यसै हप्तामा नयाँ सरकार निर्माण हुन्छ ः माधव नेपाल

प्रमुख समाचार
Typography

फागुन ०१ ।


नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले यसै हप्तामा नयाँ सरकार निर्माण हुने बताउनुभएको छ । नेकपा एमाले माओवादी केन्द्रसहितको बामगठबन्धनले नयाँ सरकार बनाउन गइरहेको नेपालले बताउनुभएको हो । भरतपुरको पटिहानीमा आयोजना गरिएको अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको समापन गर्दै नेपालले यसै हप्तामा सरकारले आकार ग्रहण गर्ने बताउनुभएको हो ।

सबै प्रकारको निर्वाचन पछाडि देशमा आर्थिक विकास र समृद्धिको अभियान सुरु भएकाले सबैले आ–आफ्नो ठाँउबाट सहयोग गर्नुपर्ने नेपालले बताउनुभयो । ७८ औँ जिल्लाको रुपमा रहेको चितवन मेची महाकाली जोड्ने पुल भएको नेता नेपालको भनाइ थियो । चितवनमा भैरहेको दु्रत विकास अरु जिल्लाका लागि प्ररणाको स्रोत रहेको समेत नेपालले बताउनुभयो ।