थारु बस्तीमा माघी पर्वको रौनक

प्रमुख समाचार
Typography

पौष २९ ।


थारु समुदायको पर्व माघीको थारु बस्तीमा चहलपहल बढेको छ । थारु समुदायको नयाँ वर्षको रुपमा मानिने माघी पर्व नजिकिँदै गर्दा थारु बस्तीमा चहलपहल बढेको हो । माघ महिनामा थारु समुदायमा घर फुट्ने, जग्गा अधिया लगाउने नलगाउने, बडघर बस्ने नबस्ने, चौकिदार हेरफेर जस्ता महत्वपूर्ण योजना बनाउने भएको हुनाले माघ महिनाको १ गतेलाई थारु समुदायले महत्वपुर्ण पर्वको रुपमा मनाउने गर्दछन् । पुषको अन्तिम दिन थारु समुदायका मानिसहरु रातभरि आगो ताप्ने, बंगुरको मासु, गन्जि, तरुल जस्ता विभिन्न परिकार बनाएर खाने चलन समेत रहेको छ ।

माघ १ गतेको विहान २ बजेदेखि नजिकै रहेको खोला, नदिमा नुहाएर आफूभन्दा ठुलासँग आर्शिवाद लिने चलन थारु समुदायमा रहेको छ । पछिल्लो समय माघी पर्वलाई भव्य बनाउन थारु समुदायमा विभिन्न खालका महोत्सवको आयोजना गर्न समेत थालिएको छ ।