आगामी ५ बर्षमा १० हजार डलर प्रतिव्यक्ति आय बनाउने संकल्प: कृष्णभक्त पोखरेल

प्रमुख समाचार
Typography

मंसिर २१ ।


चितवन क्षेत्र नं. २ बाट संयुक्त बाम गठबन्धनका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार कृष्णभक्त पोखरेलले आगामी ५ बर्षमा १० हजार डलर प्रतिव्यक्ति आय बनाउने संकल्प गरेका छन् । बिहिबार भएको प्रतिनिधि सभा एवं प्रदेश सभा निर्वाचनमा भरतपुर स्थित नारायणी नमुना माविबाट मतदान गरेका छन् । पोखरेलले मतदानस्थल नारायणी नमुना माविको क मतदान केन्द्रबाट मतदान गरेका हुन् । मतदानपछि सञ्चारकर्मीहरु संग बोल्दै क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार पोखरेलले चितवनमा बामगठबन्धनका सबै उम्मेदवार बिजयी हुने दावी गरेका छन् । पोखरेलले जनताहरु बाम गठबन्धनलाई बिजयी गराउन आतुर रहेको उनको भनाइ छ । निर्वाचन पछि संविधान कार्यान्वयन गर्ने बेला आएको उनले वताए । उनले जनताको माया आफु प्रति केन्द्रीत भएकाले आफ्नो जित पक्का भएको दावी गरे । घरदैलो गर्दा जनताले दिएको बाचा र स्थानीय तहमा आफ्नो पक्षधरको जितको आधारमा पनि आफुले चितवन क्षेत्र नं. २ को चुनाव जित्ने बताए । यस अघिको संविधान सभाको निर्वाचनमा समेत भारी मतका साथ जनताले आफुलाई बिजयी गराएको स्मरण गर्दै पोखरलेले यो पटक पनि निर्वाचनको नजिता आफ्नो पक्षमा आउने दावी गरे । नेपालमै रोजगारी सिर्जना गरि प्रतिव्यक्ति आय बढाइने उनले जानकारी दिए । अबको कसैको विरोध नगरि नवनिर्माणको मुद्धामा अघि बढ्ने उनको भनाइ छ । नेकपा एमाले चितवनका अध्यक्ष समेत रहेका नेता पोखरले यस अघिको संविधान सभा सदस्यका लागि सोही मतदान स्थलबाट मतदान गरेका थिए । २०७० सालको संविधान सभा निर्वाचनमा उनी तत्कालिन क्षेत्र नं.३ बाट निर्वाचित भएका थिए ।