विन्धवासिनी टोल विकास संस्थाको आठौँ वार्षिक साधारणसभा सम्पन्न

स्थानिय
Typography


माघ २९ ।


भरतपुर २ क्षेत्रुपरमा रहेको विन्धवासिनी टोल विकास संस्थाको आठौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाले सोमबार भरतपुरमा साधारणसभा सम्पन्न गरेको हो । आठौँ साधारणसभाका क्रममा भरतपुर महानगरपालिका वडा नम्बर २ का अध्यक्ष पूर्णबहादुर श्रेष्ठ प्रमुख अतिथि रहेका थिए । विन्धवासिनी टोल क्षेत्रपुरकै उत्कृष्ट टोल भएको श्रेष्ठले बताए । टोलले सामाजिक क्रियाकलापमा अगाडि बढ्दै विभिन्न रचनात्मक काम गरेको समेत श्रेष्ठले बताए । कार्यक्रमकोे अध्यक्ष एवम् विन्धवासिनी टोल विकास संस्थाका अध्यक्ष गोपाल दाहालले टोल बासीको वित्तीय आवश्यकता पूरा गर्नको लागि मासिक बचत कार्यक्रम सञ्चालन गरेको समेत बताए । बचत संकलन गरेर टोलका सदस्यहरुलाई आवश्यकता अनुसार ५० हजार रुपैयाँसम्म ऋण उपलब्ध गराउँदै आएको दाहालको भनाइ थियो । उक्त साधारणसभाका अवसरमा सचिव राजु विश्वकर्माले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष राज ताम्राकारले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा उपाध्यक्ष जयराम सिंहले स्वागत मन्तव्य राखेका थिए ।