रोटर्‍याक्टको राष्ट्रिय सम्मेलन सुरु

स्थानिय
Typography


चितवन, माघ १२–


नवलपुरको गैंडाकोटमा रोटर्‍याक्टहरुको राष्ट्रिय सम्मेलन सुरु भएको छ । गैंडाकोटस्थित नारायणी रिसोर्टमा सुरु भएको सम्मेलनको रोटरी डिष्ट्रिक्ट ३२९२ का डिष्ट्रिक्ट गर्भनर सञ्जय गिरीले समुद्घाटन गर्नुभयो ।
आज पहिलो दिन विविध कार्यक्रमहरु भएका छन् । आज भएको रोटर्‍याक्ट हाजिरी जवाफ प्रतियोगितामा रोटर्‍याक्ट क्लव अफ पर्वत प्रथम भएको छ । यस्तै आज साँस्कृतिक कार्यक्रमहरु समेत भएको छ । सम्मेलनको दोस्रो दिन भोली उद्योग वाणिज्य संघ चितवन नारायणगढबाट जनचेतना मुलक पोलियो र्‍याली निकालिने छ भने भोली नै वृक्षरोपण कार्यक्रमलगायत सांगीतिक कार्यक्रमहरु रहेको जोनल रोटर्‍याक्ट प्रतिनिधि विष्णुकान्त काफ्लेले जानकारी दिनुभयो ।
सम्मेलनमा सहभागि हुन रोटर्‍याक्ट डिष्ट्रिक्ट ३२९२ नेपाल–भुटानमा रहेका १२२ क्लवका करिव ९ सय रोटर्‍याक्टरहरुको सहभागिता रहेको रोटर्‍याक्ट क्लव अफ चितवनका अध्यक्ष जनक कुमार ढकालले जानकारी दिनुभयो ।
सम्मेलनको मूख्य आयोजना रोटर्‍याक्ट डिष्ट्रिक्ट कमिटिले गरेको भने स्थानीय आयोजक क्लवको रुपमा रोटर्‍याक्ट क्लव अफ भरतपुर, रोट¥याक्ट क्लव अफ चितवन, रोटर्‍याक्ट क्लव अफ रुद्रमती बबरमहल रहेका छन् । यस्तै जोन २ अन्तरगतका सबै क्लवहरु सह–आयोजकको रुपमा रहेका छन् ।
कार्यक्रमलाई सफल बनाउन ग्रेस इन्टरनेशनल कन्सलटेन्सी, सुजुकी मोटरसाईक, कङगारु एजुकेशनले प्रायोजना गरेको छन् भने चितवनका सबै ६ वटा रोटरी क्लवहरुले सहयोग गरेका छन् ।