सामुहिक गाई पुजाको तयारी पुरा

प्रमुख समाचार
Typography

कात्तिक ०१ ।


देवघाटको वागीश्वरीमा हुने सामुहिक गाई पुजाको तयारी पुरा भएको छ । वागीश्वरी आध्यात्मिक परिषद् योगी नरहरि नाथ गौ संरक्षण केन्द्रले आयोजना गर्ने गाई पुजाको तयारी पुरा भएको जनाइएको हो । देवघाट क्षेत्र विकास समितिकोे क्षेत्राधिकार भित्र रहेको गौ संरक्षण केन्द्रले प्रत्येक वर्ष जस्तै यस वर्ष पनि बिहीबार बिहान गाई पुजा गर्ने जनाएको हो । केन्द्रका संयोजक टंकनाथ पौडेलले गाई पुजाको लागि सबै तयारी पुरा गरिएको जानकारी दिए । गाई पुजाको लागि बागीश्वरी क्षेत्रमा सरसफाईसँगै ध्वजा पताका समेत टांगिएको पौडेलले जानकारी दिए । गौ संरक्षण केन्द्रका सहसंयोजक उमाशंकर अग्रवालले नेपाली सेना, सशस्त्र प्रहरी तथा अन्य व्यक्तिहरुसँगको सहकार्यमा गाई पुजाको तयारी पुरा गरिएको जानकारी दिए । बिहीबार बिहान हिन्दू परम्परा अनुसार गाई पुजा गरिने भएकाले सम्पूर्ण हिन्दू धर्मावलम्बीहरुलाई गाई पुजाको लागि समेत निमन्त्रणा गरिएको छ । गौ संरक्षण केन्द्रमा स्थानीय जातका गाईहरु संरक्षण गरिदै आएको छ । गाई संरक्षणको लागि ट्रष्टको स्थापना गरेर विभिन्न व्यक्तिहरुले सहयोग गरेका छन् ।