भरतपुरमा डसना पसलमा आगलागी

प्रमुख समाचार
Typography

 

आनन्द पोखरेल

चितवन, २४ भदौ  । 

 Aagolagi

भरतपुर महानगरपालिका वडा नम्बर १० मा रहेको प्रकृति कपास तथा सिरक डसना उद्योगमा आगलागी भएको छ । आज बिहान करिब साढे तीन बजेतिर भएको आगलागी अहिले बिहान ८ः०० बजे मात्रै नियन्त्रणमा आएको छ ।

आगलागीबाट उद्योगका सम्पूर्ण सामानहरु जलेर नष्ट भएका छन् । आगलागी भएको थाहा पाएपछि महानगरमा रहेको बारुण यन्त्र (दमकल)लाई खबर गरेपनि दमकल समयमा नै नआउँदा धेरै क्षति भएको स्थानीयको भनाइ छ । दमकल आएपछि पनि दमकलमा पानी नभएको, बिग्रीएको दमकल भएको कारणले समेत चाँडै आगलागी नियन्त्रणमा आउन नसकेको स्थानीय बासिन्दा सूर्य प्रसाद पौडेल बताउँछन् ।

महानगरपालिकाका कार्यालयबाट करिब साढे एक किलोमिटरको दूरीमा रहेको उद्योगमा आगलागी भएको एक घण्टापछि मात्रै दमकल पुगेको हो । दमकल पुग्दा बिहानको ४ः२५ भएको तथा त्यति नै दूरीमा रहेका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी बिहान ५ बजेपछि मात्रै आएका छन् । आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी छ ।