चितवन साउन ७ गते गजलमय हुने

स्थानिय
Typography

साउन ५ ।
गजलको राजधानीको रुपमा चिरपरिचत चितवन यहि साउन ७ गते गजलमय हुने भएको छ । गजल मञ्च चितवनको फरक र पृथक शैलीको कार्यक्रम गजलसंगमा ४ जना गलजकारहरुले आफना गजल प्रस्तुत गर्ने बिहीबार भरतपुरमा पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको छ । औपचारिक खण्डलाई पुर्णतया बर्जीत गरि गर्न लागिएको कायृक्रममा ४ जना गलजकारहरुले ३ खण्डमा आफ्ना गजल प्रस्तुत गर्नेछन । पहिलो ,दोस्रो खण्डमा ३÷३ गजल र तेस्रो खण्डमा १ गजल समाबेश हुने जानकारी कार्यक्रम स्रंयोजक सिर्जना सिलवालले जानकारी दिनुभएको छ । कार्यक्रम गजलसंगको अब हुने शृङखला दोस्रो रहेको छ । यसअघि देवघाट बिशेष कार्यक्रम गरि देवघाटमा रहेर गजलमा लामो समयदेखी कलम चलाएका गजलकारहरुको गजल प्रस्तुती रहेको थियो । गजलसंगको दोस्रो शृङखलामा गजलकारहरु कृष्णप्रसाद शिखडा, मुक्त उदास, बिमर्श कडेल र दिग्गज धौराली रहनुभएको छ । गजल क्षेत्रमा दशकको अनुभव संगालेका युवाहरुको गजल प्रस्तुती रहनेछ । अघिल्ला शृङखलामा जस्तै यो शृङखलामा पनि कार्यसमितिसदस्यहरुले कार्यक्रममा सृजना हुने आर्थीक व्ययभार आफैले लिनेभएकाले संस्थालाइृ असर नपर्ने कार्यक्रम स्रंयोजक सिर्जना सिलवालले पत्रकार सम्मेलनमा उल्लेख गनुृभएको थियो । सो कार्यक्रम सगुन पार्टी प्यालेसमा साउन ७ गते दिनको २ बजे हुनेछ । सो कार्यक्रममा चितवन , नवलपरासी , तनहु, सुर्खेत, कोहलपुर दाङ, काठमाण्डौ पोखरा मकवानपुर आदि क्षेत्रका गजकारहरुको सहभागिता रहने गजल मञ्च चितवनका अध्यक्ष प्रभाकर पण्डितले बताउनुभएको छ ।