ईलामका कवि विमल वैद्यलाई चितवनमा सम्मान

स्थानिय
Typography

माघ १३ ।


ईलामका कवि विमल वैद्यलाई चितवनमा सम्मान गरिएको छ । हाम्रो मझेरी साहित्य प्रतिष्ठान चितवनले शनिबार आयोजना गरेको टिकटमा मुक्तक कार्यक्रममा वैद्यलाई सम्मान गरिएको हो । कवि वैद्यलाई चितवनका साहित्यकार गोविन्दराज विनोदीले सम्मान गरेका दोसल्ला ओडाएर प्रमाणपत्रद्वारा सम्मान गरेका हुन् । उक्त कार्यक्रममा सम्मानित व्यक्तित्व कवि विमल वैद्यले पूर्वबाट साहित्यमा आफ्नो यात्रा अगाडि बढाउँदै गरेको व्यक्तिलाई चितवनले सम्मानित गर्दा ईलाम र चितवनबीचको साहित्यिक सम्बन्ध प्रगाढ बनेको बताए । ईलामले धेरै सर्जकहरु जन्माएको उल्लेख गर्दै वैद्यले भौतिक संरचनाको विकासले मात्रै मुलुक समृद्ध नहुने भएकाले साहित्यको समेत विकास हुनु आवश्यक रहेको बताए । प्रविधिको विकाससँगै नेपालको मौलिक कला र संस्कृतिमाथी विकृति बढ्दै गएकाले यसको रोकथामका लागि साहित्यकारहरुले पहल गर्नुपर्ने वैद्यको भनाइ थियो । उक्त कार्यक्रममा कवि गोविन्दराज विनोदी, वसन्त मोहन अधिकारी, आरआर चौलागाईँ, धनराज गिरीलगायतका स्रष्ठाहरुले शुभकामना मन्तव्य राखेका थिए । उक्त टिकटमा मुक्तक मेला २०७४ मा चितवन सहित नवलपरासी, मकवानपुर, रुपन्देही, कास्की, काठमाडौँलगायत देशका विभिन्न जिल्लाका २६ जना स्रष्ठाहरुले आफ्ना मुक्तक वाचन गरेका थिए । कार्यक्रम हाम्रो मझेरी साहित्य प्रतिष्ठानका अध्यक्ष पुष्प अधिकारी अञ्जलिको अध्यक्षतामा भएको थियो ।