चितवनलाइ आर्थिक राजधानिका रुपमा विकास गरिने : सांसद कृष्णभक्त पोखरेल

प्रमुख समाचार
Typography

पुष २९ ।


चितवनलाइ आर्थिक राजधानिका रुपमा विकास गरिने सांसद कृष्णभक्त पोखरेलले वताएका छन् । प्रदेशको राजधानी बनाउन नसकिएको भन्दै चितवन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पोखरेलले चितवन आर्थीक राजधानीको रुपमा बिकसीत हुने दाबी गरे । उद्यँेग बाणिज्य संघ चितवनको ५१ औ साधारण सभा तथा अधिबेशन उद्घाटन गर्दै उनले प्रदेशको राजधानी बनाउन भौगोलिक रुपले नमिलेको वताए । निजि क्षेत्रलाई काम गर्ने बातावरण सिर्जना हुन दिनुपर्ने उहाले उल्लेख गर्नुभएको छ । उद्योग फस्टाओस भन्ने तर बिभिन्न राजनितिक पार्टी गएर चन्दा माग्ने, मजदुर उचालेर उद्योग बन्द गर्ने यस्तो परिपाटीले उद्योगको बिकास हुन नसक्ने बताउनुभयो । सांसद पोखरेलले उद्योग र व्यवसायको बिकासका लागि पहल गर्ने उल्लेख गर्नुभएको छ । उद्योग बाणिज्य संघ चितवनको अधिबेशन आईतबार हुदैछ । समुदघाटन समारोहमा बोल्दै चितवन प्रदेश २ क का सांसद घनश्याम दाहाल अबिनाशले नेतृत्व चयन सर्बसम्मत गर्नु राम्रो भएको बताउदै यसमा उद्योग बाणिज्य संघ चितवन चुकेको उल्लेख गर्नुभयो । साथै उहाले स्वस्थ्य प्रतिस्पर्धा हुनुपर्ने समेत बताउनुभएको छ । देशको आर्थीक समृद्धिको लागि निजि , सहकारी र सरकारी तिनखम्बे अर्थनितिमा निजि क्षेत्रको भुमिका महत्वपुर्ण रहेकोले सबै देश बिकास र समृद्धिको बाटोमा अगाडी बढनुपर्ने बताउनुभयो । नेपाली काग्रस चितवनका सभापति जितनारायण श्रेष्ठले उद्योग बाणिज्य संघ चितवनलाई सबैले गर्व गर्ने संस्थाको रुपमा लिएर जानुपर्ने बताउनुभयो । साथै उहाले हार्दीकता र एकताले मात्रै उद्योग बाणिज्य संघको प्रगती हुने बताउदै हार्दीकता आवश्यक रहेको पनि उल्लेख गर्नुभयो । उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतमले समुदघाटन समारोहमा बोल्दै देशमै उद्योग र उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने र बैदेशीक उत्पादनको उपभोगलाई न्युनिकरण गर्नुपर्ने बताउनुभयो । यसैविच संघले हरेक २÷२ बर्षमा प्रदान गर्ने ५१ हजार रुपैंया राशिको आर्थिक पत्रकारीता पुरस्कार चितवनलाइ कार्यक्षेत्र बनाएर नेपाल टेलिभिजन एवं विविसि नेपाली सेवामा काम गर्ने ईश्वर जोशिलाइ प्रदान गरिएको छ ।