ज्ञानेश्वर सामुदायिक वनका महिला उपभोत्ताहरुलाई हाते कडाई सम्बन्धि तालिम

स्थानिय
Typography

साउन ५ ।
ज्ञानेश्वर सामुदायिक वनका महिला उपभोत्ताहरुलाई हाते कडाई सम्बन्धि तालिम दिइएको छ । २५ दिने हाते कडाई सम्बन्धि तालिमको बिहिबार एक कार्यक्रमका विच समापन गरिएको हो । समापन कार्यक्रममा बोल्दै ज्ञानेश्वर सामुदायिक वन परिषदका अध्यक्ष नारायण प्रसाद अधिकारीले गरिबी कम गर्दै महिलालाइ सक्षम बनाउन बन निरन्तर सिपमुलक काम गर्दै जाने वताए । उनका अनुसार ज्ञानेश्वर सामुदायिक वन उपभोत्ताहरुलाइ आर्थिक रुपमा सबल बनाउन वनले आफ्नो आम्दानिको ३५ प्रतिशत बजेट सिप मुलक कार्यक्रमका लागि छुट्याएको छ । महिलाहरुले कुर्ता तथा साडिहरुमा बुट्टा बुन्ने सिप सिकेका हुन् । उनिहरुले बुट्टा बुनेर तयार पारेका कपडाहरुलाइ बजारिकरणका लागि प्रयास गर्ने अधिकारीको भनाइ छ । ज्ञानेश्वर सामुदायिक वनका आयआर्जन उपसमिति संयोजक एवं कडाई तालिम संयोजक राजन अधिकारीले सिपमुलक कार्यक्रम सञ्चालनका लागि सामुहिक रुपमा आएका मागलाइ वनले सक्दो सम्बोधन गर्ने वताए । स्थानियको वैकल्पिक आयआर्जनको श्रोतको विकास गरी वनजंगलमा आश्रित हुनुपर्ने अबस्था रोक्न अन्य कार्यक्रहरु गरिने उनको भनाइ छ । महिलाहरुको आयआर्जनमा बृद्धि ल्याइ महिलालाइ आत्मनिर्भर बनाउन तालिम महत्वपुर्ण भएको उनले वताए । तालिममा सिकेका कुरालाइ व्यवहारमा उतार्न सके मात्रै महिलाहरुको आयआर्जनमा बृद्धि आउनसक्ने उनको भनाइ छ । तालिमकी प्रशिक्षक शर्मिला घलेले सिकेका सिपलाइ निरन्तरता दिन आग्रह गरिन् । सादा कपडामा बनाइएका बुट्टाहरु निकै आकर्षक बनेको वताउंदै उनले बजारीकरणको पनि व्यवस्था हुनुपर्ने वताइन् । तालिममा वनको सिमाना नजिकका ३५ जना महिलाहरुको सहभागिता रहेको थियो ।