शेयर सदस्यहरुसँग अन्तरक्रिया सम्पन्न

स्थानिय
Typography

माघ २९ ।


भरतपुर ३ लायन्सचोकमा रहेको एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडले शेयर सदस्यहरुसँग अन्तरक्रिया सम्पन्न गरेको छ । सोमबार भरतपुरमा भएको अन्तरक्रियामा नेफ्स्कुन सञ्चालक सदस्य भरतप्रसाद दवाडी प्रमुख अतिथि रहेका थिए । एभरेष्ट बचतले आफ्ना सदस्यहरुसँग गएर बचत संकलन गर्नाले सदस्यको मन जित्न सफल भएको दवाडीले बताए । सहकारीले छोटो समयमा नै धेरै जना सदस्य निर्माण गर्न सफल भएको भन्दै आगामी दिनमा संस्थाले थप प्रगति गर्दै अगाडि बढ्नुपर्ने दवाडीको भनाइ थियो । कार्यक्रममा एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडले नेफ्स्कुन सञ्चालक भरत प्रसाद दवाडी, चितवन जिल्ला बचत संघका अध्यक्ष तेजेन्द्रबहादुर खड्का, सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय भरतपुरका प्रशिक्षक बाबुराम पौडेल, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानसहित सम्पूर्ण निर्वाचित कार्यसमितिलाई स्वागत एवम् सम्मान गरेको एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बालगोपाल चुकेले जानकारी दिए । सम्मान ग्रहण पछि सहनलाल प्रधानले सम्पूर्ण व्यवसायीको हक र हितको लागि काम गर्ने बताए । कार्यक्रम एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बालगोपाल चुकेको अध्यक्षतामा भएको थियो ।