मुग्लिन–नारायणगढ सडकखण्डको स्तरोन्नतीको काम सुरु भएयताका २८ महिनामा दुर्घटनामा ६१ जनाको ज्यान गयो

प्रमुख समाचार
Typography

साउन ८ ।
मुग्लिन–नारायणगढ सडकखण्डको स्तरोन्नतीको काम सुरु भएयताका २८ महिनामा दुर्घटनामा ६१ जनाको ज्यान गएको छ । अहिलेसम्म ६४ वटा दुर्घटना भएको र ती दुर्घटनामा ६१ जनाले ज्यान जानुका साथै एक सय ७३ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । यो अवधिमा दुर्घटनामा परि आयोजनामा कार्यरत एकजनाको ज्यान गएको छ भने तीनजना घाइते भएको आयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिए । उक्त सडक खण्डमा आर्थिक वर्ष २०७२÷०७३ मा १४ जना र आर्थिक वर्ष २०७३÷०७४ मा ४७ जनाले ज्यान गुमाएका छन् । उक्त सडक खण्डमा दुई वर्षको अवधिमा जम्मा ६४ वटा दुर्घटना भएका थिए । उक्त दुर्घटनाबाट परि एक सय ४८ जना घाइते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तले जानकारी दिए । विक्रम सम्वत् २०७२ साल बैशाख महिना बाट मुग्लिन–नारायणगढ सडकखण्ड स्तोरोन्नतीको काम सुरु भएकोमा आयोजनाको काम ढिलो हुँदा तेस्रो पटक म्याद थपिएको छ । अहिलेसम्म ५० प्रतिशत काम सकिएकाले तेस्रो पटक थपिएको म्याद सन् २०७४ फागुन ८ गतेसम्म सडक स्तरोन्नतीको काम सकिने अपेक्षा गरिएको नारायणगढ मुग्लिङ सडक आयोजनाका सूचना अधिकारी ईन्जिनियर शिव खनालले बताए । उक्त सडकमा पछिल्लो समय दिनहूँ जस्तो पहिरो जादा सडक अवरुद्ध हुनुका साथै यात्रुहरु मर्कामा पर्ने गरेका छन् ।