बजार अनुगमनलाई प्राथमिकता

प्रमुख समाचार
Typography

भदौ १४ ।
नेपाल बोटलर्स तराई लिमिटेड कोकाकोला कम्पनीको जिल्ला प्रशासन कार्यालय चितवनद्धारा बुधबार अनुगमन गरिएको छ । पछिल्लो समय जिल्ला प्रशासन कार्यालय चितवनले बजार अनुगमनलाई प्राथमिकता दिएको छ । अघिल्ला दिनहरुमा बजारका खाद्य बस्तुको गुणस्तर, बजारका अन्य कपडा, रड पसल लगायत पसलहरुको अनुगमन हुने गरेको छ । यसै सिलसिलामा आज गोद्राड्डमा रहेको कोकाकोला कम्पनीको अनुगमन गरिएको हो । अनुगमन पश्चात जिल्ला प्रशासन कार्यालय चितवनका बजार अनुगमन अधिकृत ओमनारायण शर्माले लेवलिङ, प्याकिङ देखि उत्पादन सम्म सबै राम्रो पाईएको जानकारी दिनुभयो । त्यहां हुने सम्पूर्ण कामहरु अटोमेटिक तरिकाबाट हुने र फोहोर पानीको व्यवस्थापन समेत अटोमेटिक तरिकाबाट सफा गरेर बाहिर पठाउने काम हुने बताउनुभयो । अनुगमन पश्चात कोकाकोला कम्पनीले उत्पादन गरेका बस्तु तथा पेय पदार्थहरु समय सान्र्दर्भिक राम्रो भएको उहांको भनाई छ । अनुगमन टोलीले उत्पादन मिति देखि प्याकिङ मितिसम्म अवलोकन गरी स्किमको लागि बेच्नको लागि नभई विक्रेतालाई उपभोग गर्नका लागि दिईने गरेको पाईएको बताएको छ । बजार अनुगमन अधिकृत ओमनारायण शर्माको नेतृत्वमा खाद्य निरीक्षक प्रविण तिवारी, उपभोक्ता अधिकार संरक्षण मञ्च चितवनका विष्णु भुषाल, लगायत पत्रकारहरुको संयुक्त टोलीले अनुगमन गरेको हो । (((०००)))