धनलक्ष्मी बचत तथा ऋण सहकारीको ७ औं बार्षिक साधारण सभा सम्पन्न

स्थानिय
Typography

पुष २४ ।


धनलक्ष्मी बचत तथा ऋण सहकारीको ७ औं बार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ । सहकारीले आफ्नो साधारण सभाको अवसरमा विभिन्न विधामा आफ्ना शेयर सदस्यहरुलाइ सम्मान समेत गरेको छ । ज्येष्ठ नागरिक २ जना, उत्कृष्ट ऋणी २ जना, बाल बचतकर्ता १ जना, महिला बचतकर्ता २ जना र आवधिक बचत कर्ता ३ जनालाइ सम्मान गरिएको अध्यक्ष श्यामकृष्ण श्रेष्ठले जानकारी दिए । कार्यक्रममा धनलक्ष्मी बचत तथा ऋण सहकारीका सचिव निरञ्जन लाल श्रेष्ठले प्रगति प्रतिवेदन र कोषाध्यक्ष देवेन्द्र कुमार श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय भरतपुरका प्राचार्य रामभक्त रानाभाट, उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतम, भरतपुर १ का वडा अध्यक्ष जयराम श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।