देवघाटमा लाग्ने माघे संक्रान्ति मेला व्यवस्थापनको तयारी पुरा

प्रमुख समाचार
Typography

पुष २९ ।


देवघाटमा लाग्ने माघे संक्रान्ति मेला व्यवस्थापनको तयारी पुरा भएको छ । देवघाट क्षेत्र विकास समितिले शनिबार देवघाटमा पत्रकार सम्मेलनको आयोजना गरि मेला व्यवस्थापनबारे जानकारी गराएको हो । मकर स्नान गर्नका लागि आइतबार राति नै भत्तजनहरु जानेभएकाले बाटो मर्मत, विद्युत, खानेपानी, शौचालय लगायत सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाइएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेलले जानकारी दिए । पवित्र तिर्थस्थल देवघाटधाममा धार्मिक एवं सांस्कृतिक मर्यादाको पालना गर्न पनि भत्तजनहरुलाइ आग्रह गरिएको छ । माघे संक्रान्तिको समयमा एकतर्फि रुपमा रामनगर ठिमुरा हुंदै देवघाट जानुपर्ने र फर्किदा पिचबाटो हुंदै आंपचारी निस्कनुपर्ने उनले वताए । तिर्थयात्रीहरुको लागि देवघाट जाने आउने बाटो व्यवस्थापनको सम्पुर्ण काम सकिएको पौडेलले जानकारी दिए । मकर स्नान गर्नका लागि माघे संक्रान्तिको राति नै ३३ कोटी देवताहरु आएर देवघाटको बेणिा संगममा स्थान गर्ने धार्मिक विश्वास रहेको छ । भक्तजनहरुलाइ कुनै पनि असुविधा हुन नदिन १ सय ५१ सदस्यिय मुल व्यवस्थापन समिति गठन गरिएको पौडेलले जानकारी दिए । भरतपुर महानगरपालिका र डिभिजन सडक कार्यालयले सडक मर्मतको काम गरेको हो । मुल व्यवस्थापन समितिका संयोजक समेत रहेका पौडेलले भत्तजनलाइ कुनै पनि असुविधा हुन नदिन देवघाट क्षेत्र विकास समिति क्रियाशिल बनेर लागेको वताए । सुरक्षा प्रबन्धका लागि ५ सय जना प्रहरी सुरक्षकर्मी परिचालन गरिने उनले वताए । त्यसका अलवा विभिन्न संस्थाहरुले २ सय ५० जना स्वयमसेवक समेत परिचालन गर्ने उनको भनाइ छ । नदि तर्नका लागि असक्त एवं ज्येष्ठ नागरिकहरुलाइ परिचय पत्रका आधारमा निशुल्क ¥याफ्टिङको व्यवस्था गरिएको उनले जानकारी दिए । मेलाको समयमा कालोबजारी मौलाउन सक्ने भएकाले एकतर्फि ¥याफ्टिङको २५ रुपैंया, कालो चियाको १० रुपैंया, दुध चिया १५ रुपैंया, पिउने पानि २० रुपैंया प्रतिवोटल कायम गरिएको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट््टले जानकारी दिए ।