चितवन । मंसीर २४ । –


चितवन क्षेत्र नं १ क मा बाम गठबन्धनका तर्फवाट उम्मेद्वार बनेका  एमालेका दावा दोर्जे लामा अत्याधिक मतका साथ विजयी भएका छन् । लामा ७ हजार १ सय ९ मतको अन्तरले विजयी भएका हुन् । लामाले २३ हजार २३ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्धन्द्धी नेपाली काँग्रेसका धनवहादुर गुरुङले १५ हजार ९ सय १४ मतले पराजित भएका छन् ।

चितवन । मंसीर २४ । –

चितवनमा बामगठबन्धनका उम्मेदवार घनश्याम दाहाल अबिनाश चितवन क्षेत्र नं २ प्रदेश सभा क बाट बिजयी भएका छन ।  २०८३१ मत प्राप्त गरी बिजयी भएका हुन । उनका निकटतम प्रतिद्धन्दी नेपाली कांँग्रेसका जित नारायण श्रेष्ठले १५६६३ मत प्राप्तगरी ४ हजार ७सय १८ मतले पराजय भएका छन ।

चितवन,मंसिर २४।

चितवन क्षेत्र नं १ प्रदेशसभा ख बाट बाम गठबन्धनका तर्फवाट उम्मेद्वार बनेका एमालेका कृष्ण खनाल अत्याधिक मतका साथ विजयी भएका छन् । उनि ८ हजार ७ सय २१ मतको अन्तरले विजयी भएका हुन् । खनालले २७ हजार २ सय ३२ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्धन्द्धी नेपाली काँग्रेसका उत्तम आचार्यले १८ हजार ५ सय ११ मत पाएका थिए ।

मंसीर २३ ।


चितवनमा निर्वाचनको मतगणना जारी रहेको छ । चितवनमा सार्वजनिक भएको पछिल्लो मतपरिणा अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा बामगठबन्धनका उम्मेदवार सुरेन्द्र पाण्डेले ४ हजार ५ सय ३९ मत प्राप्त गरेका छन्, उनका प्रतिस्पर्धी राजेन्द्र बुर्लाकोटीले २ हजार ८ सय ९४ मतले पछ्याएका छन् । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ मा बामगठबन्धनकै कृष्णभक्त पोखरेल पनि अगाडी छन् । पोखरेलले २ हजार ९ सय ७६ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका शेषनाथ अधिकारीले १ हजार ३ सय ८३ मतले पछयाइरहेका छन् । त्यस्तै क्षेत्र नं. ३ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि अगाडी छन् । दाहालले ३ हजार सात सय ९५ मतका साथ अगाडी छन् । उनका प्रतिस्पर्धी लोकतान्त्रिक गठबन्धनका विक्रम पाण्डेले २ हजार ३ सय ८ मतले पछ्याइरहेका छन् ।
यसैगरी चितवन क्षेत्र नं. १ प्रदेशसभा क मा वामगठबन्धनका दावा लामा २३११ मतका साथ अग्रस्थानमा छन् उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका धन बहादुर गुरुगं १ हजार ६ सय १३ मतले पछ्याइरहेका छन् त्यस्तै प्रदेशसभा ख बामगठबन्धनका कृष्ण खनाल ३ हजार ७ सय १६ मतका साथ अग्रस्थानमा छन् । उनका प्रतिस्पधी नेपाली कांग्रेसका उत्तम आचार्यले २ हजार ९ सय २१ मतले पछ्याइरहेका छन् क्षेत्र नं. २ प्रदेशसभा क मा बामगठबन्धनका घनश्याम दाहालले २ हजार ९ सय ७६ मतका साथ अग्रस्थानमा छन्, प्रतिस्पर्धी जितनारायण श्रेष्ठले १ हजार ३ सय ८३ मतले पछ्याइरहेका छन् । प्रदेश ख मा बामगठबन्धनका विजय सुवेदी ४ हजार ६ सय २७ मतका साथी अगाडी छन् । प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रकाश अधिकारीले २ हजार ८ सय ७५ मतले पछ्याइरहेका छन् । क्षेत्र नं. ३ प्रदेशसभा क मा वामगठबन्धनका उम्मेदवार कृष्ण भुर्तेलले ४ हजार ३ सय ६५ मत ल्याएका छन् । प्रतिस्पर्धी लोकतान्त्रिकका उम्मेदवारले ४ हजार ६ सय ६५ अग्रता कायम गरेका छन् । त्यस्तै प्रदेश सभा ख मा बामगठबन्धनका उम्मेदवार रामलाल महतो ४ हजार ७ सय ७७ मतले अगाडी छन् उनका प्रतिस्पर्धी साजन महतोले २ हजार ९ सय ९० ले पछ्याइ रहेका छन् । चितवनको मतगणना आउनेक्रम जारी छ । चितवन ३ लाख ५४ हजार ३६ मतदाता मध्ये २ लाख ६१ हजार ४८ मत (७३ दशमलव ६२ प्रतिशत) खसेको छ । (((०००)))

 

