रह गर्नु भयो । कार्यक्रम साल्ट् टे्डिङ कर्पोरेसन लिमिटेड चितवनका प्रमुख बुद्धि बिनोद दाहालको अध्यक्षतामा भएको हो ।