दुई अर्ब रुपैयाँ बजेटको रिङरोड निर्माणकोे काम अगाडि बढ्यो ः प्रचण्ड

प्रमुख समाचार
Typography

फागुन ०१ ।


पूर्व प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले निर्वाचन अगाडि चितवनका मतदाता समक्ष गरेको प्रतिवद्धताका कामहरुको सुरुआत गरिसकेको बताउनुभएको छ । निर्वाचन अगाडि यहाँको विकास निर्माणको लागि बाटोघाटो, रिङरोड तथा रेल ल्याउने, शिक्षा, स्वास्थ्य, रोजगार सिर्जना गर्दै सुकुम्बासी समस्या समाधानका लागि राखेको मार्गचित्र अनुसारका कामहरु सुरु भइसकेको दाहालले बताउनुभयो । भरतपुरमा रहेको शरदपुर माध्यमिक विद्यालयको ४३औँ वार्षिकोत्सव एवम् नवनिर्मित भवनको मंगलबार उद्घाटन गर्दै दाहालले आफ्नो प्रतिवद्धता अनुसार दुई अर्ब रुपैयाँ बजेटको रिङरोड निर्माणकोे काम अगाडि बढाइसकेको बताउनुभयो ।

देशमा रहेको प्रमुख राजनीतिक दलहरुको बीचमा समझदारी बनाउन तर्फ आफ्नो जोड हुने माओवादी केन्द्रका अध्यक्ष दाहालले दोहो¥याउनुभएको छ । एकले अर्कालाई निषेध गर्नभन्दा पनि सबैको समझदारीबाट विकासको नयाँ यात्रा सुरु गर्नेतिर नै आफ्नो जोड हुने दाहालले बताउनुभएको छ । विद्यालयको वार्षिकोत्सव उद्घाटन पश्चात राजधानी फर्किने क्रममा सञ्चारकर्मीहरुले पार्टी एकीकरणको बारेमा राखेको जिज्ञासामा दाहालले दुई दिनभित्र पार्टी एकीकरण घोषणा हुने बताउनुभयो ।

शरदपुर माविको वार्षिकोत्सवको अवसरमा विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो । विद्यालयले २०६४ सालमा धनधान्याचल गरेर करिब ८० लाख रुपैयाँमा निर्माण गरेको नौ कोठे भवनमा १० जोड दुईको कक्षा सञ्चालन हुँदै आएको छ ।