जेष्ठ नागरिकहरुलाई फलफूल तथा ब्लाङ्केट वितरण

स्थानिय
Typography


कात्तिक ०७ ।


चितवन सहायता समाज र चितवन सहायता कोष (क्याट) बेल्जियमले देवघाटमा रहेका जेष्ठ नागरिकहरुलाई फलफूल तथा ब्लाङ्केट वितरण गरेका छन् । कल्पबासमा बसेका वृद्धहरुलाई जाडो छल्नको लागि ब्लाङ्केट वितरण गरिएको क्याट बेल्जियमका अध्यक्ष राजु घिमिरेले बताए । बेल्जियमा बसेका नेपालीहरुले प्रति व्यक्ति पाँच हजार रुपैयाँ संकलन गरेर देवघाटका वृद्धवृद्धाहरुलाई सहयोग गरेको घिमिरेको भनाइ थियो । चितवन सहायता समाज र क्याट बेल्जियमको संयुक्त आयोजनामा भएको कार्यक्रममा तनहूँ तर्फको देवघाट क्षेत्रमा बसिरहेका ५० जना वृद्धवृद्धालाई ब्लाङ्केट र फलफूल वितरण गरिएको हो । त्यसैगरी, देवघाट क्षेत्र विकास समितिको वृद्धाआश्रममा जेष्ठ नागरिकहरुलाई समेत उनीहरुले खाना खुवाएका छन् । क्षेत्र विकास समितिको वृद्धाश्रममा ३१ जना वृद्धवृद्धाहरु बस्दै आएका छन् । कार्यक्रममा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद समितिका नव निर्वाचित सचिव जानकी गुरुङले आफूहरु विदेशमा रहने भएपनि मनमा नेपाल रहेको बताइन् । नेपाल नेपालीको लागि थोरै थोरै भएपनि सहयोग गर्न पाउँदा आफूहरुलाई खुसी मिल्ने गुरुङको भनाइ थियो ।