हुन्डाई कारको नयाँ मोडल द नेक्स्ट जेन भेरना चितवनमा पहिलो पटक सार्वजनिक

प्रमुख समाचार
Typography

कात्तिक २७ ।


चितवनमा हुन्डाई कारको नयाँ मोडल द नेक्स्ट जेन भेरना पहिलो पटक सार्वजनिक गरिएको छ । चितवनका लागि हुन्डाई कारको आधिकारिक विक्रेता पिनाकल ट्रेडिङ्ग कन्र्सन प्रा.लिले चितवनसहित मध्यनेपालका ग्राहकवर्गहरुको चाहानालाई मध्यनजर गर्दै नयाँ मोडल द नेक्स्ट जेन भेरना सार्वजनिक गरेको छ । पिनाकलका प्रबन्ध निर्देशक ईश्वर कुमार श्रेष्ठ र नेपाल पत्रकार महासंघ चितवन शाखाका सल्लाहकार सूर्यप्रकाश कँडेलले द नेक्स्ट जेन भेरनाको सर्वजनिक गरेका हुन् । ४४ लाख ९६ हजार रुपैयाँ मुल्य रहेको सो कारको विश्व भरमा ९० लाख ग्राहक रहेको एक उत्कृष्ट सेडान हुनुका साथै सर्वाधिक रुचाईएको कारको रुपमा रहेको पिनाकलका प्रबन्ध निर्देशक श्रेष्ठले बताए । निजी सवारी साधन विलासिता होईन, विकासको संवाहक हो भन्ने नारासहित पिनाकलले विगत १० बर्ष भन्दा अगाडी देखि यहाँ हुन्डाईका विभिन्न मोडलका कारहरु बिक्रि गर्दै आएको छ । गाडीमा आकर्षक बनौट र अत्याधुनिक विशेषता तथा सुविधा सम्पन्न भएको कम्पनीले दाबी गरेको छ । कम्पनीले यसको डिजाइन, प्रोफोमेन्स, फिचर्समा कुनै सम्झौता नगरेको जनाएको छ । यो गाडीलाई बलियो बनाउनको लागि उच्च गुणस्तरको स्टिल प्रयोग गरिएको र उक्त स्टिल हुण्डाइको आफ्नै प्लान्टमा तयार पारिएको पिनाकल टे«डिङका प्रवन्ध निर्देशक इश्वर कुमार श्रेष्ठले जानकारी दिए । उनले कारमा बस्ने हरेकलाई लक्षित गरी सुरक्षा व्यवस्था गरिएको छ । सेफ्टीका लागि ६ एयरब्याग, कोर्निङ ल्याम्प्स, फ्रन्ट प्रोजेक्टर, एबीएस, ईबीडी, लगायतका फिचर्स पनि विशेष विशेषता भएको बताए । हुण्डाईका सम्पुर्ण गाडीको खरिदमा ३ वर्षको वारेन्टी, ४ बर्ष निशुल्क सर्भि््िसङ पाहिने छ । यो सँगै कम्पनीले १ आर्थिक वर्षको सवारी कर चुक्ता समेत गरिदिने छ ।