जित सुनिश्चित छ । विक्रम पाण्डे

प्रमुख समाचार
Typography

मंसिर २१ ।


वन तथा भू–संरक्षण मन्त्री एवंम राप्रपा (प्रजातान्त्रिक)का केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डेले भरतपुर महानगरपालिका वडा नं.२७ स्थित जानकी माध्यमिक विद्यालय मतदान स्थलबाट मतदान गर्नुभएको छ । उहाँ यसअघि पनि सोही मतदान स्थलमा मतदान गर्नुभएको थियो । चितवन क्षेत्र नं.३ कै प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार समेत रहनुभएका मन्त्री पाण्डेले आफ्नो जित सुनिश्चित भईसकेको प्रतिक्रिया दिनुभएको छ । उहाँ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।