चितवन मंसीर २४–

चितवनमा बामगठबन्धनका उम्मेदवार बिजय सुवेदी अत्याधिक मतले बिजयी भएका छन । ने कपा एमालेका उम्मेदवार सुवेदी चितवन क्षेत्र नं २ प्रदेश सभा ख बाट बिजयी भएका हुन । उनले २१ ह्जार ५ सय ७२ मत प्राप्त गरी बिजयी भएका हुन, उनका निकटतम प्रतिद्धन्दी नेपाली कांँग्रेसका प्रकाश अधिकारीले १२ हजार ६सय ७० मत प्राप्तगरी ८हजार ९सय २ मतले पराजय भएका छन । चितवनमा अहिले ३ वटै क्षेत्रको मतगणना जारी छ । 

चितवन,मंसीर २४, चितवनमा बामगठबन्धनका उम्मेदवार बिजय सुवेदी अत्याधिक मतले बिजयी भएका छन । ने कपा एमालेका उम्मेदवार सुवेदी चितवन क्षेत्र नं २ प्रदेश सभा ख बाट बिजयी भएका हुन । उनले २१ ह्जार ५ सय ७२ मत प्राप्त गरी बिजयी भएका हुन, उनका निकटतम प्रतिद्धन्दी नेपाली कांँग्रेसका प्रकाश अधिकारीले १२ हजार ६सय ७० मत प्राप्तगरी ८हजार ९सय २ मतले पराजय भएका छन । चितवनमा अहिले ३ वटै क्षेत्रको मतगणना जारी छ । पछिल्लो मत परिणाम अनुसार ४ वटा प्रदेश सभाको नतिजा सार्वजनिक भएसंँगै चारवटै स्थानमा बामगठबन्धनले जित हासिल गरेको छ ।

मंसीर २४ –

चितवनमा निर्वाचनको मतपरिणाम आउनेक्रम जारी रहेको छ । निर्वाचनको सार्वजनिक भएको पछिल्लो मतपरिणा अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा बामगठबन्धनका उम्मेदवार सुरेन्द्र पाण्डेले १६ हजार १ सय ६१ मत प्राप्त गरेका छन्, उनका प्रतिस्पर्धी राजेन्द्र बुर्लाकोटीले ११ हजार ८ सय ३४
मतले पछ्याएका छन् । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ मा बामगठबन्धनकै कृष्णभक्त पोखरेल पनि अगाडी छन् । पोखरेलले १९ हजार ७ सय ५४

मत ल्याएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका शेषनाथ अधिकारीले १२ हजार ७ सय १७
मतले पछयाइरहेका छन् ।

त्यस्तै क्षेत्र नं. ३ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि अगाडी छन् । दाहाल १४ हजार ५ सय ८९
मतका साथ अगाडी छन् । उनका प्रतिस्पर्धी लोकतान्त्रिक गठबन्धनका विक्रम पाण्डेले १० हजार २ सय ४० मतले पछ्याइरहेका छन् ।
यसैगरी चितवन क्षेत्र नं. १ प्रदेशसभा क मा वामगठबन्धनका दावा लामा १७ हजार ६ सय ८७ मतका साथ अग्रस्थानमा छन् उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका धन बहादुर गुरुगं १२ हजार ४ सय २७ मतले पछ्याइरहेका छन्
त्यस्तै प्रदेशसभा ख बामगठबन्धनका कृष्ण खनाल २० हाजर ३ सय ५७ मतका साथ अग्रस्थानमा छन् । उनका प्रतिस्पधी नेपाली कांग्रेसका उत्तम आचार्यले १४ हजार १ सय ६८ मतले पछ्याइरहेका छन् ।
क्षेत्र नं. २ प्रदेशसभा क मा बामगठबन्धनका घनश्याम दाहालले १६ हजार ७ सय ४
मतका साथ अग्रस्थानमा छन्, प्रतिस्पर्धी जितनारायण श्रेष्ठले १२ हजार ४ सय ४०
मतले पछ्याइरहेका छन् ।
प्रदेश ख मा बामगठबन्धनका विजय सुवेदी १३ हजार ९००
मतका साथी अगाडी छन् । प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रकाश अधिकारीले ६ हजार ९ सय ९०
मतले पछ्याइरहेका छन् ।
क्षेत्र नं. ३ प्रदेशसभा क मा वामगठबन्धनका उम्मेदवार कृष्ण भुर्तेलले १३ हजार ५८
मत ल्याएका छन् । प्रतिस्पर्धी लोकतान्त्रिकका उम्मेदवार दिनेश कोइरालाले ११ हजार ९ सय ३३
मतले पछ्याइरहेका छन् । त्यस्तै प्रदेश सभा ख मा बामगठबन्धनका उम्मेदवार रामलाल महतो १४ हजार ७७
मतले अगाडी छन् उनका प्रतिस्पर्धी साजन महतोले ८ हजार ५ सय १४ मतले
ले पछ्याइ रहेका छन् । चितवनको मतगणना आउनेक्रम जारी छ । चितवन ३ लाख ५४ हजार ३६ मतदाता मध्ये २ लाख ६१ हजार ४८ मत खसेको छ । (((०००)))

 

२३ मंसिर, ।

 

ललितपुर क्षेत्र नं। ३ मा वामगठबन्धनबाट माओवादी प्रबक्ता पम्फा भुसाल विजयी भएकी छन् । भुसालले कंग्रेसका मदनलाल अमात्यलाई पराजित गर्दै विजयीभएकी हुन् । उनले २४ हजार ३६ मत ल्याइन् । उनका प्रतिस्पर्धी अमात्यले २२ हजार ३३६ मत ल्याएका छन् ।

More Articles ...