हाम्रो माइती बचत तथा ऋण सहाकारी संस्था लिमिटेडको पाँचौँ वार्षिक साधारणसभा सम्पन्न

स्थानिय
Typography

कात्तिक ११ ।

भरतपुर १२ आस्था टोलमा रहेको हाम्रो माइती बचत तथा ऋण सहाकारी संस्था लिमिटेडको पाँचौँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । उक्त साधारणसभामा सहकारीका अध्यक्ष यमनाथ सुवेदीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै चालु आर्थिक वर्ष २०७४÷०७५ मा सात सय जना शेयर सदस्य पु¥याउने लक्ष्य रहेको बताए । ३० लाख ४३ हजार पाँच सय रुपैयाँ शेयर पुँजी रहेको संस्थाको ५० लाख रुपैयाँ शेयर पुँजी पु¥याउँदै एक करोड रुपैयाँ निक्षेप संकलन गर्ने सुवेदीले बताए । गत आर्थिक वर्ष २०७३÷०७४ करिब एक करोड रुपैयाँ ऋण लगानी गरेको सहकारीले ७८ हजार एक सय रुपैयाँ खुद बचत गर्न सफल भएको सुवेदीले बताए । पाँचौँ साधारणसभाका क्रममा संस्थाका सचिव देवराज सुवेदीले वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष हरिहर दवाडीले आर्थिक प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिका संयोजक बालकृष्ण शर्माको तर्फबाट लेखा सुपरीवेक्षण प्रतिवेदन प्रस्तुत गरिएको थियो । कार्यक्रममा धेरै शेयर जम्मा गर्ने शेयर सदस्यहरु नगेन्द्र प्रसाद रेग्मी र इन्दिरा देवी रेग्मी, बढी बचत गर्ने संरक्षित बाल सदस्य कामराज रेग्मीलाई सम्मान गरिएको थियो । हाम्रो माइती बचत तथा ऋण सहाकारी संस्था लिमिटेडका अध्यक्ष यमनाथ सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सहकारी संघ चितवनका अध्यक्ष टिकाराम भट्टराई प्रमुख अतिथि रहेका थिए । चक्रबहादुर कार्की, मानबहादुर खड्का, सोमनाथ अधिकारीलगायतले शुभकामना मन्तव्य राखेको साधारणसभामा संस्थाका उपाध्यक्ष उर्मिला न्यौपानेले स्वागत मन्तव्य राखेकी थिइन् ।