उद्योग बाणिज्य संघ चितवनले प्रदान गर्ने आर्थिक पत्रकारीता पुरस्कारबाट अग्रज पत्रकार ईश्वर जोशी सम्मानित

प्रमुख समाचार
Typography

चितवन,पुस २९ ।

उद्योग बाणिज्य संघ चितवनले आर्थिक पत्रकारीता पुरस्कारबाट अग्रज पत्रकार ईश्वर जोशीलाई सम्मान गरेको छ । आफ्नो ५१ औँ साधारणसभा तथा ३५ औँ अधिबेशनको अवसर पारि संघले शनिवार अग्रज पत्रकार जोशीलाई सम्मान गरेको हो । पत्रकारीताको माध्यमबाट आर्थिक समृद्धिका लागि बिशेष योगदान पु¥याएको ठहर गर्दै संघले जोशीलाई सम्मानपत्र र नगद ५१ हजार रुपैयाँ सहित सम्मान गरेको हो ।

नारायणी नदि किनारमा आयोजित बिशेष कार्यक्रमकाबिच अग्रज पत्रकार जोशीलाई कार्यक्रमका प्रमुख अतिथी सांसद कृष्णभक्त पोख्रेल र उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतमले संयुक्त रुपमा सम्मान गर्नुभएको हो । २०५० सालबाट पत्रकारीता शुरु गर्नुभएका जोशी हाल बि।बि।सि नेपाली सेवा र नेपाल टेलिभिजनमा रिपोर्टिङ गर्दै आउनुभएको छ ।