देवकोटाको सम्झनामा भरतपुरमा कविता वाचन

स्थानिय
Typography

असोज ३१ ।
महाकवि लक्ष्मि प्रसाद देवकोटाको सम्झनामा मंगलबार भरतपुरमा कविता वाचन गरिएको छ । १०९ औं लक्ष्मि जयन्तिको अवसरमा कविता बाचन गरिएको हो । देवकोटा बन्धु समाज चितवन, लायन्स क्लब इन्टरनेशनल ३२५ वि टु नेपाल र लायन्स क्लब अफ चितवन सेन्ट्रलको संयुक्त आयोजनामा देवकोटाका कविताहरु वाचन गरिएको हो । महाकवि लक्ष्मि प्रसाद देवकोटाको परिचय र इतिहासलाइ पुर्नताजगि गर्नका लागि कविता बाचन कार्यक्रमको आयोजना गरिएको देवकोटा बन्धु समाज चितवनका अध्यक्ष सिताराम देवकोटाले वताए । साहित्यकार प्रेम विनोद नन्दन लगायत विभिन्न साहित्यकारहरुले कविता वाचन गरेका थिए । देवकोटाको २० भन्दा बढि कविता वाचन गरिएको सिताराम देवकोटाले वताए । कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल ३२५ वि टु नेपालका पुर्व गर्भनर घनश्याम भट्टराई, लायन्स क्लब अफ चितवन सेन्ट्रलका प्रमुख गौरीभक्त वाग्ले, सामालोचक धनेश्वर भट्टराई लगायत अन्य साहित्यकारहरुको सहभागिता रहेको थियो ।