बामपन्थिको दुई तिहाई मत आउने सम्भावना : रामबहादुर थापा

प्रमुख समाचार
Typography

मंसिर २१ ।


पूर्व सांसद एवं नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता रामबहादुर थापा बादलले बामपन्थिको दुई तिहाई मत आउने सम्भावना बनेको वताएका छन् । प्रतिनिधि सभा एवं प्रदेश सभा निर्वाचनमा बादलले भरतपुर महानगरपालिका वडा नं. १० स्थित नारायणी नमुना माध्यमिक विद्यालय मतदानस्थलबाट मतदान गरेका हुन् । मतदान गरेपछि सञ्चारकर्मीहरु संग कुराकानी गर्दै बादलले जनताको चाहना विकास र सम्बृद्धि भएको वताएका छन् । राजनितिक स्थायित्वका लागि बामपन्थि उम्मेदवारहरुको विजय आवश्यक रहेको उनको भनाइ छ । निकट भविष्यमा नै बामपन्थिको सरकार बन्ने भन्दै उनले बामपन्थि सरकारले जनताको चाहना पुरा गर्ने विश्वास व्यक्त गरे । समानुपातिक तर्फ बामपन्थिको आशा गरेजति मत आएको अवस्थामा दुई तिहाइ सुनिश्चित हुने उनको भनाइ छ । संविधान संशोधनका लागि दुई तिहाइ आवश्यक भएपनि सरकार निर्माणमा बहुमत भए पुग्ने उनले जानकारी दिए । उनले यअसघिको संविधानसभा निर्वाचन बहिष्कार गरेका थिए भने २०६४ सालको संविधानसभा निर्वाचनमा तत्कालिन क्षेत्र नं.२ बाट निर्वाचित भएका थिए ।

त्यसैगरि चितवन निर्वाचन क्षेत्र नं. २ प्रदेश सभा २ का लोकतान्त्रिक गठबन्धनका प्रदेश सभा उम्मेदवार प्रकाश अधिकारीले नारायणी नमुना मावि मतदानस्थलबाट मतदान गरेका छन् । नेपाली कांग्रेसका नेता अधिकारीले लोकतान्त्रिक गठबन्धनको विजय सुनिश्चित भएको दावि गरेका छन् । नारायणी नमुना मावि मतदानस्थलबाट ५ हजार ५ सय ५५ मतदाताले बिहिबार मतदान गरेका छन् । दोस्रो चरणको प्रतिनिधि सभा एवं प्रदेश सभा निर्वाचनमा चितवनमा रहेका ३ ओटा निर्वाचन क्षेत्रको १ सय ६१ मतदानस्थलको ४ सय ८ मतदान केन्द्रबाट ३ लाख ५४ हजार ३६ जनाले मतदान गरेका छन् ।