क्षेत्रपुरको साथीको फर्निचर उद्योग बन्द

प्रमुख समाचार
Typography

साउन ८ ।
बिषेश सुचनाको आधारमा गएको बजार अनुगमन टोलिले क्षेत्रपुरको साथीको फर्निचर उद्योग बन्द गरेको छ । पटक पटक निर्देशन दिंदा पनि अवैध रुपमा सञ्चालित भरतपुर महानगरपालिका २ क्षेत्रपुरको साथीको फर्निचर उद्योग बन्द गरिएको हो । रमेश कुमार श्रेष्ठले चलाएको साथीको फर्नीचर उद्योग बिना दर्ता सञ्चालनमा आएकोले दर्ता प्रक्रिया पुरा नहुदा सम्म सञ्चालन गर्न नपाईने ब्यहोरा सहितको पत्र थमाएर फर्नीचर उद्योग बन्द गराएको जिल्ला प्रशासन कार्यालय चितवनका बजार अनुगमन तथा निरिक्षण अधिकृत ओमनारायण शर्माले बताए । श्रेष्ठले आन्तरिक राजस्व कार्यालयबाट लिएको ब्यवसाय दर्ता प्रमाण पत्रमा घरायसी फर्निचरको खुद्रा बिक्री गर्ने मात्रै अनुमति दिईएको छ । त्यस्तै घरेलु तथा साना उद्योग कार्यालय चितवनले दिएको ब्यवसाय दर्ता प्रमाण पत्रमा पनि फर्नीचर खरिद बिक्री गर्ने उल्लेख गरेको छ । उनले नियम बिपरित क्षेत्रपुरमा उद्योग सञ्चालन गरि मुख्य सडकमा पसल गरी बिक्री गर्दै आएको भेटिएको शर्माले बताए । उनलाई उद्योग बन्द गर्ने ब्यहोराको पत्र बुझाउदा पत्र बुझन नमानेपछि वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरिक्षक निराजन भट्टराइ सहितको टोली पुगेपछी पत्र बुझेका थिए । त्यस्तै टोलीले क्षेत्रपुरकै संबृद्धि फर्नीचर उद्योगलाई पनि सडक पेटिमा मेसिन राखेर सञ्चालन गरेको भेटिएपछि तत्कालै त्यहाबाट हटाएर स्थानियहरुलाई समस्या नहुने र हल्ला नहुने गरी उद्योग चलाउन निर्देशन दिएको छ । आफुहरुले दुबै उद्योगलाई पटक पटक ब्यवसायलाई प्रक्रिया पुरा गरि सञ्चालन गर्न खवरदारी गर्दा पनि अटेर गरेपछी बिना प्रक्रिया सञ्चालनमा आएको उद्योगलाई बन्द गराएको घरेलु तथा साना उद्योग चितवनका नायव सुब्बा नारायण त्रिपाठी ले बताए ।