चितवनमा बाढीले बगाउँदा दुई जनाको मृत्यु

प्रमुख समाचार
Typography

चितवन, साउन २९

 MG 9450

अविरल वर्षापछि खोलामा आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार इच्छाकामना गाउँपालिका– ३ स्थित कोराक खोलाले बगाएर स्थानीयवासी २२ वर्षीय समनबहादुर प्रजाको मृत्यु भएको हो। शनिबार साँझ खोलाले बगाएर बेपत्ता भएका उनको शव आइतबार बिहान फेला परेको उनले बताए।

त्यसैगरी राप्ती नगरपालिका– ८ स्थित पम्फाखोलाले बगाएर ल्याएको स्थानीयवासी अन्दाजी ४० वर्षीया महिलाको शव खोलाबाट निकाल्ने प्रयास भइरहेको उनले बताए। ती महिलाको सनाखत हुन सकेको छैन।