चुनावसँगै देश समृद्धिको बाटोमा अगाडि बढ्छ ।: प्रचण्ड

प्रमुख समाचार
Typography

चितवन, मंसिर २१ –

तस्वीर ः कोमल चन्द्र भगत।–

माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चुनावसँगै देश समृद्धिको बाटोमा अगाडि बढ्ने बताएका छन् ।मतदान गरेलगत्तै संचारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै निर्वाचन पछि देशमा पाँच वर्षे स्थायी सरकार बन्ने धारणा राखेका छन् । बिहान सात बजे चितवनमा मतदान गरेका दाहालले लामो समयपछि भएको निर्वाचन लगत्तै संघियता कार्यान्वयनमा गएको  बताएका छन् ।। उनले भने ‘अब देशमा स्थायीत्व र विकास चाहिएको छ । देश संघीय लोकतान्त्रीक गणतन्त्र तर्फ गयो । हामी सम्वृद्वि को तयारीमा लगौं ।’एक फरक प्रसङगमा दाहालले पार्टी एकता गर्ने संकल्प गरेर एमाले, माओवादी गठबन्धन गरेको हो । निर्वाचन पछि पार्टी एकता गर्ने सबैले प्रतिबद्वता जनाएका छौं ।उनले नेपाली कांग्रेसमा पनि एकता अवश्यक भएको प्रतिक्रिया दिए । दाहालले भने, ‘उहाँहरुको पनि एकताहोस । म प्रधानमन्त्री शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलसँग निरन्तर संवादमा छु ।’

 

चितवन क्षेत्र नं ३ मा अध्यक्ष दाहाल वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार हुन् । दाहाल पत्नी सीता दाहाल र कान्छी छोरी गंगा दाहालले पनि सोही केन्द्रबाट मतदान गर्नुभएको छ भने माइली छोरी भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले निमावि सुन्दरबस्ती मतदान केन्द्रबाट मतदान  गरेकी छन् ।