प्रदेश नम्वर ३ का मुख्यमन्त्री डोरमणी पौडेलद्वारा नारायणगढ–मुग्लिन सडकखण्डको अनुगमन, काम छिटो सम्पन्न गर्न कडा निर्देशन

प्रमुख समाचार
Typography

फागुन ०१ ।


 गरेका छन् । उनले निकै सुस्त गतिमा निर्माण भइरहेको नारायणगढ–मुग्लिन सडकखण्डको अनुगमन गरेका हुन् । उनले आयोजना र ठेकेदार कम्पनीका प्रतिनिधीसंग जानकारी लिनुका साथै काम छिटो सम्पन्न गर्न कडा निर्देशन दिएका छन् । प्रदेश ३ को मुख्य सडकखण्ड रहेको भन्दै उनले तोकेको समयमा काम सम्पन्न नगरे कारवाही गर्ने चेतावनी दिए । उनले विभिन्न वाहानामा आयोजनाको म्याद पटक–पटक थप्न नपाइने वताए । ठुला आयोजनामा भ्रष्ट्रचार मौलाएको भन्दै उनले नितिगत सुधारको आवश्यकता रहेको वताए ।

यस्तै आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मरकट्टेलले नितिगत रुपमा सुधार गरेर विकास निर्माणका काम तिव्र गतिमा गरिने वताए । २०१५ को अप्रिलमा सुरु भएको उक्त सडक बिस्तारको कामको तिन पटक सम्म म्याद थप गरिसकिएको छ । पछिल्लो म्याद अनुरुप २०१८ को फेब्रुअरी २० सम्ममा काम सक्नुपर्ने हुन्छ । तर सो मितीसम्ममा काम नसकिने देखिएपछि करिब ३ महिना म्याद पुन थप्ने थयारी भइरहेको छ । यसरी पटक पटक म्याद थप्ने तर काम नहुने परिपाटीको अन्त्य हुनुपर्ने मन्त्री जम्मरकट्टेले बताए । सडकको अनुगमनसंगै मुख्यमन्त्री पौडेलले दासढुङगामा स्वर्गिय जननेता मदन भण्डारी र जिवराज आश्रितको शालिकमा माल्यार्रपण समेत गरेका थिए । सो अनुगमनमा प्रदेश नम्बर ३ का सभा सदस्यहरु विजय सुवेदी,दावा दोर्जे लामा,रिना गुरुङ लगाएतको सहभागिता रहेको थियो ।